बोलपत्र आह्वान

RadhaKrishna Tharu Jana-Sewa Kendra (RKJS)

Details / requirements:

राधाकृष्ण थारू जनसेवा केन्द्र

गुलरिया न.पा.५, बर्दिया 

बोलपत्र आह्वान

( प्रथम पटक प्रकाशित मितिः२०८२ पौष २४ गते )

( दोस्रो पटक प्रकाशित मितिः२०८२ माघ २८ गते )

राधाकृष्ण थारू जनसेवा केन्द्र, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरण (KOICA Funded-ASRHR Phase II Project) अन्तर्गत बारबर्दिया नगरपालिकामा १ वटा र ठाकुरबाबा नगरपालिकामा १ वटा गरि जम्मा २ वटा स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरी मैत्री स्वास्थ्य (AFHS) भवन निर्माण गर्नुपर्ने भएकोले प्रस्ताव आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपशिलको शर्तपुरा गर्ने फर्मले यो सुचना प्रकाशित मितिले १४ (चौध) दिन भित्र (सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) शिलबन्दी दरभाउ पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

पेश गनु पर्ने आवश्यक कागजातहरू:

१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरूको कागजातको प्रतिलिपी र थप जानकारी TOR मा उल्लेख गरिएको छ ।

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानीपत्र (Bank Guarantee letter) प्राविधिक प्रस्तावनाको शिलबन्दी खाम भित्र संलग्न गर्नुपर्नेछ । प्राविधिक प्रस्तावनामा बैंक ग्यारेन्टी संलग्न नगरेमा सम्बन्धित बोलपत्र स्वतःअयोग्य ठहरिनेछ ।

६. प्रस्तावकले प्रस्तावनापत्र Hard copy, Courier वा Email मार्फत Folder lock (PDF Protected) गरेर पनि पेश गर्न सकिनेछ ।

७. प्रस्तावकले Email मार्फत Folder lock (PDF Protected) गरेर प्रस्तावनापत्र पठाउदा प्राविधिक प्रस्तावना (Technical Proposal) र वित्तीय प्रस्तावना (Financial Proposal) लाई छुट्टाछुट्टै Folder Lock गरि पठाउनु पर्नेछ । बोलपत्र खोल्ने समयमा फाइल खोल्नका लागि पासवर्ड माग्दै संस्थाबाट आधिकारिक इमेल पठाइनेछ । त्यसपछि सम्बन्धित निर्माण कम्पनीले सोही इमेलमा पासवर्ड उल्लेख गरी जवाफ पठाउनु पर्नेछ ।

८. प्राविधिक मूल्याङ्कनमा प्राविधिक मूल्याङ्कनको कुलभारको ५०% अङ्क प्राप्त गर्न सफल भएका बोलपत्रदाताको मात्र वित्तीय प्रस्तावना खोलिनेछ ।

९. वित्तीय प्रस्तावनाको शिलबन्दी खाम भित्र मूल्य उल्लेख गरिएको BOQ र बाँकी सबै आवश्यक कागजातहरू प्राविधिक प्रस्तावनाको शिलबन्दी खामभित्र राख्नुपर्नेछ  अन्यथा संस्था शिलबन्दी खाम खोल्न बाध्य हुने छैन । 

. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२/११/१२ गते (24 February 2026) सम्म कार्यालय समय (बेलुकी ५ बजे) रहेको तथा प्राप्त बोलपत्र मिति २०८२/११/१३ गते ( 25 February 2026) दिउसो १:०० बजे खोलिने छ ।

११. भवननिर्माण हुने स्थानहरू तपशिल बमोजिम रहेको छ ।

क्र.स.
स्वास्थ्य संस्थाको नाम
ठेगाना
निर्माण संरचना
कैफियत

सिउनिया स्वास्थ्यचौकी
बारबर्दिया न.पा. ७, सिउनिया, बर्दिया
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन
(प्याकेज–१)

बगनाहा स्वास्थ्यचौकी
ठाकुरबाबा न.पा. ४, बगनाहा, बर्दिया
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन
(प्याकेज–१)

नोटः

  • बोलपत्रको विस्तृत TOR, BOQ and Design उपलब्ध गराईएको लिंकबाट डाउनलोड गर्न सकिनेछ । बोलपत्रमा केही संशोधन भएमा पेश हुनु भन्दा पहिले नै जानकारी गराईने छ ।
  • रितपुर्वक प्राप्त स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइनेछ ।
  • बोलपत्रको विस्तृत TOR पढेर मात्र शिलबन्दी दरभाउ पेश गर्न अनुरोध गरिन्छ ।
  • विकास साझेदार संस्थाबाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ने तथा बोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आंशिक स्वीकार गर्ने सम्पुर्ण अधिकार RKJS Bardiya मा निहित रहनेछ ।

LINKS:

ToR-Bidding Document_Retender-AFHS

AFHS Building Design

बोलपत्र पेश गर्ने ठेगानाः

राधाकृष्ण थारू जनसेवा केन्द्र

गुलरिया न.पा. ५, बर्दिया

सम्पर्क नं.: ९८६६२३०२२१

Email: rkjs.bardiya@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 11 Feb, 2026
Apply Before 24 Feb, 2026
City Bardiya