विज्ञापन सूचना
Details / requirements:
प्रकाशित मितिः २०८३ भदौ २४ गते तदानुसार सेप्टेम्वर ९ तारिखको दिन
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC-Nepal) मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हो। यस संस्थाले CBM Global को सहयोगमा मनको साथी–बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रर्वधन परियोजना धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा सञ्चालन गरिरहेको छ ।
यस परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका बालबालिका तथा विद्यालय बाहिर रहेका बालबालिका सहित बालबालिका तथा किशोरकिशोरीहरूको मनोसामाजिक सुस्वाथ्यमा सुधार ल्याउन योगदान गर्नु हो। परियोजना अन्तर्गत समुदायस्तरमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रबर्धन, मनोसामाजिक सुस्वास्थ, लागु पदार्थ दुव्यर्सनको रोकथाम, आत्महत्या रोकथाम, सकारात्मक अभिभावकत्व तथा मनोसामाजिक सहयोग तथा मानसिक स्वास्थ्य सेवा आवश्यक पर्ने बालबालिका र किशोरकिशोरीको प्रारम्भिक पहिचान तथा मनोसामाजिक सहयोग र उपचारको लागि सेवा प्रदायकसंस्थामा रेफर लगायतका गतिविधिहरु यस संस्थाले स्थानीय तहसँगको समन्वय र सहकार्यमा सञ्चालन गरिरहेको छ ।
उक्त परियोजना अन्तरगत तपसीलमा लेखिए अनुसारको किशोरकिशोरी तथा युवा स्वयंसेवक र अपाङ्गता भएका व्यक्ति–च्याम्पियन लगभग २ वर्षको लागि आवश्यक परेकोले स्वयंसेवी भावले काम गर्न इच्छुक योग्य उम्मेदवारहरूका लागि यो सूचना प्रकासित गरिएको छ।
१. पद: समुदाय परिचालन स्वयंसेवक
पद
संख्या: ६ जना
(परियोजना
कार्यक्षेत्रका दुई स्थानीय तहमा ३/३ जना: गणेशमान चारनाथ नगरपालिका र
लक्ष्मीनियाँ गाउँपालिका)
कार्यस्थल: परियोजना सञ्चालित स्थानीय तहका तोकिएको वडाहरु ।
प्रमुख जिम्मेवारीहरू
- बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रबर्धन (CAMHP) सम्बन्धी सचेतना, अभिमुखीकरण, तालिम तथा अभिभावक शिक्षा सत्रहरूमा समुदायका सदस्य तथा सम्बन्धित सामुदायिक समूहहरूको सहभागिता सुनिश्चित गर्न परिचालन गर्ने।
- अभिभावक, हेरचाहकर्ता, बालबालिका, किशोरकिशोरी, युवा समूह, महिला समूह, FCHVs, शिक्षक, समुदायका अगुवा तथा अन्य सम्बन्धित सरोकारवालासँग नियमित भेटघाट गर्ने र बाल मानसिक सुस्वास्थ्यको लागि सहकार्य गर्ने ।
- निम्न विषयहरूमा समुदायस्तरमा
सञ्चालन हुने सत्रहरूको आयोजना तथा सहजीकरणमा परियोजना टोलीलाई सहयोग गर्ने:
- बाल तथा किशोर मानसिक स्वास्थ्य र मनोसामाजिक कल्याण
- पदार्थको प्रयोग रोकथाम तथा हानि न्यूनीकरण
- आत्महत्या रोकथाम तथा सचेतना
- सकारात्मक अभिभावकत्व तथा सहयोगी सञ्चार
- भावनात्मक, व्यवहारगत तथा मनोसामाजिक समस्याहरूको प्रारम्भिक पहिचान
- उपलब्ध सहयोग तथा प्रेषण सेवाहरू
- सहभागी दर्ता, समूहगत गतिविधि, छलफल तथा सत्र सञ्चालनसँग सम्बन्धित अन्य व्यवस्थापकीय कार्यमा सहजीकरणकर्तालाई सहयोग गर्ने।
- आवश्यकता अनुसार स्थापित प्रेषण संयन्त्रमार्फत सम्बन्धित सेवामा पहुँच तथा प्रेषणका लागि सहजीकरण गर्ने।
- बालबालिका, किशोरकिशोरी, अभिभावक तथा समुदायका सदस्यहरूसँगको व्यवहारमा गोपनीयता कायम गर्ने तथा सम्मानजनक सहभागिता सुनिश्चित गर्ने।
- उपस्थिति अभिलेख राख्ने तथा गतिविधिको आधारभूत दस्तावेजीकरण र प्रतिवेदन तयार गर्न सहयोग गर्ने।
- परियोजना टोलीले तोकेका समुदाय परिचालनसम्बन्धी अन्य जिम्मेवारीहरू पूरा गर्ने।
- साथी सहयोगीको भूमिका निर्वाह गर्ने ।
न्यूनतम योग्यता तथा अनुभव
- न्यूनतम SEE/ SLC वा सो सरहको शैक्षिक योग्यता तथा महिला, बालबालिका र किशोरकिशोरी वा सामुदायिक समूहसँग काम गरेको कम्तीमा १ वर्षको अनुभव। कक्षा १२ (१०+२) वा सोभन्दा माथिको योग्यता भएकालाई प्राथमिकता दिइनेछ ।
- समुदाय परिचालन, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, युवा सहभागिता वा सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनुपर्नेछ ।
- बालबालिका, किशोरकिशोरी, अभिभावक वा सामुदायिक समूहसँग काम गरेको अनुभव वाञ्छनीय हुनेछ ।
- प्रभावकारी सञ्चार, अन्तरव्यक्तिगत तथा सहजीकरण सीप।
- स्थानीय भाषामा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने।
- बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग, पदार्थको प्रयोग रोकथाम, आत्महत्या रोकथाम वा सकारात्मक अभिभावकत्वसम्बन्धी आधारभूत ज्ञान वा सिक्ने/काम गर्ने दृढ रुचि।
- गोपनीयता, बाल संरक्षण, समावेशीकरण तथा नैतिक आचरणप्रति प्रतिबद्ध।
२. पद: अपाङ्गता भएका व्यक्ति–च्याम्पियन
पद
संख्या: २ जना
(परियोजना
कार्यक्षेत्रका दुई स्थानीय तहमा १/१ जना अपाङ्गता भएका व्यक्ति: गणेशमान चारनाथ
नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिका)
कार्यस्थल: परियोजना सञ्चालित स्थानीय तहका तहका तोकिएको वडाहरु ।
प्रमुख जिम्मेवारीहरू
- बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रबर्धन, मनोसामाजिक सुस्वाथ्य, अपाङ्गता समावेशीकरण तथा अधिकारसम्बन्धी सचेतना प्रवर्द्धन गर्ने।
- आफ्नो जीवन अनुभव तथा व्यक्तिगत क्षमताको उपयोग गर्दै अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक धारणा विकास गर्न प्रोत्साहित गर्ने तथा कलङ्क, भेदभाव र सामाजिक बहिष्करण न्यूनीकरण गर्न सहयोग गर्ने।
- अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरी, अभिभावक/हेरचाहकर्ता तथा सामुदायिक समूहहरूलाई परियोजनाका गतिविधिमा सहभागी हुन परिचालन गर्न सहयोग गर्ने।
- अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीले शिक्षा, स्वास्थ्य, मनोसामाजिक, पुनर्स्थापना तथा सामुदायिक सेवामा पहुँच प्राप्त गर्दा सामना गर्ने अवरोधहरू पहिचान गरी परियोजना टोलीलाई जानकारी गराउने।
- स्थापित प्रेषण संयन्त्रमार्फत व्यक्ति तथा परिवारलाई उपयुक्त स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक, पुनर्स्थापना, शिक्षा तथा सामाजिक सहयोग सेवासँग जोड्न तथा प्रेषण गर्न सहयोग गर्ने।
- समुदायस्तरीय अभिमुखीकरण, अभिभावक शिक्षा, सचेतना अभियान, छलफल तथा अन्य परियोजना कार्यक्रमहरूमा सहभागी हुने।
- परियोजनाका गतिविधिहरूलाई थप पहुँचयोग्य तथा समावेशी बनाउन अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारबाट प्राप्त सुझाव/प्रतिक्रिया परियोजना टोलीलाई उपलब्ध गराउने।
- स्थानीय तहका नीति तथा योजनामा अपांगता समावेशीकरणको मूल प्रवाहीकरणको लागि वकालत र पैरवी गर्ने ।
- परियोजना टोलीले तोकेका अपाङ्गता समावेशीकरण तथा समुदाय परिचालनसम्बन्धी अन्य जिम्मेवारीहरू पूरा गर्ने।
न्यूनतम योग्यता तथा अनुभव
- अपाङ्गता भएका व्यक्ति तथा समुदायमा आधारित पैरवी र सचेतना गतिविधिमा योगदान गर्न इच्छुक भएको ।
- SEE/SLC वा सो सरहको शैक्षिक योग्यता भएको ।
- अपाङ्गता भएका व्यक्ति, बालबालिका, किशोरकिशोरी, अभिभावक, हेरचाहकर्ता तथा सामुदायिक समूहसँग सम्मानजनक तथा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने।
- अपाङ्गता अधिकार सम्वन्धि राष्टिय तथा अन्तरराष्टिय ऐन, नीति नियमको ज्ञान भएको । समुदाय परिचालन, पैरवी, सहकर्मी सहयोग, सामाजिक कार्य, युवा सहभागिता वा
- OPDs, सामुदायिक समूह, स्थानीय सरकार, स्वास्थ्यकर्मी, शिक्षक तथा परियोजना कर्मचारीसँग सहकार्य गरी काम गर्न सक्ने।
- समावेशीकरण, समानता, मर्यादा, गोपनीयता तथा गैर–भेदभावप्रति प्रतिबद्धता देखिएको हुनुपर्ने।
- समुदायस्तरीय गतिविधिमा सहभागी हुन तथा तोकिएको कार्यक्षेत्रभित्र यात्रा गर्न इच्छुक हुनुपर्ने। आवश्यकताअनुसार अनुकुल समायोजन (Reasonable Accommodation) उपलब्ध गराइनेछ।
स्वयंसेवी सुविधा: परियोजनामा व्यवस्था भए अनुसारको स्वयंसेवी सुविधा र यातयात खर्च उपलब्ध गराईने छ ।
छनोट भएका समुदाय परिचालन स्वयंसेवक तथा अपाङ्गता भएका व्यक्ति– च्याम्पियन लाई स्वीकृत परियोजना प्रावधान तथा CMC-Nepal को नीतिअनुसार स्वयंसेवी भत्ता तथा यातायात सहयोग उपलब्ध गराइनेछ।
सुरक्षा, समावेशीकरण तथा समान अवसर
CMC-Nepal बालबालिका तथा किशोरकिशोरीको सुरक्षा सुनिश्चित गर्न तथा सुरक्षित, समावेशी, सम्मानजनक र गैर–भेदभावपूर्ण कार्य वातावरण प्रवर्द्धन गर्न प्रतिबद्ध छ।
विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि पारिएका, बहिष्कृत वा सीमान्तकृत समुदायका योग्य उम्मेदवारहरूलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहित गरिन्छ।
छनोट प्रक्रियाका लागि छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ। आवेदनहरूको समीक्षा गरी पदपूर्ति नभएसम्म योग्य उम्मेदवारहरूलाई क्रमशः छनोट गरिनेछ। छनोट हुने उम्मेदवारको कुनै आपराधिक अभिलेख हुनुहुँदैन। छनोट तथा आवश्यक परेमा प्रक्रिया रद्द गर्ने सम्बन्धी सम्पूर्ण अधिकार CMC-Nepal मा निहित रहनेछ।
आवेदन पेश गर्ने अन्तिम मिति तथा ठेगाना
उल्लेखित योग्यता पूरा गर्ने इच्छुक उम्मेदवारहरूले अद्यावधिक बायोडाटा (CV) तथा नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र सहित आफ्नो आवेदन १६ सेप्टेम्बर २०२६ सम्म निम्न ठेगानामा पेश गर्नुपर्नेछ।
कार्यकारी
निर्देशक
CMC-Nepal
पो. बक्स नं. ५२९५
काठमाडौं, नेपाल
Overview
| Category | Development / NGO, Development / INGO, NGO/INGO/Social work |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 09 Sep, 2026 |
| Apply Before | 09 Oct, 2026 |
| City |