बोलपत्र उपलब्ध गराउने सम्बन्धमा
Details / requirements:
बोलपत्र उपलब्ध गराउने सम्बन्धमा
प्रथम पटक प्रकाशित मितिः २०८३/०३/०४
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) वर्दिवास, महोत्तरी गैर सरकारी संस्थाहरू मध्ये महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र सिन्धुली जिल्लामा कार्यरत एक गैर सरकारी संस्था हो । यस संस्थाले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार लगायत विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विकास साझेदार निकायहरूसँग साझेदारी गर्दै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, र सर्लाही जिल्लामा चुरे जलाधार क्षेत्रको संरक्षण, विपद् व्यवस्थापन न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, अल्पीकरण, वातावरण संरक्षण, जिविकोपार्जन तथा महिला शसक्तिकरण, बाल अधिकार संरक्षण, शिक्षा र स्वास्थ सम्वन्धी कार्यक्रमहरू स्थानिय समुदाय मार्फत सञ्चालन गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा बिएमजेड (BMZ) र कारितास जर्मनी (Caritas Germany) को आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबास, महोत्तरीको प्राबिधिक सहयोगमा महोत्तरी र धनुषा जिल्लामा सञ्चालित "Strengthen Disaster Risk Reduction and Climate Resilience Capacities in India and Nepal (SDRC)" परियोजना अन्तर्गत आ.व.२०८२/२०८३ र २०८३/२०८४ मा समुदायमा आधारित बाढि पूर्वसुचना प्रणाली (Community Based Flood Early Warning System -CBFEWS) कार्यक्रम सञ्चालन गर्न आवश्यक समुदायमा आधारित बाढि पूर्वसुचना प्रणाली उपकरण (Community Based Flood Early Warning System Devices) खरिद र जडान गर्नुपर्ने भएकोले आपुर्तिकर्ताले नविकरण गरेको व्यवसाय वा कम्पनी दर्ताको प्रमाणपत्र तथा ईजाजतपत्र, अद्यावधिक नविकरण फर्मको प्रमाणपत्र, मुल्य अभिवृद्धि करमा दर्ताका प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणित प्रमाणपत्र प्रतिलिपि, फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता, कारोबार गरेको रकम समेत खुल्ने गरिको कागजातको प्रतिलिपि, अनुभवको प्रमाणपत्र र लेखा परीक्षण, प्रोप्राइटरको नेपाली नागरिकताको प्रतिलिपि सहित दरभाउ पत्र मिति २०८३/०३/०४ गते देखि २०८३/०३/१० गते साँझ ५ बजे सम्ममा रितपुर्वक माथि उल्लेखित आवश्यक कागजपत्र सहित शिलबन्दी बोलपत्र फारम पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
यस संस्थाबाट तयार गरिएको दरभाउ पत्र फारम संस्थासँग सम्पर्क गरि उपलब्ध गराउने जानकारी गराइन्छ । दरभाउ पत्र फारम सहित अन्य आवश्यक कागजातहरू सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको केन्द्रिय कार्यालय बर्दिबास महोत्तरीमा शिलबन्दी गरि बोलपत्र पत्र पेश गर्नुपर्नेछ । विस्तृत जानकारीको लागि कार्यालय समय भित्र मोबाइल नं ९८४४०३००९३/९८१७३१६०४६ मा सम्पर्क गर्न अनुरोध गरिन्छ साथै यस संस्थाको खरिद तथा व्यवस्थापन समितिको ईमेल procurement@cdafn.org.np मा मेल गर्न सक्नुहुनेछ । आवश्यकता अनुसार विभिन्न परियोजनाहरूको लागि माथि उल्लेखित सामाग्रीहरू सम्झौता तथा खरिद आदेशबाट पटक पटक सम्झौता तथा खरिद आदेश गरि खरिद गरिने छ ।
आवश्यक सामाग्रीहरूको विवरण:
Request for Quotation Form_CDAFN
सामाग्री खरिद तथा व्यवस्थापन समिति
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल
बर्दिबास, महोत्तरी, मधेश प्रदेश
सम्पर्क नं: ९८४४०३००९३/९८१७३१६०४६
ईमेल: procurement@cdafn.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 18 Jun, 2026 |
| Apply Before | 24 Jun, 2026 |
| City | Mahottari |