Community Counselors ( सामुदायिक परामर्शकर्ता)

Campaign Nepal

Campaign Nepal is a non-political, secular and non-profit making organisation established in 2008 with its head office in the Rautahat district of Nepal. The organisation engaged in community development and humanitarian assistance sectors with the thematic area of WASH, Health, and Education promotion in the Terai region of Nepal. It works for the poor, vulnerable, marginalised, socially excluded communities, and institutions (Including children, women, youth, schools and health centres also) with the support of different funding agencies for meet encourage social and economic development and uphold the well-being and human rights of them.

Details / requirements:

Vacancy Announcement (Re-Advertisement)

Community Counselors ( सामुदायिक परामर्शकर्ता)

Published Date: 27 February 2026

Deadline for Applications: 6 March 2026

पदपूर्ति सम्बन्धि सुचना

दोश्रो पटक सुचना प्रकाशन मिति: २६ फेब्रुअरी २०२६ 

अनुसन्धान र विकासका निम्ति अभियान नेपाल एक गैर-राजनीतिक, धर्मनिरपेक्ष तथा गैर-नाफामुखी संस्था हो, जसको स्थापना सन् २००८ मा भएको हो र यसको केन्द्रीय कार्यालय रौतहट जिल्लामा अवस्थित छ। अभियान नेपालले मुख्य रूपमा तराई क्षेत्रमा कार्य गर्दै आएको भए पनि यसका कार्यक्रमहरू राष्ट्रिय स्तरसम्म विस्तार भएका छन्। संस्थाले सुशासन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, शिक्षा, जीविकोपार्जन प्रवर्द्धन तथा विपद् जोखिम न्यूनीकरण (DRR) का क्षेत्रमा सामुदायिक विकास र मानवीय सहायता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा अभियान नेपालले महिला, बालबालिका, युवा तथा अपाङ्गता भएका व्यक्तिहरू लगायत कमजोर तथा सीमान्तकृत समुदायहरूको अधिकार, सम्मान र सामाजिक तथा आर्थिक न्याय सुनिश्चित गर्न प्रयासरत रहेको छ।

हाल अभियान नेपालले “कोर ग्रुप पार्टनर प्रोजेक्ट (CGPP)” कार्यान्वयन गरिरहेको छ। CGPP ले ADRA Nepal तथा प्रदेश/नगर तथा गाउँपालिकाहरूको सहकार्यमा मधेश प्रदेशका छनोट गरिएका स्थानीय तहहरूमा समुदायमा आधारित निगरानी कार्यक्रम कार्यान्वयन गरिरहेको छ। यस परियोजनाले खोप कार्यक्रम (Immunization), रोग निगरानी (Surveillance), जुनोटिक रोगहरू, खोपबाट रोकथाम गर्न सकिने रोगहरू (VPDs), सीमा क्षेत्र स्वास्थ्य जाँच (Cross-border Health Screening) तथा “One Health” अवधारणाको एकीकरणमा केन्द्रित व्यापक कार्यक्रम सञ्चालन गरिरहेको छ।

अभियान नेपालले  ADRA Nepal को सहकार्यमा निम्न तीन जिल्लाहरू र चयनित नगरपालिका/गाउँपालिकाहरूमा “कोर ग्रुप पार्टनर प्रोजेक्ट (CGPP)” अन्तर्गत सामुदायिक परामर्शकर्ताका पदहरूमा पदपूर्ति आवश्यक भएकाले, योग्यता पुगेका ईच्छुक स्थानिय नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

सन्दर्भ सुचना नं: RT-012/2026

पद: Community Counselors ( सामुदायिक परामर्शकर्ता)

पद संख्या: १२  

काम गर्नुपर्ने स्थान: 

  • रौतहट जिल्ला: चन्द्रपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, गुजरा नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका
  • सर्लाही जिल्ला: बलरा नगरपालिका, बरथवा नगरपालिका, हरिपुर्वा नगरपालिका, मलंगवा नगरपालिका
  • महोत्तरी जिल्ला: मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिका, मनरा सिसवा नगरपालिका, महोत्तरी गाउँपालिका

योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट PCL Nursing/ANM उतीर्ण वा सम्बन्धित विषयमा पास भई कम्तिमा ३ वर्षको सम्बन्धित क्षेत्रमा अनुभव भएको स्थानिय महिला । (विशेषगरी मातृ तथा शिशु स्वास्थ्य र खोप कार्यक्रम सम्बन्धी); खोप तथा मातृ, नवजात तथा बाल स्वास्थ्य (MNCH) सम्बन्धी ज्ञान; आधारभूत डिजिटल रिपोर्टिङ सीप; मैथिली र नेपाली भाषामा सशक्त सञ्चार क्षमता; स्थानीय उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

आवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू :

  • तलको लिंकमा उपलब्ध रोजगारी आवेदन फारम
  • न्युनतम दुई जना सन्दर्भ (reference) ब्यक्तिहरुको नाम र सम्पर्क ठेगाना सहितको ब्यैक्तिक विवरण
  • शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपी
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • विषयगत क्षेत्रको अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपी

Job Application Form

आवेदन गर्ने प्रकृया:

माथि उल्लेखित कागजात सहित संस्थाको कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा हुलाक वा विद्युतिय माध्यम मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले कुनै पनि आवेदन पूर्ण वा आशिंक रुपमा विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा पदको लागि आवेदन भनेर खुलाउनुहोला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्थाको यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय  आवेदकहरू लाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मिति:

इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको Biodata सहित (०६ मार्च २०२६ बेलुका ०५ बजे सम्म) आवेदन पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५ बजे सम्म आवेदन दिन सकिनेछ । यस सम्बन्धि थप केही बुझ्नु परेमा संस्थाको इमेल वा फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगाना:

मानव संसाधन शाखा

अभियान नेपाल

गौर ०५ रौतहट

फोन न: ०५५ ५२१५७६

वा

ईमेल ठेगाना: vacancy.abhiyan@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै, अभियान नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई उपरोक्त पदहरुका लागि आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ । साथै प्रथम पटक ADRA Nepal द्वारा मिति ११ डिसेम्बर २०२५ मा प्रकाशित यस पदको बिज्ञापनमा आबेदन दिईसकेका आवेदकहरूले पुणः आवेदन दिईरहनु पर्दैन ।

Overview

Category Development Project, Medical / Nursing
Openings 12
Position Type Contract
Experience 3+ years
Education PCL Nursing
Posted Date 27 Feb, 2026
Apply Before 06 Mar, 2026
City Sarlahi, Rautahat, Mahottari