दरभाउ पेश गर्ने सम्बन्धी सूचना
Details / requirements:
दरभाउ पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०६/१८
सामुदायिक विकास तथा पैरवी मंच नेपालको कार्यान्वयन तथा Catholic Relief Services Nepal (CRS Nepal) को आर्थिक सहयोगमा संचालित SPICES initiative to Strengthen the legume value chain in drought- affected area of Mahottari (SPICES) परियोजना अन्तर्गत उच्च मूल्यका बाली (विशेष गरी दलहन बाली) को मूल्य शृंखला विकास गर्दै महोत्तरी जिल्लाको लोहारपट्टी र बलवा नगरपालिकामा बाढी प्रभावित क्षेत्रका साथै सीमान्तकृत समुदायहरुलाई (दलित, मधेसी, मुसहर, महिला आदिलाई प्राथमिकता) लक्षित गरी जीविकोपार्जन सुधार गर्न मुसुरोको बीउ आवश्यक भएकोले निम्न लिखित जातको मुसुरोको बीउ उपलब्ध गराउन सक्ने विभिन्न आपूर्तिकर्ता वा सप्लायर्सहरुले यस सूचना प्रकाशित भएको मितिले ५ (पाँच ) दिन भित्र अर्थात मिति २०८३/०६/२२ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (आपुर्तिकर्ताको नविकरण गरेको व्यवसाय वा कम्पनि दर्ताको प्रमाणपत्र तथा इजाजतपत्र, अद्यावधिक नविकरण फर्मको प्रमाणपत्र, मुल्य अभिवृद्घि करमा दर्ता भएमा प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणित प्रमाणपत्र प्रतिलिपि र कर चुक्ता गरेको प्रमाणित पत्र, बीउको गुणस्तर मापन गर्ने आवश्यक प्रमाण पत्रको प्रतिलिपि-उमारशक्ती, ट्याग, ल्याब रिपोर्ट आदि) संलग्न गरि सामुदायिक विकास तथा पैरवी मंच नेपाल को कार्यालयमा निम्न अनुसार दरभाउ तथा प्रस्ताव पत्र उपलव्ध गराउनहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल:
| क्र.सं. | जात | स्तर | अनुमानित परिमाण (के.जी.) | कैफियत |
| १ | खजुरा मसुरो-१, खजुरा मसुरो-४, श्रद्धा कालो मसुरो र सगुन | मूल /उन्नत | ११६५ | |
| जम्मा | ११६५ |
सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिवास-०१, महोत्तरी
सम्पर्क E-Mail: procurement@cdafn.org.np
सम्पर्क नम्बर: ९८४४०३००९३
नोट:
- कर लाग्ने सामाग्रीहरुको दररेट कर सहित समावेश गर्नुपर्नेछ।
- माथि उल्लेखित सम्पूर्ण बीउहरुको समाप्त मिति कम्तिमा एक वर्ष बाँकी रहेको हुनुपर्नेछ।
- दरभाउ पत्र यस संस्थाको कार्यालय वा वेबसाइट बाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
- दरभाउ पत्र शिलबन्दि गरि यस संस्थाको कार्यालयमा वा E-Mail मा बुझाउन सकिनेछ। दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।
- रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने वा मान्य नहुने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।
- रित पुर्वक प्राप्त भएका शिलबन्दी दरभाउ/प्रस्ताव पत्रहरु खरिद व्यबस्थापन समितिको बैठक बसि सप्लायर्स छनौट गरिनेछ ।
LINK:
Request for Quotation Form_Lentil seed
सामाग्री खरिद तथा व्यवस्थापन समिति
सामुदायिक विकास तथा पैरवी मंच नेपाल
बर्दिबास, महोत्तरी, मधेश प्रदेश
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 04 Oct, 2026 |
| Apply Before | 08 Oct, 2026 |
| City | Mahottari |