दरभाउपत्र आह्वानको सूचना

SOSEC Nepal

Details / requirements:

दरभाउपत्र आह्वानको सूचना

सोसेक नेपाल

ज्याकेट  खरिद (Windcheater) सम्बन्धि 

दरभाउपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित सुचना मिति २०८३ साल असोज  महिनाको १९ गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।  क) असमानता विरुद्ध (वकालत), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) खानेपानी तथा पोषण, ङ) जिवनउपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ।

यस संस्थाको खरिद समितिको मिति २०८३ साल भदौ ३१ गतेको निर्णनुसार यस संस्थाको  सार्थक परियोजनाको बार्षिक समिक्षा गोष्ठीमा सन्देश प्रशारणका गर्न जाकेट खरिद  गर्नुपर्ने भएकोले ईच्छुक सप्लायर्सबाट  यो सूचना प्रकाशन भएको मितिले  ७ दिन (२०८३  असोज १९ देखि २५ गते भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित सस्थाको इमेल procurement@sosec.org.np मा password राखी वा सिल्बन्दि दरभाउ पत्र संस्थाबाट उपलब्ध फारामहरु भरि पेश गर्नका लागी यो सुचना प्रकाशन तथा प्रशारण गरिएको छ

स्थान: सोसेक नेपाल, केन्द्रीय कार्यालय नारायण, दैलेखको  तथा फिल्ड कार्यालय जम्बुकाध, दैलेख

दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित  नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । 

दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः

१. सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भैइ{ सोसेक नेपालको कर्मचारीले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गरिने छ ।  

२. दर्ता भएका  दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस सोसेक नेपाल  खरिद समिति, दैलेखमा सुरक्षित रहनेछ । 

३. एक दरभाउपत्रदाताले एक मात्र  दरभाउपत्र पेश गर्न सक्नेछ । एक दरभाउपत्रदाताले एक भन्दा बढी  दरभाउपत्र पेश गरेमा सो वोलपत्रदाता सहभागी भएको सवै  दरभाउपत्रहरु रद्द हुनेछन ।

४. दरभाउपत्र सम्बन्धी सम्पूर्ण कागजपत्रहरुको भाषा नेपाली र अंग्रजी भाषामा हुनेछ ।

५. दरभाउपत्रको मुद्रा नेपाली रुपैयाँ हुनेछ र खरिद सम्झौता बमोजिमका भुक्तानी समेत नेपाली रुपैयाँमा गरिनेछ ।

६. दरभाउपत्रदाताले दरभाउपत्रमा उल्लेख गरेको मूल्य अपरिवर्तनीय रहनेछ । मूल्य परिवर्तन नहुने कुरा सम्झौता बमोजिमको काम सम्पन्न नहुन्जेल सम्मका अवधिका लागि लागु हुनेछ र यस अवधिमा हुने कुनै मुल्य परिवर्तनलाई मानिने छैन ।

७. दरभाउपत्रको प्रत्येक पेजमा नमेटिने मसीले लेखिएको र आधिकारिक व्यक्तिबाट हस्ताक्षर र छाप लगाएको हुनुपर्नेछ । 

दरभाउपत्रमा लेखिएका कुनै दर सच्चाइएको, फेरबदल गरिएको, थपिएको भएमा सो स्थानमा माथि उल्लेखित आधिकारिक हस्ताक्षरीबाट हस्ताक्षर गरी छाप लगाइएको हुनु पर्नेछ ।

८. दरभाउपत्र पेश गर्न अघि procurement@sosec.org.np मा password राखी वा खामबन्दी गरी लाहाछाप लगाउनु पर्नेछ र खामका वाहिर  दरभाउपत्र तथ्याङ्क सम्बन्धी विवरणमा उल्लेख भए बमोजिम “सोसेक नेपाल नाम र ठेगाना”,सामाग्री आपूर्ति सम्बन्धी दरभाउपत्र पेश गर्ने फर्म, संस्था वा कम्पनीको नाम र ठेगाना” व्यहोरा उल्लेख गर्नु  पर्नेछ ।

९. दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ साल असोज २५ गते सम्म पेश गरि सक्नु पर्नेछ दरभाउपत्र मिति २०८३ असोज २६ गते विहान ११:३० बजे खोलिने छ । 

१०. दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।

Link: Bid Document Of Jacket