तथ्यांक व्यवस्थापन अधिकृत (Data Management Officer)
Details / requirements:
BASE Organization (Backward Society Education)
आवश्यकता ! आवश्यकता ! आवश्यकता !
प्रथम पटक प्रकाशित मिति: २०८२।१२।०२
Helen Keller International सँगको साझेदारीमा बेस संस्था (व्याकवार्ड सोसाइटी एडुकेशन) दाङ्गद्वारा सञ्चालन हुने “पोषण मार्फत् जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition) परियोजनाको लागि १ जना कर्मचारीहरूको आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र इच्छुक नेपाली नागरिकलाई आवेदनका लागि आह्वान गरिन्छ ।
पद: .तथ्यांक व्यवस्थापन अधिकृत (Data Management Officer)- Dang
आवश्यक संख्या: १
तह: ७
शैक्षिक योग्यता तथा अनुभव:
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह Bachlor on Public Health (BPH) उत्तिर्ण र DHIS2/HMIS System and mobile application सम्बन्धी ज्ञान भएको ।
- तथ्याङ्क व्यवस्थापनमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
- फिल्डमा गएर कार्यक्रमसँग सम्बन्धित अनुगमन, मुल्याङ्कन गरी तथ्याङ्क प्रमाणित गरी योजना निर्माण तथा सफलताका कथाहरू तयार गर्न सक्ने ।
- तथ्यांक संकलन, विश्लेषण तथा प्रस्तुतिकरण गर्न सक्ने ।
- स्थानीय तथा जिल्लास्तरीय कार्यक्रम संचालनमा सहयोग गर्ने ।
- कार्यक्रमसँग सम्वन्धित फिल्ड कृयाकलापहरुको मासिक त्रैमासिक तथा बार्षिक प्रतिवेदनहरू अंगेजी तथा नेपाली भाषामा बनाउने सीप भएको ।
- फिल्ड तहका विभिन्न तालिमहरू संचालनमा सहजीकरण गर्न सक्ने ।
- फिल्ड कर्मचारीहरूको क्षमता विकासमा सहयोग गर्ने तथा डाटा संकलन तथा रिपोर्टिङ्गमा सहजीकरण गर्ने ।
पेश गर्न पर्ने कागजातहरू:
निवेदन, बैयक्तिक बिबरण (वायोडाटा) नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रको स्क्यान कपी इमेल मार्फत पेश गर्नु पर्नेछ ।
- आवेदन दिने अन्तिम मिति: २०८२/१२/०८ गते अपरान्ह ५:०० बजे भित्र ।
- परीक्षाको किसिम: छोटो सूची, लिखित जाँच र अन्तरवार्ता, (छोटो सूचीमा छनौट भएका उम्मेद्धारहरूलाई मात्र अन्य परीक्षाहरूमा सहभागी गराईनेछ ।)
प्राथमिकता: दलित, जनजाति, महिला, मोटरसाइकलको लाईसेन्स भएको र स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ ।
नोट: निवेदनमा अपेक्षित पारिश्रमिक अनिवार्यरुपमा खुलाउन पर्नेछ ।
इमेलबाट प्राप्त आबेदनहरूलाई मात्र मान्यता दिइनेछ । रीत नपुगेका र म्याद नाघेर आएका आवेदनहरूलाई मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन ।
आवेदनका लागिः
बेस संस्था, केन्द्रीय परियोजना कार्यालय
तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६, रजौरा दाङ
आवेदनका लागि इमेल: base.hrrc55@gmail.com
कार्यालय सम्पर्क नं.+97782-520055, 520312, 522921 वेवसाइट: nepalbase.org
Overview
| Category | Public Health, Development Project |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 3+ years |
| Education | B.P.H. (Bachelors in Public Health) |
| Posted Date | 16 Mar, 2026 |
| Apply Before | 22 Mar, 2026 |
| City | Dang |