बोलपत्र आह्वान (Call for Sealed Quotation)

PeaceWin Nepal

Details / requirements:

पीसविन नेपाल

बोलपत्र आह्वान (Call for Sealed Quotation)

पुन: प्रकाशित मिति: २०८३/०३/२५ (९ जुलाई २०२६)

पीसविन नेपाल महिला नेतृत्वमा आधारित गैरसरकारी तथा गैरनाफामूलक संस्था हो। वि.सं. २०४७ मा स्थापना भई वि.सं. २०४९ पुस ५ गते बाजुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो। "सक्षम व्यक्ति, सुखी परिवार र समृद्ध समाज" भन्ने दृष्टिकोणका साथ संस्थाले मुख्यतः महिला तथा बालबालिकाको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धनमा कार्य गर्दै आइरहेको छ। संस्थाले छाउपडी, बालविवाह, कुपोषण, लैङ्गिक हिंसा तथा विभेदजस्ता समस्याहरूको न्यूनीकरणका लागि समन्वित प्रयास गर्दै आएको छ। BMZ Welthungerhilfe (WHH) को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालको साझेदारीमा डिसेम्बर २०२४ देखि "पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093)" साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन हुँदै आएको छ। यस परियोजनाले जलवायु उत्थानशील तथा पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार तथा पोषण सुरक्षामा योगदान पुर्‍याउने मुख्य उद्देश्य राखेको छ।

पीसविन नेपालद्वारा सञ्चालित WE-CAN Project अन्तर्गत स्रोत सिँचाइ पोखरी निर्माणका लागि आवश्यक हार्डवेयर सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र पीसविन नेपालको केन्द्रीय कार्यालय, मार्तडी, बाजुरा अथवा पीसविन नेपालको कार्यक्रम सहयोग कार्यालय, साँफेबगर नगरपालिका, अछाममा गोप्य सिलबन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ।

इच्छुक आवेदकहरूले सिलबन्दी कोटेशन संस्थाको केन्द्रीय कार्यालय, मार्तडी, बाजुरा अथवा कार्यक्रम सहयोग कार्यालय, साँफेबगर, अछाममा मिति २०८३ श्रावण ७ गते (२३ जुलाई २०२६) बेलुका ५:०० बजेसम्म दर्ता गराउनुपर्नेछ। तोकिएको समयपछि प्राप्त भएका कोटेशनहरू स्वीकार गरिने छैनन्। कुनै वा सबै कोटेशन स्वीकार वा अस्वीकार गर्ने तथा उल्लिखित सामग्रीहरूको पूर्ण वा आंशिक खरिद गर्ने अधिकार पीसविन नेपालमा सुरक्षित रहनेछ। पीसविन नेपाल न्यूनतम मूल्य पेश गर्ने वा कुनै पनि कोटेशनलाई खरिद आदेश प्रदान गर्न बाध्य हुने छैन। यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनै पनि आपूर्तिकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै प्रकारको स्वार्थको द्वन्द्व (Conflict of Interest) रहेको पाइएमा वा पछि पुष्टि भएमा त्यस्तो कोटेशन जुनसुकै चरणमा पनि अस्वीकृत गरिनेछ। कोटेशन तयारीसँग सम्बन्धित सम्पूर्ण खर्च सम्बन्धित आपूर्तिकर्ताले स्वयं व्यहोर्नुपर्नेछ। यदि कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म पेश गर्न सकिनेछ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।

२. प्यान दर्ता तथा भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि।

३. फर्म नवीकरण तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

४. सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

५. अन्य सम्बन्धित कागजातहरू (यदि भएमा)।

नोट: आपूर्तिकर्ताले आवश्यक सामग्री आफ्नै खर्चमा परियोजनाको कार्यक्षेत्र अन्तर्गत साँफेबगर नगरपालिका वडा नं. १०, ११ र १४ सम्म ढुवानी गरी पुर्‍याउनुपर्नेछ। सामग्री ढुवानीको क्रममा कुनै किसिमको क्षति वा नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवारी आपूर्तिकर्ताकै हुनेछ र त्यसका लागि पीसविन नेपाल जिम्मेवार रहने छैन। कोटेशनमा उल्लिखित सामग्रीहरूको परिमाण वा संख्यामा आवश्यकतानुसार थपघट हुन सक्नेछ। साथै, सिलबन्दी नभएका कोटेशनहरू स्वीकार गरिने छैनन्।

थप जानकारीका लागि: ०९७–५४१११३ वा ०९७–५४०४८० मा सम्पर्क गर्न सकिनेछ।

LINKS:

BID_Document for Hardware materials

Quotation_Sheet_Source harvesting Tank (Irrigation Scheme)

A1-Supplier Declaration

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 09 Jul, 2026
Apply Before 23 Jul, 2026
City Far-Western Region