बोलपत्र आह्वान (Call for Bid)

PeaceWin Nepal

Details / requirements:

PeaceWin Nepal

PeaceWin Nepal is a women-led, non-governmental, non-profit social organization. It was established locally in 2047 BS (September 26, 1990) and registered at the District Administration Office of Bajura on 5th Poush 2049 BS (December 20, 1992 AD), with the vision of “Competent Individuals, Happy Families, and a Prosperous Society.” The organization primarily works with disadvantaged groups, especially children and women, promoting and protecting their social, economic, and cultural rights. It addresses various social issues such as Chhaupadi, child marriage, malnutrition, gender-based violence, and ethnic and other forms of discrimination through integrated efforts and mainstreaming.

बोलपत्र आह्वान (Call for Bid)

प्रकाशित मितिः २०८३/०२/४ (१८ मे २०२६)

BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ । पीसविन नेपाल संचालित WE-CAN Project परियोजनाका लागि बिउ, बिरुवा तथा कृषिका सामाग्रीहरू खरिद गर्नुपर्ने भएकाले ईच्छुक तथा योग्य विक्रेतालाई यो सुचना प्रकाशित भएकोले मितिले ८ दिन (आठ) दिन भित्र पीसविन नेपालको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा पीसविन नेपालको कार्यक्रम सहयोग कार्यालय, साँफेबगर नगरपालिका, अछाममा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

पेश भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार पीसविन नेपालमा सुनिश्चित रहनेछ । बोल पत्र आवेदन फारम (प्राविधिक फारम र वित्तिय फारम) मा संलग्न विवरणहरू तथा तिनमा उल्लेखित शर्तहरूलाई यसै सुचनाको अभिन्न अङग मानी अनिवार्य रूपमा पुरा गर्नुपर्नेछ । प्राविधिक फारम र वित्तिय फारम तल उल्लेखित लिङकबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।

1. Download Bid Document and financial quotation form for SEED & agri-materials.

2. Download Financial quotation form for plants

ईच्छुक आवेदकहरूले बोलपत्र सम्बन्धित कुनै पनि जिज्ञासा मिति २०८३ जेठ ४ गते देखि २०८३ जेठ ११ गते  तद्अनुसार २०२६ मे २५ मा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म (शनिबार अफिस बन्द रहनेछ ।) शिलबन्दी बोलपत्र संस्थाको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा कार्यक्रमको सहयोग कार्यालय, साँफेबगर अछाममा मिति २०८३ जेठ ११ गते बेलुका ५:०० बजे भित्र दर्ता गराउनु पर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिनेछ छैन ।

कुनै पनि वा सबै बोलपत्रहरू स्वीकार वा अस्वीकार गर्ने तथा उल्लेखित सामाग्रीहरूको  पुर्ण वा आंशिक खरिद गर्ने अधिकार पीसविन नेपालसंग सुरक्षित रहनेछ । पीसविन नेपाल न्युनतम मूल्य पेश गर्ने वा कुनै पनि बोलपत्रलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा बोलपत्र पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा बोलपत्र पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थको द्धान्द्ध (Conflict of Interest) रहेको पाईएमा वा पछि पुष्टि भएमा त्यस्तो बोलपत्र जुनसुकै चरणमा अस्विकार गरिनेछ । बोलपत्रको तयारीसंग सम्बन्धित सम्पुर्ण खर्चहरू खरिद प्रक्रियाको परिणाम जे सुकै भएता पनि सम्बन्धित कम्पनीले आफै व्यहोर्नपर्नेछ । यदि बोलपत्र पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।

पेश गर्नु पर्ने आवश्यक कागजातहरू:

१. फर्म दर्ता प्रमाण–पत्र प्रतिलिपि                                                                   

२. आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि

३. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि

४. संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि

५. अन्तिम दुई आ.व.को लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपि

६. अन्य सम्पुर्ण कागजातहरू (यदि छन भने)

नोट: आपुर्तिकर्ताहरूले आवश्यक सामान वा सामाग्रीहरु आफ्नै भाडामा परियोजनाको कार्यक्षेत्रहरू साँफेबगर नगरपालिका वडा नं. २, ३, ९, १०, ११, १२, र १४ तथा चौरपाटी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ मा पुर्याउनु पर्नेछ । सामाग्रीहरू ढुवानीको क्रममा कुनै पनि क्षति वा नोक्शानी भएमा त्यसको सम्पुर्ण जिम्मेवारी आपुर्तिकर्ताको हुनेछ, पीसविन नेपाल त्यसका लागि जिम्मेवार रहने छैन । कोटेशनमा उल्लेखित सामाग्रीहरूको परिमाण वा संख्यामा थपघट हुन सक्नेछ साथै शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन ।

थप जानकारीका लागि ०९७–५४१११३ वा ०९७–५९०४८० मा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 18 May, 2026
Apply Before 25 May, 2026
City Bajura