फिल्ड एसोसिएट-जिविकोपार्जन (JT/JTA)
Details / requirements:
रतौली युवा क्लब
कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८३/०४/०८
रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन फर्म भर्न आव्हान गरिन्छ ।
१.) पद: फिल्ड एसोसिएट-जिविकोपार्जन (JT/JTA) - १ जना (विज्ञापन नं: १-०८३/०८४)
न्यूनतम् योग्यता
- कृषि विषयमा प्रविणता प्रमाणपत्र (I.SC. Ag.) तह वा सो सरह मान्यता प्राप्त शिक्षण संस्थावाट उत्तीर्ण गरी कम्तिमा १ वर्ष कार्य गरेको, वा कृषि जे.टि.ए. उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएको,
- कृषक समुहलाई परिचालन, बालीविज्ञान, व्यवसायिकरण तथा बजारिकरण सम्बन्धी अनुभव भएको,
- योजना तर्जुमा, कार्यान्वयन, व्यवस्थापन आदिमा राम्रो अनुभव,
- कम्प्युटर सम्बन्धि व्यवहारिक ज्ञान भएको,
- अंग्रेजी र नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने र स्थानिय भाषाको ज्ञान भएको ।
नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
पदको विस्तृत कार्य-विवरण : फिल्ड एसोसिएट-जिविकोपार्जन (JT/JTA)
दरखास्त दिने अन्तिम मिति : २०८३।०४।१४ गते साँझ ५:०० बजेसम्म ।
आवेदनका लागि : https://forms.gle/KXzP86naAFP4sJBA7 (लिंक मार्फत)
वा
रतौली युवा क्लब, टाउन प्लानिङ, जलेश्वर-२, महोत्तरी (भौतिक उपस्थितिमा)
Overview
| Category | Agriculture, Development Project |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 1+ years |
| Education | I. Sc. (Agri) |
| Posted Date | 24 Jul, 2026 |
| Apply Before | 30 Jul, 2026 |
| City | Mahottari |