आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना ।

प्रकाशन मिति: २०८३/०३/२८

पीसविन नेपाल विगत तीन दशक देखि सामाजिक रूपान्तरणका क्षेत्रमा विकास साझेदार तथा सरकारी निकायहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था हो । आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न जिन्सी सामग्री, सेवा तथा निर्माण सामग्री आपूर्ति गर्न कानुनबमोजिम दर्ता भएका इच्छुक तथा  योग्य आपूर्तिकर्ता, सेवा प्रदायक तथा निर्माण व्यवसायीहरूलाई संस्थाको आपूर्तिकर्ता सूची (Vendor List) मा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आह्वान गरिन्छ।

सूचीकृत गरिने सामग्री तथा सेवाका क्षेत्रहरू

क्र.सं.
विवरण
क्र.सं.
विवरण

कार्यालय स्टेशनरी सामग्रीहरू
११
भवन निर्माण सामग्री

कार्यालय फर्निचर तथा सजावट, फर्निसिङ सम्बन्धी सामग्रीहरू (कार्पेट, पर्दा, कुशन आदि)
१२
कृषि सामग्री, बीउ–बिजन, औजार तथा उपकरणहरू

कम्प्युटर, सर्भर, क्यामेरा, प्रोजेक्टर, प्रिन्टर तथा अन्य आईटी/सूचना सामग्रीहरू
१३
छात्रवृत्ति सामग्री (कपडा, जुत्ता, झोला आदि)

शैक्षिक सामग्री (किताब, सिकाइ सामग्री)
१४
होटल तथा आवास/बैठक व्यवस्थापन सेवा

विद्युतीय सेवा तथा सामग्रीहरू
१५
ढुवानी तथा सवारी साधन सेवा

औषधि, स्वास्थ्य तथा सर्जिकल सामग्रीहरू
१६
सिभिल ईन्जिनयरिंग तथा निर्माण सम्बन्धी सेवाहरू

शैक्षिक सामग्री (कपडा, जुत्ता, झोला आदि)
१७
साना सवारी साधन (जीप)

कुरियर सेवा
१८
बालमैत्री शिक्षा, प्रजनन् स्वास्थ्य, बाल अधिकार, लैंगिक समानता आदि सम्बन्धी तालिम प्रशिक्षक

विज्ञापन, श्रव्य–दृश्य सामग्री उत्पादन तथा प्रसारण सेवा (एफ.एम., पत्रपत्रिका, डिजिटल मिडिया आदि)
१९
होटेल सेवा
१०
कम्प्युटर, जेनेरेटर तथा विद्युतीय सेवा तथा सामग्री मर्मत–सम्भार सेवा
२०
ढुवानीसेवा

आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

२. चालु आर्थिक वर्षको नवीकरण प्रमाणपत्र 

३. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र

४. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र

५. सञ्चालक वा प्रोप्राइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६. कम्पनी प्रोफाइल (लागू हुने अवस्थामा)

७. सम्बन्धित क्षेत्रको अनुभव तथा कार्यसम्पादन विवरण (लागू हुने अवस्थामा)

आवेदन पेश गर्ने तरिका

इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजातहरू सहित २०८३/०४/१० गते कार्यालय समयभित्र सिलबन्दी आवेदन वा पासवर्ड सुरक्षित PDF फाइल peacewin.calls@gmail.com इमेलमार्फत पेश गर्न सक्नेछन्।

आवेदन पेश गर्ने ठेगाना

केन्द्रीय कार्यालय

पीसविन नेपाल, मार्तडी, बाजुरा वा पीसविन नेपालका सम्बन्धित प्रदेश तथा जिल्ला कार्यालयहरू

पीसविन नेपालले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य आपूर्तिकर्ताहरूलाई संस्थाको आपूर्तिकर्ता सूचीमा सूचीकृत गर्नेछ । सूचीकृत हुनु मात्र खरिदको सुनिश्चितता नभई संस्थाको खरिद नीति तथा प्रचलित कानुन बमोजिम आवश्यकता अनुसार प्रतिस्पर्धात्मक खरिद प्रक्रियामा सहभागी हुनुपर्ने छ । 

…....…………

खरिद समिति

पीसविन नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 12 Jul, 2026
Apply Before 26 Jul, 2026
City Far-Western Region