शिलबन्दी दरभाउपत्र मागको सुचना

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

सुन्दर नेपाल संस्था 

पोषण परियोजना

वीरेन्द्रनगर ०८, सुर्खेत

शिलबन्दी दरभाउपत्र मागको सुचना

प्रथम पटक प्रकाशित मिति (२०८३/०६/१२)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र  iDE Nepal संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित पोषण परीयोजना सुर्खेत जिल्लाको ५ वटा पालिका (वीरेन्द्रनगर, वराहताल,लेकवेशी, गुर्भाकोट र भेरीगंगा)मा संचालन भइरहेको छ । तपशिल अनुसारका सामाग्रीहरु आपुर्तिगर्न इच्छुक आपूर्तिकर्ता, उत्पादक, अधिकृत बिक्रेता तथा वितरकहरुबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रहि आपूर्तिकर्ताले गोप्य शिलबन्दी दरभाउपत्र  पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा  प्राप्त शिलबन्दी  दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका ,रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी  दरभाउपत्रमा उल्लेखित समामग्रीहरु आंशिक रुपमा पनि खरिद गर्न सकिने छ । 

शर्तहरु:

१. शिलबन्दी दरभाउपत्रको फारम सुन्दर नेपाल संस्थाको कार्यालयबाट वा संस्थाको वेवसाइट www.sundernepal.org.np बाट पनि डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।

२. शिलबन्दी दरभाउपत्र फारमका साथ उधोग रफर्म दर्ताको प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र चालु आ.व.को  कर चुक्ता वा म्याद थप  पेश गरी शिलबन्दी दरभाउपत्र खाम बाहिर दरभाउपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिबार्य हुनुपर्नेछ ।

३. शिलबन्दी दरभाउपत्र फारम खाम बन्द गरी लाहा छापले शिलबन्दी गरिएको हुनुपर्नेछ, अन्यथा उक्त दरभाउपत्र  दर्ता गर्न संस्था बाध्ये हुने छैन ।

४. शिलबन्दी दरभाउपत्र फारम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १ बजे सुन्दर नेपाल संस्थाको खरीद समिती र दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थितिमा यस सुन्दर नेपाल संस्था को कार्यालयमा दरभाउपत्र खोलिनेछ । यदि दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थिति हुन नसकेको खण्डमा पनि दरभाउपत्र खोलिनेछ । तर सो दिन सार्बजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन दरभाउपत्र खोलिने छ ।

५. शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा आंशिक स्वीकृत गर्ने वा नगर्ने अधिकार सुन्दर नेपाल संस्थामा निहित हुनेछ ।

६.यस बाहेक थपजानकारी आबश्यक परेमा तल उल्लेखित कार्यालय समयमा सम्पर्क राख्न सकिनेछ ।

७.सामाग्रीहरुको मापदण्ड तथा गुणस्तर चेकजांच गरेपछि मात्र भुक्तानी प्रक्रियामा बढाइने छ ।

आवश्यक बिउहरु अनुमानित परिमाणमा:

(१) आलस स्थानिय भेराईटी ७९० किलो

(२) केराउ Arkel भेराईटी ७९० किलो

(३) चना Parasita Abrodhi भेराईटी ७९० किलो

माग परिमाणमा १५ प्रतिशत सम्म घट बढ हुनसक्ने छ ।

फाराम बुझाउने अन्तिम मिति २०८३।०६।१८ गते ५ बजेसम्म हुनेछ ।

शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना/स्थान :

सुन्दर नेपाल संस्थाको कार्यालय, आवास क्षेत्र सुर्खेत, फोन नं ०८३५२०९२६, ०८३५२३५३०

LINK: समाग्रीको विवर्ण

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 28 Sep, 2026
Apply Before 04 Oct, 2026
City Surkhet