बोलपत्र आह्वान सम्बन्धि सूचना
Details / requirements:
बोलपत्र आह्वान सम्बन्धि सूचना
(RELIEFNEPAL/TN/FY25/26-001)
प्रथम पटक प्रकाशित मिति : २०८२/१२/०५ गते ( १९ मार्च २०२६ )
रिलिफ नेपाल सिन्धुली र World Vision International Nepal को साझेदारीमा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत Child Expression Worksheet (CEW) कार्यक्रमका लागि कापी, कलम र भित्तेपात्रो (संस्थागत परिचय र विवरण तथा लोगो सहितको प्रिन्ट गरि ) खरिद गर्नु परेको हुनाले, रिलिफ नेपालले योग्यता पुगेको र इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनि, सेवाप्रदायक एवं संस्थाहरूवाट यस कार्यालयमा कोटेशनको लागि आवेदन सहित तपसिलमा उल्लेखित कागजात मिति २०८२ साल चैत्र १९ गते तदनुसार २ अप्रिल २०२६ भित्र कार्यालय समय ५:०० बजे भित्र पेश गर्न आह्वान गर्दछौ । रिलिफ नेपालले बोलपत्रमा पेश भएको दररेट अनुसार छनोट हुन सफल बोलपत्रकर्ता सँग दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक बर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशन उल्लेख भएको परिणाम सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढी परिणाम खरिद गर्न सकिन्छ ।
सामाग्रीहरूको विवरण :
दरखास्त साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरू तथा निर्देशन :
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, PAN र VAT को प्रमाणपत्रको प्रतिलिपि, आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
२. शिलबन्दी दरभाउ रकमको २.५% रकम “क” वर्ग बैंकबाट ग्यारेन्टी प्रमाण पत्र पेश गर्नु पर्ने हुनेछ ।
३. माँग गरिएका सामग्रीहरूको विवरण अनुसार नमुना पनि दरभाउ सँग पेश गर्नु पर्नेछ , यदि विवरण अनुसारको मेल न खाएको खण्डमा अगाडिको प्रक्रियामा समावेश गरिने छैन ।
४. पछिल्लो दुइ बर्ष सम्म विभिन्न सर्बजनिक निकायहरूमा कारोबार गरेको प्रमाणपत्र प्रतिलिपि , यो सूचनामा उल्लेख भए बाहेक थप अरु केहि सम्बन्धित प्रमाणपत्र भएमा सो पनि सलग्न गर्न सकिनेछ ।
५. प्राबिधिक तथा बितिय कागजातहरू छुट्टा छुट्टै सिल गरि पेश गर्नु पर्नेछ ।
६. प्राप्त दरभाउ मिति २०८२ साल चैत्र २३ गते दिनको १२ बजे खोलिने छ, यदि सो दिन सार्बजनीक वा संस्थागत बिदा पर्न गएमा अर्को दिनको निर्धारित समयमै खोलिने छ ।
७. बोलपत्र, बोलपत्रदाता वा कम्पनिको प्रतिनिधिको अगाडी खोलिनेछ र उपस्थित न भएको खण्डमा सस्थालाई उक्त बोलपत्र खोल्न कुने पनि बाधा पर्ने छैन ।
८. बोलपत्रदाता कम्पनीले कुनै एक वा आह्वान गरेको सम्पूर्ण सामग्रीको लागि बोलपत्र आवेदन दिन सक्नु हुनेछ ।
९. बोलपत्रदाताले बोलपत्रलाई उचित रूपमा सिल गरिएको खाममा पेश गर्नु पर्नेछ। बोलपत्रका कागजातहरू र नमुनाहरू छुट्टाछुट्टै खाममा पेश गर्नु पर्नेछ।
१०. समय अबधि भन्दा पछि प्राप्त कोटेशन आवेदन मान्य हुने छैन , माँग गरको विवरण अनुसार आवेदन न आएको खण्डमा उक्त बोलपत्र लाई समावेश न गरिने ।
११. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ, कुनै वा सबै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने समपूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
१२. बोलपत्रको फारम इमेल मार्फत प्राप्त गर्न सक्नु हुनेछ जसका लागि अनिवार्य रुपमा कम्पनिको ८१/८२ को कर चुक्ता तथा कम्पनी दर्ता भएको प्रमाणपत्र इमेल मार्फत निवेदन सहित पेश गर्नु पर्नेछ र थप जानकारीको कार्यालयको समयमा तल उल्लेखित सम्पर्क नं मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कार्यालय सम्पर्क :
रिलिफ नेपाल
कमलामाई न.पा. ०६
फोन सम्पर्क : ०४७-५२०९१५, ९८०४७४०३७२,९७६७७३७९९७
इमेल : scm@reliefnepal.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 19 Mar, 2026 |
| Apply Before | 02 Apr, 2026 |
| City | Sindhuli |