अनुसन्धान सहायक

TPO Nepal

Transcultural Psychosocial Organization Nepal (TPO Nepal) is one of Nepal’s leading psychosocial organization. It was established in 2005 with the aim of promoting psychosocial well-being and mental health of children and families in conflict affected and other vulnerable communities through the development of sustainable, culturally-appropriate, and community-based psychosocial support systems. TPO Nepal is a knowledge-driven, innovative organization working in areas disrupted by violence and poverty. We strive to develop local psychosocial, mental health and conflict resolution capacity and systems that promote community resilience, quality of life and self-reliance through education, research, service delivery and advocacy.

Details / requirements:

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्घ भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरूमा मनोसामाजिक सहयोग पु¥याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

यसै सिलसिलामा यस् संस्थाले  जुम्ला मानसिक स्वास्थ्य अध्ययन नामक परियोजाना गरिहेको छ । यसको मुख्य उद्देश्य भनेको जुम्ला, नेपालमा मानसिक स्वास्थ्य अवस्थाका लागि प्रमुख जोखिम कारकहरू पहिचान गरी मानसिक स्वास्थ्य समस्याहरूको सुरुवातलाई प्रभावकारी रूपमा रोक्न कस्ता प्रकारका सहयोगहरू लागू गर्न सकिन्छ भनेर पहिचान गर्न मद्दत गर्नु हो । त्यसैले यस परियोजना अन्तर्गत जुम्ला जिल्लामा अध्ययन अनुसन्धान तथा तथ्याङ्क सङ्कलन कार्यका लागि केही संख्यामा स्थानीय स्तरबाट अनुसन्धान सहायकहरूको आवश्यकता परेको हुँदा तल उल्लेखित योग्यता पुगेका व्यक्तिहरूले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध गर्दछौँ ।

पदः–                    अनुसन्धान सहायक

समया अवधि:–            ३ महिना

कार्य जिल्ला:–             जुम्ला,

आवश्यक संख्या:–         ५ जना

भूमिका र जिम्मेवारीहरू:

  • समुदायमा गई अनुसन्धान कार्यका तोकिएका सहभागीहरूको सहमति फारम भराई तथ्याङ्क सङ्कलन गर्ने । अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थित गर्नका लागि सरकारी तथा गैर सरकारी निकायहरूसँग समन्वय गर्ने ।
  • अनुसन्धान मार्फत सङ्कलित तथ्याङकहरू उच्च गुणस्तरका छन् भन्ने कुराको सुनिश्चितता गर्ने ।
  • आवश्यकता अनुसार अनुसन्धान सामग्री तथा प्रश्नावलिहरूको अनुवाद गर्ने तथा अन्तिम रुप दिन अनुसन्धान टोलीलाई सहयोग गर्ने ।
  • अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थितरुपमा सञ्चालन गर्न परियोजनाका अन्य कर्मचारीहरूसँग समन्वयमा रहि कार्य गर्ने तथा नियमित जानकारी तथा प्रतिवेदन बुझाउने ।
  • अनुसन्धानलाई नियमित तथा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि तोकिएका अन्य सम्पूर्ण जिम्मेवारीहरू वहन गर्ने ।

सीप, योग्यता तथा अनुभव:

  • डमान्यता प्राप्त शिक्षण संस्था बाट स्वास्थ्य सम्बन्धी तालिम (अनमी, अहेव, एच ए) हासिल गरेको वा BA, BEd, BPH वा अन्य सम्बन्धित विषयमा स्नातक गरेको ।
  • नेपाली नागरीकताको प्रमाणपत्र भएको ।
  • समुदाय स्तरमा अध्ययन अनुसन्धान सम्बन्धी अनुभव भएको ।
  • समन्वय तथा सञ्चारको सीप भएको ।
  • आवश्यकता परेको खण्डमा कार्यालय समय बाहेक पनि काम गर्न सक्ने ।
  • जिल्लाको दुर्गम भेगमा काम गर्न सक्ने ।
  • कम्प्युटर र ट्याब्लेट सजिलै सँग प्रयोग गर्न सक्ने ।
  • संख्यात्मक (quantitative), गुणात्मक (qualitative) र संयुक्त (Mixed) अनुसन्धान विधि सम्बन्धी ज्ञान र अनुभव भएकालाई प्राथमिकता दिइने छ ।
  • डाटा सङ्कलन सफ्टवेयर जस्तैः (Redcap, ODK ) जानेका आवेदकलाई प्राथमिकता दिइनेछ ।

आवेदन प्रकृया

इच्छुक आवेदकले आवेदन पत्रका साथमा बायोडाटा, अनुभव हासिल गरेका प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र साथै नागरिकताको एक एक प्रति प्रतिलिपिहरू संस्थाको इमेल: hrtponepal@tponepal.org.np मा पेश गर्न सक्नुहुनेछ ।

सम्र्पक कार्यालयः– बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल),  बालुवाटार काठमाण्डौ, नेपाल

सम्पर्क नं:–  ०१–४५३७१२४ वा ०१–४५२४०८२

आवेदन फारम बुझाउने अन्तिम मिति: २०८२ जेठ ९ गते बेलुकी ५ बजे सम्म (मे २३, २०२५)

तोकिएको मिति भन्दा पछि बुझाइएको आवेदनलाई मान्यता दिइने छैन ।

नोटः– आवश्यक योग्यता पुगि छनोटमा परेका आवेदकहरूलाई मात्र अन्तरवार्ताका लागि बोलाइने छ । कृपया निवेदनमा आफ्नो भरपर्दो सम्पर्क नम्बर तथा ठेगाना समावेश गर्नुहोस् ।

टि. पि. ओ. नेपाल आफ्नो जनशक्ति भित्र विविधता र समावेशीकरणका लागि प्रतिबद्ध छ । साथै अल्पसंख्यक, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ । सबै आवेदनहरूको गोपनियता कायम गरिनेछ ।  टि. पि. ओ. नेपालले यौन शोषण र दुर्व्यवहार, यौन उत्पीडन र भेदभाव लगायत कुनै पनि प्रकारको उत्पीडन सहन गर्दैन ।

 

Overview

Category Research
Openings 5
Experience 1+ years
Education B. A. (Bachelors in Art)
Posted Date 06 May, 2025
Apply Before 23 May, 2025
City Jumla