शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Everest Club

Details / requirements:

१. शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

छाउडेकाँडा झुज खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, गुराँस ७, दैलेख

दमाहापहरा तिदुरुखमुनि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, गुराँस ७, दैलेख

सिर्पुगैरा पिलाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, गुराँस ६, दैलेख

ठाटी काफलमेला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, गुराँस ८, दैलेख

को

संयुक्त खरिद समिति

गुराँस, दैलेख

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित सूचना: मिति: २०८२ पौष ६ गते

एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था एभरेष्ट क्लब दैलेखको सहजीकरणमा गुराँस गाउँपालिका, दैलेखमा संचालित खानेपानी तथा सरसफाइ योजनाहरूको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरू खरिद गर्नुपर्ने भएकोले शिलबन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरू र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरू सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरूको अधिनमा रही शिलबन्दी दरभाउपत्र आह्वान गरिएकोछ ।

प्याकेज १ :

समुह क : एच.डि.पि.ई. पाइप, जि.आई. पाइप, जि.आई./व्रास फिटिङ्ग, औजार, अन्य सामाग्रीहरु (सरिया, ग्याविन तार, काँडेतार, वाइडिङ्ग तार, कुखुरेजाली, टंकी इत्यादि)

समुह ख : फलामे निर्माण सामाग्री (फेव्रिकेटेड सामाग्रीहरु)

समुह ग : सिमेन्ट (ओ.पि.सि. ५३ ग्रेड)

शर्तहरू:

१. दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।

शिलबन्दी दरभाउपत्र पाइने स्थान: एभरेष्ट क्लब दैलेख, नारायण नगरपालिका १, दैलेख

अथवा, शिलबन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क:

https://notice.helvetasnepal.org

https://everestclubnepal.org.np/tender-procuremnt-method

दरभाउपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ०८९-४२०२५७/४२०२४७ वा ९८४१२७८५८४ (संयोजक-संयुक्त खरिद समिति) नं. मा सम्पर्क गर्न सकिनेछ ।

२. दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान:

दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८२ पौष २२ गते (६ जनावरी २०२६), दिउसो १२.०० बजे भित्र

दरभाउपत्र बुझाउने स्थान: एभरेष्ट क्लब दैलेख- केन्द्रीय कार्यालय नारायण नगरपालिका १,दैलेखको कार्यालय

फोन नं. ०८९-४२०२५७/४२०२४७

म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।

३. दरभाउपत्र पेश गर्ने सप्लायरले संयुक्त खरिद समिति वा उपभोक्ता समितिले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउपत्रलाई मान्यता दिइने छैन ।

४. शिलबन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:

मिति: २०८२ पौष २२ गते (६ जनावरी २०२६), दिउसो १:०० बजे

स्थान: एभरेष्ट क्लब दैलेख - केन्द्रीय कार्यालय नारायण नगरपालिका १ ,दैलेखको कार्यालय

शिलबन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

५. सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भै उपभोक्ता समितिले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ ।

६. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।

७. दरभाउपत्र पेश गर्दा शिलबन्दी दरभाउपत्र साथ नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट ७५ दिन मान्य अवधि (दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी) भएको सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

जमानत जारी गर्नु पर्ने नाम (beneficiary name) : THATI KAFALMELA KHANEPANI TATHA SARSPHAI (BAHUUPAYOGI) U.S

जमानत रकम रु. : २,२०,०००.०० (दुई लाख बिस हजार रुपैया मात्र)

८. दर्ता भएका शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संयुक्त खरिद समिति, गुराँस, दैलेखमा सुरक्षित रहनेछ ।

लिङ्कhttps://drive.google.com/file/d/1iAaJ5UnF4JWJUorEgZX-P6SlfPNQ2kpC/view?usp=sharing

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 21 Dec, 2025
Apply Before 06 Jan, 2026
City Dailekh