तथ्यांक संकलक (Data Enumerator)
Details / requirements:
धादिङ उद्योग वाणिज्य संघ
करारमा तथ्यांक संकलक (Data Enumerator) आवश्यकता सम्वन्धी सूचना
बिज्ञापन नं. ००१ – ०८३/०८४
प्रकाशन मितिः २०८३।०४।२५
धादिङ उद्योग वाणिज्य संघलाई तपशील बमोजिम तथ्यांक संकलक (Data Enumerator) आवश्यक भएकोले यो सूचना गरिएको छ ।
१. आवश्कता सम्वन्धी विवरण :
क) पद : तथ्यांक संकलक (Data Enumerator)
ख) पद संख्या : २ (दुई) जना (धादिङको संघीय निर्वाचन क्षेत्र नं १ र २ का लागि १/१ जना, सम्बन्धित क्षेत्रका उमेदवारहरूलाई प्राथमिकता दिइने छ )
ग) न्युनतम योग्यता र कार्यानुभव :
- न्यूनतम योग्यताः +२ उत्तीर्ण भै तथ्यांक संकलनको काम गरेको अनुभव भएको
- कम्प्यूटर संबन्धि सीप भएको
- समन्वय, संचार सीप भएको ।
- सवारी चालक अनुमति पत्र (मोटरसाइकलको) भएको ।
२. सेवा सुविधा : संघको नियमानुसार हुनेछ ।
३. कामको अवधि : ३ महिना मात्र ।
४. दरखास्त दिने अन्तिम मिति : २०८३/०५/९ गते कार्यालय समय भित्र ।
५. परिक्षाको किसिम : अन्तवार्ता र प्रयोगात्मक ।
६. आवश्यक कागजातहरू : निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, सम्वन्धित विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी धादिङ उद्योग वाणिज्य संघको इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट : प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र परीक्षामा समावेश गराइनेछ । रीत नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । स्थानीय, महिला, दलित तथा सिमान्तकृतलाई प्राथमिकता दिइने छ । कर्मचारी छनौटको सर्वाधिकार धादिङ उद्योग वाणिज्य संघमा रहने छ ।
धादिङ उद्योग वाणिज्य संघ
सम्पर्कः ०१०–५२०१२०
इमेलः dhadingcci@gmail.com
Overview
| Category | Development Project, Data collection |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 19 Aug, 2026 |
| Apply Before | 25 Aug, 2026 |
| City | Dhading |