आपूर्तिकर्ता सूची दर्ता सम्बन्धी सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

आपूर्तिकर्ता  सूची दर्ता सम्बन्धी सूचना

Ref. No.: DSWCN-Mahottari-01/2083/084

प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१३ गते (२९ सेप्टेम्बर २०२६)

यस दलित समाज उत्थान समिति नेपाल, महोत्तरीले महोत्तरी तथा धनुषा जिल्लामा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ । संस्थालाई आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने विभिन्न सामग्री तथा सेवाहरू खरिद गर्नुपर्ने भएकाले योग्य आपूर्तिकर्ता छनोट गरी दीर्घकालीन सम्झौता (Long Term Agreement) गर्ने उद्देश्यले आपूर्तिकर्ता पूर्वयोग्यता (Supplier Pre-qualification) प्रक्रिया अघि बढाइएको छ । यसका लागि इच्छुक तथा योग्य, कानुनी रूपमा दर्ता भएका फर्म, कम्पनी, सेवा प्रदायक तथा सम्बन्धित संस्थाहरूलाई आपूर्तिकर्ताको सूचीमा सूचीकृत हुन आवेदन पेस गर्न आह्वान गरिन्छ । इच्छुक आवेदकहरूले आवेदनसहित आवश्यक कागजातहरू संलग्न गरी मिति २०८३/०६/२७ गते (१३ अक्टोबर २०२६) भित्र कार्यालय समयमै यस संस्थाको कार्यालयमा पेस गर्नुपर्नेछ ।

क. आपूर्ति गर्नुपर्ने वस्तु तथा सेवाहरू:

  • खाधान्न सम्बन्धि सामग्री (चामल, खाने तेल, ढलहनहरु, बिस्कुटहरु, भुजिया र अन्य किराना खाधान्न सम्बन्धि सामग्रीहरु
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्रयाटर, अटो रिक्सा) भाडामा लिने सम्बन्धि कार्य
  • Bicycle (Small, Medium, and Large) र यी Bicycle का पार्टपुर्जाहरु सम्बन्धि सामानहरु
  • कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
  • छपाई (कपि, पोष्टर, टि–सर्ट, किताब,रजिस्टर,भित्ते पात्रो र कपडाको ब्यानर), कलर प्रिन्ट, फोटो प्रिन्ट र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन , भित्ते लेखन कार्यहरु
  • बिउ बिजन, मल, किटनासक औषधी, बाख्रा फर्म, सुँगुर फर्म, कुखुरा फर्म, सम्बन्धि कार्यहरु 
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा )
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य,.
  • मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर, मोवाईल एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस., आदिका पार्टपुर्जा जडान एवं. मर्मत कार्य सम्बन्धि
  • स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, PPE सेट
  • फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपडा आदी सामानहरु आपूर्ति गर्ने कार्य
  • उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल मर्मत, सिलाई बुनाई, बुटिक, मोटरसाईकल, साईकल मर्मत, साबुन, अगरबती बनाई विउ तथा विषधी सम्बन्धी एग्रोभेट) आदि सम्बन्धि तालिम प्रदानगर्ने सेवाप्रदायक) 
  • स्कुल पोशाक तथा ब्याग, जिन्स पेन्ट टीसर्ट, कम्बल, त्रिपाल तथा किटनाशक झुलआपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य शिक्षा, पोषण तथा स्वास्थ्य, कृषि तथा जिविकोपार्जन, विपद् पूर्व तयारी तथा प्रति कार्य योजना (DPRP) तयार र संशोधन गर्न जिल्ला/स्थानिय विपद् व्यवस्थापन समितीलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संचालन तथा सर्वे गर्न परामर्शदाताहरू
  • स्वयंमसेवक तथा तथ्याङ्क संकलनकर्ता
  • खानेपानी तथा पाईपलाइन विस्तारका सामग्रीहरु तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति गर्ने कार्य 
  • सडक नाटक समुह, भिडियो पर्दशनी ।
  • कार्यक्षेत्र सम्पुर्ण महोत्तरी र धनुषा जिल्लामा।
  • किराना, सौन्दर्य, टेररिङ् चप्पल जुत्ता, भाडा वर्तन, ग्यासहरु, विजुलीका सामानहरु, 
  • अदुवा वेसार तथा अन्य स्वदेशी वालीनाली को विउ विजन सम्बन्धी कारोबार गर्ने विक्रेताहरु 
  • साईलेज / पशुका लागि सन्तुलित दाना
  • सुद्ध पिउने पानी  

ख. होटल सेवा (आवासिय कार्यक्रम, गैरआवासिय कार्यक्रम, तालिम हल आदि प्रयोजनार्थ):

  • तालिम, मिटिङ्ग सञ्चालनका लागि खाना, खाजा तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवाप्रदान गर्ने ।
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि कार्य गर्ने ।

ग. तालिम, परामर्श तथा बिज्ञताका सेवाहरु (उपलब्ध गराउने सेवाहरु उल्लेख गर्नुपर्ने)

  • परामर्श सेवाहरु–विभिन्न विषयकालागि प्रशिक्षक, अनुवादक कर्ता तथा अनुसन्धान कर्ता र क्षमता अभिवृद्धि सम्बन्धी परामर्शदाता ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१.  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र 

२.  स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३.  मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष २०८१/८२ अथवा २०८३/०८४ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखि माग गर्न पाउन र बुझाउन सकिनेछ वा इमेल dswcn.procurement@gmail.com मार्फत माग गर्न र बुझाउन सकिने छ  ।

आवश्यक सुचि दर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ

https://drive.google.com/file/d/134cEFjTXfRVyVEs5dEsxD-CyM5NdtvOD/view?usp=sharing

सम्पर्क ठेगाना:

दलित समाज उत्थान समिति नेपाल, महोतरी

शाखा कार्यालय

जलेश्वर १, महोत्तरी

इमेल: dswcn.procurement@gmail.com

फोन नं. ९८०१६६६४६२, ९८०१६६६४६४ नि:शुल्क 

केन्द्रीय कार्यालय

जनकपुरधाम 4, धनुषा 

इमेल: dswcn.procurement@gmail.com

फोन नं. ९८५४०२९२७७ , ९८१२००९२९२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 29 Sep, 2026
Apply Before 13 Oct, 2026
City Mahottari