दर रेटसहित सूची अद्यावधिक गर्ने सम्बन्धी सूचना
Details / requirements:
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल
मितिः २०८२/०४/२६
दर रेटसहित सूची अद्यावधिक गर्ने सम्बन्धी सूचना
यस संस्थालाई आ.व. २०८२/८३ को लागि आवश्यक पर्ने तपसिलका सामान तथा सेवाहरू उपलब्ध गराउने प्रयोजनका लागि सामान तथा सेवा प्रदायकहरूको सूची सूचीकृत गरिने भएको हुँदा इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरूले निम्न लिखित कागजात संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफूले गर्न चाहेको प्रत्येक आपूर्ति तथा सेवा कार्यको लागि दररेटसहित छुट्टाछुट्टै आवेदन यस संघको कार्यलय चाकुपाट, ललितपुरमा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघी आएका आवेदन छनोट प्रक्रियामा समावेश गरिने छैन ।
सेवाहरू
१. छपाइ सम्वन्धी कार्यहरू
२. स्टेशनरी सामग्रीहरू (मसलन्द तथा विविध)
३. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरणहरू, कम्प्यूटर, प्रिन्टर, प्रिन्टर कार्टेज, टोनर तथा रिफिलिङ्ग
४. टिकेटिङ्ग, टुर एण्ड ट्राभल्स सम्बन्धी विविध सेवा (आन्तरिक तथा अन्तराष्ट्रिय)
५. रेडियो उपकरणहरू (मिक्चर, स्टुडियो माइक, अडियो प्रोसेसर, हेडफोन आदि)
६. तालिम, सेमिनार, कार्यशाला, अनुगमन, मूल्याङ्कन, सर्वेक्षण आदिका लागि स्रोत व्यक्ति
८. तालिम, सेमिनार तथा कार्यशालाका लागि होटल सेवा
९. सेक्युरिटी गार्ड व्यवस्थापन तथा परिचालन सेवा ।
१०. इन्टरनेट सेवा
११. फर्निचर आपूर्ति, फर्निसिङ तथा मर्मत
१२. सवारी साधन भाडामा उपलब्ध गराउने
१३. कुरियर तथा ढुवानी सम्बन्धी कार्यहरू
१४. सफ्टवेएर, एप्स तथा वेबसाईट निर्माण
पेश गनुपर्ने कागजातहरू
१. फर्म/कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
२. VAT/PAN मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
३. अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र वा पछिल्लो तीन महिनामा कर विवरण दाखिला गरेको प्रमाणपत्रको प्रतिलिपि
४. आधिकारिक डिलर एवं वितरक भए सो को पुष्टि गर्ने प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी वा फर्मको बैंक खाता नम्बर खुल्ने चेकको प्रतिलिपि
६. स्रोतव्यक्तिका हकमा शैक्षिक योग्यता र कार्य अनुभव खुल्ने बायोडाटा, VAT/PAN मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
माथि उल्लेखित सामान तथा सेवाहरूको लागि प्राप्त आवेदन आंशिक वा पूरा रुपमा उपयोग गर्ने/नगर्ने सम्पूर्ण अधिकार संघमा निहित हुनेछ । सूची दर्ताका लागि आवेदन पेश गरेका भए पनि कागजात नपुगेका फर्महरूलाई सूचीकृत गर्न संघ बाध्य हुनेछैन ।
सामुदायिक रेडियो प्रसारक संघ, नेपाल
चाकुपाट, ललितपुर
फोन नं. ०१–५२६८६७१, पो.ब.नं. १९३२४ काठमाडौँ ।
इमेलः acorab@gmail.com, वेबः www.acorab.org.np
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 11 Aug, 2025 |
Apply Before | 17 Aug, 2025 |
City | Lalitpur |