शिलबन्दी दरभाउ पत्र सम्बन्धमा
Details / requirements:
जाल्पा एकिकृत विकास समाज
Jalpa Integrated Development Society
त्रियुगा नगरपालिका ११, उदयपुर
शिलबन्दी दरभाउ पत्र सम्बन्धमा ।
(प्रथम प्रकाशित मिति २०८२ । ११ । २६)
यस जाल्पा एकिकृत विकास समाज उदयपुर र वर्ल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित प्रायोजन सञ्चालन योजना (SOP) अन्तर्गतका अन्तर्गतका परियोजना लागू भएका गाउँपालिकाको लक्षित समुदायहरूका बालबालिका का लागि तपसिलमा उल्लेखित अनुसूची बमोजिमको सामग्रीहरू आवश्यकता परेको हुँदा, दरभाउपत्र इच्छुक फर्म / कम्पनी, सप्लायर्स वा सेवा प्रदायकहरूबाट उपलब्धताको लागि सूचना गरिएको छ ।
| सि.न. | सामाग्रिहरू | आवश्यक संख्या | विवरण | कैफियत |
| १ | 2 liner Copy | 34800 | Size: 190 × 250 mm (±3 mm); Inner: single-color printing; Cover page: multicolor printing with organization logos and messages; Inner pages: 70 GSM (±3 GSM) maplitho paper; Cover: 200 GSM (±3 GSM) artboard cover with lamination; Binding: double stitch at center; Number of pages: 100 pages including cover. | |
| २ | Cello Pen | 29000 | Standard ballpoint pen, black ink, 0.7 mm tip, smooth writing, durable plastic body with cap. |
आवश्यक सर्तहरू :
१. शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन प्रथम प्रकाशित मितिले ७ दिनको दिउँसो ५ बजेभित्र शिलबन्दी यस कार्यालयमा अथवा इमेल (पासवर्ड प्रोटेक्टेड) मार्फत पेश गरिसक्नु पर्नेछ । सो दिन सार्वजनिक विदा परे सो को भोलीपल्ट हुनेछ । म्याद नाघी आएको निवेदन दर्ता हुने छैन ।
२. शिलबन्दी पत्रमा उल्लेख भएको मूल्य मूल्यअभिवृद्धि कर समावेश भएको हुनुपर्नेछ । यदि अरु कुनै कर भएमा कैफियतमा उल्लेख गर्न सक्नेछ ।
३. छनौट भएका फर्मबाट बिल र वस्तु तथा सेवा प्राप्त गरेको ३० दिनभित्र Account Payee Cheque मार्फत सप्लायर्स वा फर्मको नाममा संस्थाले भुक्तानी गरिनेछ । यदि तपाईंको केही भुक्तानीमा शर्तहरू भए जानकारी गराउन सक्नुहुनेछ ।
४. शिलबन्दी कोटेशन खाममा शिलबन्दी अनिवार्य गरेको हुनुपर्ने र पेश गर्दा इच्छुक सप्लायर्स वा सेवा फर्मले स्पष्ट देखिने गरी नाम, ठेगाना, मोबाइल नम्बर सहित पेश गर्नु पर्ने छ, इमेलबाट प्राप्त दरभाउको हकमा यो लागु हुने छैन ।
५. छनौट भएका फर्म वा सप्लायर्सले सहमतिपत्र पश्चात कुनै कारणवश डेलिभरी टाइम मा सामग्रीहरू वा सेवाहरू उपलब्ध नभएमा २ प्रतिशत जरिवाना साप्ताहिक रूपमा लाग्नेछ र सो जरिवाना भुक्तानीको समयमा कट्टा गरी भुक्तानी गरिनेछ ।
६. शिलबन्दी कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थाको खरिद समितिमा निहित रहनेछ ।
७. इच्छुक तथा योग्य फर्म/कम्पनी, सप्लायर्स वा सेवा प्रदायकहरूले मिति २०८२ फाल्गुन २७ देखि २०८२ चैत ३ गतेसम्म दरभाउपत्र (Bidding) सम्बन्धी कागजात jalpa.procurement@jidsnepal.org.np इमेल मार्फत अनुरोध गरी प्राप्त गर्न सकिनेछ । उक्त डकुमेन्ट सहित /कम्पनी दर्ता प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र तथा पछिल्लो कर चुक्ता प्रमाणपत्रको स्क्यान प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
८. शर्तमा उल्लेखित सम्पूर्ण प्रक्रिया र आवश्यक कागजात पुरा नगरी पेश गरिएको शिलबन्दी पत्र स्वतः रद्द हुनेछ ।
९. यहाँ दिइएको दर एक वर्षको लागि मान्य हुनेछ ।
१०. शिलबन्दी दरभाउ पत्र तलको लिकंबाट प्राप्त गर्न सकिने छ ।
LINKS:
For Additional information regarding this invitation contract
Jalpa Integrated Development Society (JIDS), Udayapur
Tel: 035-422928 / 9762923910
Email: jalpa.procurement@jidsnepal.org.np
If the above Terms and Conditions are acceptable to you, please submit your competitive proposals
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 11 Mar, 2026 |
| Apply Before | 17 Mar, 2026 |
| City | Udayapur |