फिल्ड अफिसरको लागि आवेदन आह्वान

Center for Dalit Women Nepal

Details / requirements:

फिल्ड अफिसरको लागि आवेदन आह्वान

पृष्ठभूमि :

दलित महिला केन्द्र नेपाल सन् २०१६ मा स्थापना भई दलित, महिला तथा सिमान्तकृत समुदायको सवालहरूमा कार्य गरिरहेको संस्था हो । यस संस्थाले नेपालको सातै प्रदेशका सात वटा स्थानीय तहहरूमा प्रभावकारी र समावेशी सुशासन सुदृढीकरण कार्यक्रम (Fostering effective and Inclusive sub-national governance) सञ्चालन गरी रहेको छ । यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी नीति नियमहरूको पुनरावलोकन तथा परिमार्जन र महिला जनप्रतिनिधिहरूको क्षमता सुदृढीकरण र सवलीकरणका लागि सहयोग गर्नु रहेको छ । पालिकास्तरमा कार्यक्रम सञ्चालनको लागि देहाय वमोजिमको पदपूर्तिको लागि यो विज्ञापन गरिएको छ ।

उद्देश्य:

कार्यक्रम सञ्चालन हुने पालिकाहरूमा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरणको नीति नियमहरूको समिक्षा गरी पुनरावलोकन तथा परिमार्जन गर्न सहजीकरण गर्ने तथा निर्वाचित महिला सदस्यहरूको क्षमता सवलीकरणको लागि सहयोग गर्ने ।

पद: फिल्ड अफिसर

आवश्यक संख्या: १ जना (वालिङ नगरपालिकाको लागि १ जना )

कार्यस्थल: वालिङ नगरपालिका, स्याङजा, गण्डकी

कार्य जिम्मेवारी

  • वालिङ नगरपालिका  रही परियोजनाको क्रियाकलाप सञ्चालन गर्ने ।
  • वालिङ नगरपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धमा भएका नीति नियम तथा कार्यक्रमहरूको समिक्षा गरी नीति नियम परिमार्जन गर्न सहजीकरण गर्ने ।
  • स्थानीय सरकारहरूले तयार पारेको लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी तर्जुमा भएका नीति नियमहरूको कार्यान्वयनमा सहजीकरण गर्ने ।
  • कार्यक्षेत्रमा छनौट भएका मेन्टरीङ सेवा लिने जनप्रतिनिधिहरूलाई सशक्त रुपमा भुमिका निर्वाह गर्न, उहाँहरूको भुमिकाको लागि आवश्यक प्राविधिक ज्ञान सीप हासिल गर्न र सम्बन्ध बिस्तार गर्नको लागि मेन्टरसीप सेवा प्रदान गर्न र गराउन सहजीकरण गर्ने ।
  • नियमित रुपमा महिलाहरूको समन्वय बैठक सञ्चालन गरी उनीहरूलाई प्रोत्साहन गर्ने ।
  • स्थानीय सरकारसँग नियमित समन्वयमा रही निर्वाचित दलित महिला सदस्यहरूको योजना तर्जुमा, निर्णय प्रक्रिया र कार्यक्रम सञ्चालनमा भुमिका प्रभावकारी बनाउन सहजीकरण गर्ने ।
  • अन्तरपार्टी महिला संजाल र दलित महिला संजालको  प्रभावकारी सञ्चालन र विस्तारमा सहजीकरण गर्ने ।
  • पालिकास्तरमा विभिन्न सरोकारवालाहरूको सहभागितामा (पालिकाको विषयगत समिति, राजनैतिक दल, र अन्य सरोकारवाला) संवाद कार्यक्रम सञ्चालन गर्ने ।
  • पालिकास्तरमा दलित समुदायको लागि आवश्यक बजेट विनियोजन गर्नको लागि निर्वाचित दलित महिला सदस्यहरूको क्षमता विकास गर्ने तथा बहस पैरवी गर्ने ।
  • संस्था र स्थानीय सरकारबीच समन्वय र सम्बन्ध बिस्तार गर्ने।
  • संस्था र कार्यक्रमको  आवश्यक्ता अनुसार अन्य कामहरू गर्ने ।

शैक्षिक योग्यता तथा आवश्यकता

  • कम्तिमा स्नातक तह उत्तीर्ण भएको हुनु पर्नेछ ।
  • नेपालको सामाजिक पक्षहरू र लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण र आर्थिक सशक्तिकरणको वारेमा अनुभव हुनु पर्नेछ ।
  • परियोजना कार्यान्वयन, अनुगमन, प्रतिवेदन लेखन तथा दस्तावेजीकरण सम्बन्धि ज्ञान हुनुपर्नेछ ।
  • सामाजिक परिचालन सम्बन्धि पूर्व अनुभव भएको हुनुपर्नेछ ।
  • कम्प्युटरको आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।
  • समुदाय स्तरमा मेन्टरीङ सम्वन्धी काम गरेका उमेदवारहरूलाई प्राथमिकता दिईने छ ।
  • स्थानीय स्तरको भाषा, रहन सहन तथा परिवेशको बारेमा ज्ञान भएमा थप महत्व हुनेछ ।

माथि उल्लेखित आधारभुत योग्यता पुगेका इच्छुक उमेदवारहरूले अद्यावधिक वैयक्तिक विवरण (CV), र निवेदन पत्र सहित आवेदन दिनु हुन अनुरोध छ । आवेदन इमेल मार्फत केन्द्रीय कार्यालय काठमाण्डौको   cdwn2021@gmail.com इमेल ठेगानामा पठाउन सकिनेछ ।

आवेदन पेश गर्ने अन्तिम मिति: २२ फेब्रुअरी २०२६ (१० फाल्गुन २०८२)

नोट: यस दलित महिला केन्द्र नेपालले विशेषगरि महिला, दलित, सिमान्तकृत समुदाय, लैङ्गिक र यौनिक अल्पसंख्यकहरूलार्ई आवेदन दिनको लागि प्रोत्साहन गर्दछ । प्राप्त दरखास्तहरू कारण खोली वा नखोली छनौट गर्ने वा नगर्ने अधिकार दलित महिला केन्द्र नेपालमा सुरक्षित रहने छ ।

Overview

Category Social Science, Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Bachelor's degree in social science, Bachelors in Gender studies
Posted Date 16 Feb, 2026
Apply Before 22 Feb, 2026
City Syangja, Gandaki Province