आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना
Details / requirements:
आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ असोज ९
यूनाईटेड मिसन टु नेपाल (यू.एम.एन.) सन् १९५४ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा कार्यरत एक अन्तर्राष्ट्रीय गैरसरकारी संस्था हो । हालसालैको भोटेकोशी रसुवा- बाढीले असर पारेका जिल्लाहरु रसुवा र धादिङमा “आपतकालीन प्रतिकार्य तथा प्रारम्भिक पुनर्लाभ परियोजना (Emergency Response and Early Recovery Project)” संचालनको लागि यस संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दैछ । उक्त परियोजना कार्यान्वयनको लागि स्थानीय गैरसरकारी संस्थाको साझेदारी आवश्यक रहेकाले यो आशय पत्र (Expression of Interest) प्रकाशित मितिबाट लागू हुने गरी मिति २०८३ असोज २३ गते (9 October 2026) गतेसम्मका लागि आह्वान गरिएको छ ।
वान्छनीय योग्यताहरुः
- आशय पत्रका लागि कार्यसमितिको निर्णयका साथै संस्थाको लेटरप्याडमा यू.एम.एन.सँग साझेदारी गर्न इच्छापत्र निवेदन पेश गर्नुपर्नेछ ।
- साझेदारीको लागि आवेदन दिने गैरसरकारी संस्थाहरु रसुवा र धादिङ जिल्लाको स्थानीय हुनुपर्नेछ ।
- विपद् व्यवस्थापन र पुनर्स्थापनाको शिक्षा, मानसिक स्वास्थ्य, जीविकोपार्जन र आर्थिक पुनर्स्थापना, आवास तथा भौतिक निर्माण आदिको क्षेत्रमा परियोजना सञ्चालन गरेको अनुभव भएको संस्थालाई प्राथमिकता दिइनेछ ।
- पेश गर्नुपर्ने कागजातहरुः
- संस्थाको विधानको प्रतिलिपि
- आ.व. २०८२/२०८३ को माथि उल्लेखित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा नवीकरण भएको प्रमाण - प्रतिलिपी
- समाज कल्याण परिषद्मा आवद्धता साथै नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि
- स्थायी लेखा नम्बर दर्ता प्रमाण-पत्रको - प्रतिलिपी
- आ.व. २०८२/२०८३ को साधारण सभाको बैठकको माइन्यूटको प्रतिलिपिहरु
- आ.व. २०८१/८२ को बाह्य/वैधानिकलेखापरीक्षणको प्रतिवेदन प्रतिलिपि,
- कर चुक्ता प्रमाण-पत्रका प्रतिलिपि
- कर छुट प्रमाण-पत्र (भएमा) का प्रतिलिपि ।
NGO प्रोफाइलको फर्म र छनौट मापदण्ड यू.एम.एन.को वेब साइटबाट डाउनलोड गर्न सकिनेछ । www.umn.org.np/eoi-partner
रित नपुगेका, म्याद नाघेका, उल्लेखित जिल्ला भन्दा बाहिर दर्ता भएका संघसंस्थाहरु वा उल्लेखित कागजातहरु पेश नगरेका दरखास्त उपर कुनै कारवाही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । निर्णयको पूर्ण अधिकार यूनाईटेड मिसन टु नेपाल मा निहित हुनेछ । माथि उल्लेखित प्रतिलिपि आवश्यक कागजातहरु स्पष्ट देखिने र बुझिने गरि स्क्यान (scan) गरेर ईमेल मार्फत पठाउनु पर्नेछ । आशय-पत्र निवेदन र आवश्यक कागजातहरु eoi.umn@umn.org.np मा ईमेल गर्नुहोला ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 25 Sep, 2026 |
| Apply Before | 09 Oct, 2026 |
| City | Kathmandu |