बस्तु/सामग्री आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूलाई आ.ब.२०८३/०८४ का लागि बेस संस्थामा सुचीकृत हुनको लागि आह्वान गरिएको सूचना !
Details / requirements:
बस्तु/सामग्री आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूलाई आ.ब.२०८३/०८४ का लागि बेस संस्थामा सुचीकृत हुनको लागि आह्वान गरिएको सूचना !
(EOI/2083/01)
प्रकाशित मितिः २०८३/०४/२०
बेस संस्था (व्याकवार्ड सोसाइटी एजुकेशन) एक आम सदस्यतामा आधारित गैरसरकारी संस्था हो । यसले लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरू: दाङ, बांके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, सल्यान, पूर्वी रुकुम, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा कार्यरत रहेको छ । जसमा बेस सस्थाले विभिन्न सामाजिक विकासको कार्यक्रम, परियोजना तथा जनवकालत, बालबिबाह, बालयौन दुब्र्यबहार र बालबालिका ओसापसार बिरुद्ध अभियानका कृयाकलापहरू, खानेपानी, स्वास्थ्य तथा पोषण, सरसफाई र स्वच्छता, जिविकोपार्जन, सिचाई, स्थानीय सरकार सवलीकरण, प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, गर्भाबस्थामा मधुमेहको रोकथाम तथा ब्यबस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ ।
यस संस्थालाई यस आर्थिक बर्ष २०८३/०८४ मा एक बर्षको लागि तपसीलमा उल्लेखित बस्तु तथा सेवाहरू योग्य आपुर्तिकर्ताहरूबाट आवश्यकता अनुसार एकैपटक वा पटक पटक गरी योग्यता पुगेका आपुर्तिकर्ता वा सेवाप्रदायक संस्थाहरू मध्ये संग छ महिना वा एक बर्षको लागि सम्झौता गरी बस्तु तथा सेवाहरू खरिद गर्नु पर्ने भएकाले त्यसको लागि योग्य आपुर्तिकर्ताहरूको सूची (Pre-Qualified Vendor Roster) तयार गर्नको लागि सम्बन्धित बस्तु वा सेवा आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त, दर्तावाला फर्म, कम्पनी, आपूर्तिकर्ता वा सेवा प्रदायक वा व्यक्ति एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि तल उल्लेखित संस्थाको कानूनी कागजातहरु सहित मिति २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) सम्ममा कार्यालय समय भित्र (०५:०० बजे सम्म) बेस संस्थाको केन्द्रिय परियोजना कार्यालय, तुलसीपुर दाङमा वा संस्थाको ईमेल ठेगानामा आवेदन पेश गर्न आह्वान गर्दछौं । संस्थाको ईमेल ठेगाना यस प्रकार रहेको छ: base.hrrc55@gmail.com
बस्तु/सामग्री तथा सेवाहरूको बर्गीकरणः
- कार्यालय मसलन्द, तथा स्टेशनरी सामाग्रीहरुको आपूर्ति
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप, डबल, सिंगल क्याब भ्यानहरु) भाडामा लिने सम्बन्धी कार्य
- तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना, नास्ता, पानी, चिया, कफी, हाई टी, आवास, तालिम हल, साउण्ड सिष्टम, प्रोजेक्टर, जेनेरेटर भएको होटल सम्बन्धी सेवा प्रदान गर्ने
- पोष्टर, प्रमाणपत्र, आईडी कार्ड र फलेक्स ब्यानर छपाई सम्बन्धी र मायाको चिनो, प्लेट, प्रतिवेदन, होर्डिङ्ग बोर्ड, भित्ते लेखन कार्यहरू
- कृषि औजार, पशुपंक्षीको बिक्री तथा स्वास्थ्य सम्बन्धी , बिउ बिजन, मल, किटनाशक औषधीहरु, टनेल तथा नर्सरी सम्बन्धी बस्तु तथा सेवाहरु प्रदान गर्ने कार्यहरू
- पत्रपत्रिकामा विज्ञापन, सूचना छपाईं तथा सन्देश प्रसारण गर्ने कार्य
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
- साइकल तथा मोटरसाइकल मर्मत, सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धी सामानहरू, एयर कण्डिसनर, युपिएस. टोनर रिफिल, पार्टपुर्जा तथा जडान एवं. मर्मत सम्बन्धी कार्य
- फर्निचर तथा फर्निसिङ्ग: काष्ट तथा स्टिल दराज, टेबल, कुर्सि, कार्पेट, कुसन, पर्दा, पर्दा कपडा आदी सामानहरू आपूर्ति गर्ने कार्य
- हार्डवेयर (कर्कट पाता, जस्ता पाता, सिमेन्ट, रड, रङ्गरोगन, भवन, धारा, शौचालयका सामाग्रीहरू आपूर्ति गर्ने कार्य
- खानेपानी तथा पाईप लाइन विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति गर्ने कार्य
- उद्यमशीलता विकास तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, इलेक्ट्रोनीक, मोबाइल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक, अचार बनाउने, च्याउ खेति तालिम ) आदि सम्बन्धी तालिम प्रदान गर्ने सेवा प्रदान गर्ने कार्य
- सडक नाटक समुह
- प्राथमिक उपचार, औषधीहरु तथा मेडिकल, सर्जिकल औजार सामाग्रीहरू आपुर्ति गर्ने कार्र्य
- स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, वास किट बिक्री बितरण गर्ने कार्य
- किराना सामानहरू: चिया, कफी, चिनी, नून, बेसार, तेल, बिस्कुट, चाउचाउ, साबुन, कोलिन, ओडोनिल, भाडा वर्तन लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने
- निर्जीवन तथा स्वास्थ्य बीमा सेवा प्रदान गर्ने
- भवन निर्माण, धारा निर्माण, शौचालय निर्माण गर्ने कार्यको लागि निर्माण व्यवसायीहरू
आबेदनको साथमा संलग्न हुनुपर्ने कानूनी कागजातहरू
१. सूची दर्ताका लागि आबेदन
२. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि । नबिरकण हुने भएमा नविकरण भएको पेजको प्रतिलिपि । आधिकारीक बिक्रेता (Authorized Dealer) भएमा सो प्रमाणपत्रको प्रतिलिपि
३. स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रतिलिीप वा मु.अ.कर (VAT)मा दर्ता भएको भए सो प्रमाणपत्रको प्रतिलिपि
४. मु.अ.कर (VAT) मा दर्ता हुन नपर्ने आपूतिकर्ताहरूको हकमा सो सम्बन्धि आधिकारिक कागजातहरूको प्रतिलिपि
५. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
नोटः यो सूचनामा उल्लेख भएका बस्तु तथा सेवाहरू बाहेक थप केहि बस्तु तथा सेवाहरूको कारोबाबर गर्ने भएमा सो बस्तु तथा सेवाहरू समेत संलग्न गरी आबेदन दिन सकिने छ ।
केन्द्रिय खरिद समिति
बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन)
केन्द्रिय परियोजना कार्यालय, तुलसीपुर, दाङ
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 05 Aug, 2026 |
| Apply Before | 14 Aug, 2026 |
| City | Dang |