टेन्डर आह्वान गरिएको सूचना
Details / requirements:
टेन्डर आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०८/०८)
राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा तथा धनगढीमाई न.पा., सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासावरण गा.पा.संगको सहकार्यमा, जलवायु मैत्री गाँउ परियोजना सञ्चालनमा रहेको छ ।
उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका सिचाई सम्बन्धी सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका सिचाई सम्बन्धी सामग्री आपूर्ति गर्न पाउने भनी कानूनले तोकेको उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल:
१. माग भएका सिंचाई सामग्रीहरू आवश्यकता अनुसार छनौट गरी खरिद गरिनेछ ।
२. सिंचाई सामग्रीहरू माथि उल्लेखित पालिकाहरूमा अवस्थित कृषक समूहहरुको माग बमोजिम खरिद गरिनेछ । र सोही स्थान सम्म सामग्रीहरू ढुवानी गरी आपूर्ती गर्नु पर्ने छ साथै आवश्यक्ता अनुसार प्राविधिक सहयोग गर्नु पर्नेछ ।
३.आपूर्ती गरिने सामग्रीहरूको ग्यारेन्टी वा वारेन्टी स्पष्टसँग खुलाई, कुन कम्पनी, व्राण्ड हो सो समेत उल्लेख गरी दरभाउ पेश गर्नु पर्ने छ ।
४.इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले यसै साथ दिईएको लिंकमा किलिक गरि टेन्डर फारम प्राप्त गर्न सकिने छ । सोहि फारममा दर भाउ तथा शर्तनामाहरु उल्लेख गरि संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी टेन्डर पेश गर्नु पर्ने छ ।
५. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।
६. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
७. बोलपत्र टेन्डर फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
८. फाराम बुझाउने अन्तिम मिति २०८२/०८/१४ गते ५:०० बजेसम्म हुनेछ ।
९. पेश गरिएका बोलपत्रहरू मिति २०८२ साल मंसिर १५ गते दिउँसो २:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको मिति, समय र स्थानमा बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
१०. विक्रेतालाई भुक्तानी गर्दा बैँक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ । उपरोक्त बमोजिमको कारोवार २०८२ साल मंसिर महिना देखि २०८३ साल असार महिना सम्म गर्न सकिने छ । म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
११. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बर वा ईमेल ठेगाना मार्फत कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
१२. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ ।
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.–१, सिरहा
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 24 Nov, 2025 |
| Apply Before | 30 Nov, 2025 |
| City | Kathmandu |