शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना
Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.
Details / requirements:
शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना ।
मितिः २०८३।०३।०४
दिगो विकास समाज भजनी–१, कैलाली कैलाली जिल्लमा क्रियाशिल गैर नाफामुलक समुदायमा आधाारित (सि.वि.ओ) संस्थाहरूको छाता संगठन हो । यो संस्था विगत १९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा दिगो जिविकोपार्जन, लैंगिक समाजिक समाबेशीकरण तथा बाल समृद्धिका क्षेत्रमा सहकार्य कार्य गर्दै आइरहेको छ । हाल वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को साझेदारीमा सञ्चालित बाल समृद्धि र एकिकृत विकासका लागि हातेमालो तथा पाईपर परियोजना २०२६ अन्तर्गत Alternative Business Support सामग्री सहयोग गर्ने क्रियाकलाप सञ्चालन गर्ने भएकाले तल उल्लेखित अनुसुची अनुसारका सामग्रीहरू आपूर्ति गर्न सम्झौता (Agreement) गरि गर्नु पर्ने भएकोले सूचना प्रकाशन भएको मिति देखि अन्तिम मिति २०८३।०३।०८ सम्म इच्छुक तथा योग्य फर्महरूबाट तपसिलमा उल्लेखित शर्तहरू पुरा गरि शिलबन्दी दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।
शिलबन्दी दरभाउ पत्र सम्बन्धि शर्तहरू:
१. शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
- आशय पत्र फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
- प्यान तथा भ्याट प्रमाण पत्र, व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
- फर्म सञ्चालन तथा बिक्री बितरणका लागि लाईसेन्स वा इजाजत आवश्यक पर्ने भएमा सो प्रमाण पत्रको नविकरण प्रतिलिपि ।
- करचुक्ता प्रमाण पत्र (२०८१।२०८२) को प्रतिलिपि ।
- फोटो वारेन्टी सहितको Catalog जानकारी (बिद्युतीय उपकरण, गाडी तथा मेसिनको हकमा मात्र) ।
- आशयपत्र तथा Suppliers Code of Conduct तथा काटेशनमा भएको स्पेसिफिकेशन बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
- कालो सुचीमा नपरेको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर गरेको ।
छनौटका आधारहरू:
२. किफायत दररेट, बस्तु तथा सेवाको गुणस्तर, सामग्रीको उपलब्धता, ढुवानी सुविधा, कम्पनी तथा फर्म दर्ता तथा नविकरण प्रलेखहरू, बिद्युतीय उपकरण तथा मेसिनको हकमा वारेन्टी, सोको Catalog फोटो जानकारी, संस्थाले उपलब्ध गराएको प्रत्येक फारम पूर्ण र स्पष्ट रुपले अनिवार्य भरेको ।
३. अनुसुची १ मा उल्लेखित विवरण अनुसार वस्तु वा सामाग्रीको खरिद बिक्री गर्न अधिकार प्राप्त फर्म वा कम्पनीले कोटेशन पेश गर्न सक्नेछन् ।
४. कोटेशनसँगै आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेलद्वारा पठाउदा PDF बनाई पासवर्ड राखी पठाउनु पर्नेछ ।
५. सामाग्रीको गुण, विशेषता र प्रति एकाई मुल्य, सामग्री आपूर्ति हुन लाग्ने समय आदि अनिवार्य रुपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।
Form and formats:
#4. RFQ Form Annex 1 Agri Hardware
६. शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगाना
मितिः २०८३।०३।०८ गते सम्म दिगो विकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल pc_committee@dbskailali.org मा PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र पेश गरिसक्नु पर्ने छ ।
७. शिलबन्दी कोटेशन पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागि
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं. ०९१– ५८०२१४, ९८०४६४९५०३
Overview
| Category | Development Project |
| Position Type | Contract |
| Posted Date | 18 Jun, 2026 |
| Apply Before | 22 Jun, 2026 |
| City | Kailali |