वार्षिक सूची दर्ता सम्बन्धी सूचना

Hamro Prayash Nepal, Sindhuli

Details / requirements:

वार्षिक सूची दर्ता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/०३

यस हाम्रो प्रयास नेपाल (HPN), सिन्धुलीद्वारा आ.व. २०८३/२०८४ का लागी संस्थाबाट सञ्चालित विभिन्न परियोजना र कार्यालय सञ्चालनका लागी तल उल्लेखित बस्तु तथा सेवाको एकमुष्ठ वा आवश्यक्ता अनुसार दीर्घकालिन सम्झौता गरी खरिद गर्नुपर्ने भएकाले प्रचलित नियमानुसार दर्ता भएका इच्छुक सप्लायर्स तथा सेवा प्रदायकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पूर्व योग्यता निर्धारण फारम भरी पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ । इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरूबाट मिति २०८३ श्रावण १७ गते कार्यालय समयभित्र कार्यालयमा उपस्थित भई उल्लेखित कागजात सहित आवेदन पेश गर्न आव्हान गर्दछौं । 

सेवा तथा सामाग्री खरिद सम्बन्धी कार्यहरू : 

  • तालिम तथा परामर्श सेवाहरू : विभिन्न विषयका लागी प्रशिक्षक, सामाजिक परिक्षण, लेवर अडिट, जेसी अडिट, अनुवादकर्ता, स्टोरी तथा भिडियो डकुमेन्ट्री र अनुसन्धानकर्ता  ।
  • लेखापरिक्षक : नेपाल चार्टड एकाउन्टेण्ट संस्थामा दर्ता भएका लेखा व्यवसायीहरू ।
  • सवारी साधन : बस, स्कारपियो, ट्रक, मिनि ट्रक, बुलेरो, अटो, ट्याक्टर आदी भाडामा लिने सम्बन्धी कार्यहरू ।
  • कार्यालय मसलन्दः स्टेशनरी तथा खेलकुद सामाग्रीको आपुर्तिकर्ता, रिचार्ज कार्ड सम्बन्धी सेवा ।
  • छपाईः (कपि, टिसर्ट, पोष्टर, किताब, डायरी, प्रमाण पत्र, ब्यानर, होर्डिङ्ग बोर्ड आदि) ।
  • कृषि औजारः जैविक खेती, थोपा सिंचाइमा प्रयोग हुने सामाग्री, जलवायूमैत्री खेतीमा प्रयोग हुने सामाग्रीहरू, टनेल तथा मल्चिङ प्लाष्टिक, बिउ बिजन, मल, हाते ट्याक्टर, किटनाशक औषधी, बाख्रा, कुखुरा आदिसँग सम्बन्धि ।
  • पत्रिकामा विज्ञापनः सूचना तथा सन्देश प्रसारण गर्ने, एफ.एम.रेडीयो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य ।
  • कुरियर सम्बन्धी सेवाका कार्यहरू ।
  • मर्मत सम्भारः मोटरसाईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य, कम्प्युटर, ल्यापटप, फोटोकपी एवं ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत सम्भार गर्ने कार्य ।
  • फर्निचर (दराज, टेबल, कुर्सि, कार्पेट आदि) सामानहरू आपूर्ति गर्ने कार्य ।
  • खानेपानी तथा पाइपलाईन विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस सामाग्रीहरू आपूर्ति कार्य ।
  • तालिम, बैठक तथा गोष्ठी सञ्चालनका लागि खाना, खाजा तथा आवास सहित तालिम हल भएको होटलहरू ।
  • परियोजना क्षेत्रहरूमा समुदाय स्तरमा खाना, खाजा आपूर्ती तथा वास सम्बन्धि सेवा प्रदान गर्ने होटलहरू ।
  • उद्यमशीलता तथा सीपमुलक तालिम (हाउस वाइरिङ्ग, मोबाईल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक) आदि सम्बन्धि तालिम प्रदान गर्ने सेवाप्रदायकहरू ।
  • निर्जिवन तथा जिवन बिमा सेवा (सामुहिक दुर्घटना विमा, कर्मचारी स्वास्थ्य विमा, पशुपंक्षी सम्बन्धी विमा आदी) सेवा प्रदायक कम्पनी ।
  • प्राथमिक उपचार, मेडिकल औजार सामाग्री, सुरक्षा उपकरण तथा विपद् न्यूनिकरणका सामाग्रीहरू ।
  • बहुवर्षे प्रजातिका रूख विरूवा, घाँसका विरुवा तथा फलफूलका विरूवा आपूर्ती सम्बन्धी सेवा । 
  • उद्यमशिलता तथा सीपमूलक तालिम प्रदान गर्ने सेवा प्रदायक
  • इलेक्ट्रोनिक्स उपकरण, विद्युतीय उपकरण मर्मत तथा जडान कार्य
  • विद्यालयमा शैक्षिक सामग्री (किताव,सिकाई सामग्री)
  • भवन निर्माण 

दरखास्तका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरूः

  • फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण–पत्र
  • स्थायी लेखा नम्बर वा मु.अ.करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
  • आर्थिक बर्ष  २०८२/०८३ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि
  • सुचि दर्ताका लागि निवेदन सहित सप्लायर्स दर्ताको फारम ।

यो सूचनामा उल्लेख भएको भन्दा बाहेक थप अन्य केही सम्बन्धीत कागजात एवम् प्रमाण–पत्र भएमा सो पनि संलग्न गर्न सकिनेछ ।

आवश्यक सूचिदर्ताको फारम हाम्रो प्रयास नेपाल, सिन्धुलीको सिन्धुलीस्थित कार्यालयबाट तथा तल दिइएको लिङ्क मार्फत डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । साथै उल्लेखित आवश्यक कागजातहरू संस्थाको कार्यालयमा वा तल दिइएको ईमेल ठेगानाबाट बुझाउन सकिनेछ ।

सूचि दर्ता फारमको लिङ्क 

https://drive.google.com/drive/folders/1RvWuPqidHSeq31MwuVXGc1EaUUih8Wog?usp=sharing%20#update_browser

सम्पर्कका लागिः

हाम्रो प्रयास नेपाल (HPN), सिन्धुली

कमलामाई नगरपालिका–६ माढीबजार, सिन्धुली

Email:  hamroprayashnepal.sindhuli@gmail.com 

सम्पर्क नं.०४७–५२०१६४

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 19 Jul, 2026
Apply Before 02 Aug, 2026
City Sindhuli