दरभाउ–पत्र तथा सूची दर्ता सम्बन्धि सार्वजनिक सूचना
Details / requirements:
दरभाउ–पत्र तथा सूची दर्ता सम्बन्धि सार्वजनिक सूचना
पहिलो पटक प्रकाशित मितिः २०८३/०४/१२
भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) तथा यस अन्तर्गत सञ्चालित आयोजनाहरूको लागि आर्थिक वर्ष २०८३/८४ को लागि आवश्यक पर्ने वस्तु तथा सेवाहरू खरिद गर्ने प्रयोजनार्थ इच्छुक कम्पनी, फर्म वा व्यक्तिबाट प्रमाणपत्रको प्रतिलिपिहरू सहित मिति २०८३/०४/२६ गते सम्म सिलबन्दी दरभाउ–पत्र तथा सूची दर्ताको लागि आह्वान गरिएको छ ।
एनसेटले खरिद गर्नुपर्ने वस्तु तथा सेवाहरूको सूचि यस प्रकार छन् ।
१. मसलन्द तथा स्टेशनरी सामग्रीहरू
२. छपाई तथा फोटो कपि सम्बन्धि कार्यहरू
३. विभिन्न प्रकारका ब्याग (झोला), टि–सर्ट, ज्याकेट, क्याप, Souvenir समाग्रीहरू तथा Event Management सम्बन्धी
४. विद्युतीय उपकरण, कम्प्युटर, सफ्टवेयर, ईन्टरनेट सेवा एंव पार्टस् तथा एसेसरिजहरू
५. विपद् जोखिम सम्बन्धी तालिमको लागि आवश्यक पर्ने औंजार तथा उपकरणहरु (Training Equipment and Accessories)
६. सवारी साधनहरू भाडामा लगाउने तथा मर्मत कार्य सम्बन्धी
७. आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गको टिकटहरू
८. फर्निचर तथा फर्निसिङका सामानहरू
९. औषधी तथा First Aid/Health Care Facilities का सामाग्रीहरू
१०. विज्ञापन तथा सुचना प्रकाशन सम्बन्धी (पत्रिका, रेडियो तथा टेलिभिजन)
११. मर्मत कार्यहरू (प्लम्बिङ्ग, इलेक्ट्रिक, कम्प्युटर, प्रिन्टर, टेलिफोन, Air Conditioner तथा अन्य उपकरणहरू)
१२. निर्जिवन विमा सम्बन्धि (Non-Life Insurance)
१३. भवन निर्माणरमर्मत तथा निर्माण कार्यका सामग्रीहरू
१४. कुरियर तथा कार्गो सेवा (Courier and Cargo services) National/International
१५. Videography and Photography सम्बन्धी कार्यहरु
१६. Consultancy service (विपद् व्यवस्थापन तथा भवन निर्माण सम्बन्धी तालिम तथा परामर्श सेवाको लागि)
१७. भाषा अनुवाद –दोभाषे सम्बन्धी सेवा (Simultaneous language translation)
१८. होटल, सभा, सम्मेलन, तालिमहल र रेस्टुरेन्ट सेवाहरू
१९. Security Guard सम्बन्धी सेवाहरू
पेश गर्नु पर्ने कागजातहरू:
- कम्पनी वा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपी (आर्थिक वर्ष २०८३–८४ को लागि नवीकरणको प्रमाण–पत्रहरू)
- प्यान वा भ्याट दर्ताको प्रमाण–पत्रको प्रतिलिपी
- अघिल्लो आर्थिक वर्ष सम्मको कर चुक्ताको प्रमाण–पत्रको प्रतिलिपी
- आधिकारीक विक्रेताको हकमा सोको प्रमाणपत्रको प्रतिलिपी
विस्तृत विवरण तथा सिलबन्दी दरभाउ–पत्र बुझाउने फम्र्याट एनसेटको निम्न ठेगानामा भौतिक उपस्थित भई वा NSET को निम्न Link: https://tinyurl.com/4f9ccahy वा NSET को वेबसाइट www.nset.org.np को Proposal / Sealed Bid section बाट प्राप्त गर्न सकिनेछ । अनलाईन सिलबन्दी दरभाउ–पत्र निम्न ईमेल ठेगानामा बुझाउन सकिनेछ ।
Email: procurement@nset.org.np
पेश भएका कागजातहरू स्विकार गर्ने वा नगर्ने निर्णय यस संस्थामा नीहीत रहनेछ ।
कार्यकारी निर्देशक
भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट)
घर–६५, CR–१३ सैंबु आवास, भैंसेपाटी, ललितपुर महानगरपालिका–२५, नेपाल
पोष्ट बक्स नं. १३७७५ फोन नं. ५५९१०००
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 28 Jul, 2026 |
| Apply Before | 11 Aug, 2026 |
| City | Lalitpur |