शिलबन्दी दरभाउ पेश गर्ने बारेको सूचना
Details / requirements:
सामाजिक बिकास र अनुसन्धान केन्द्र (SDRC), धनुषा
शिलबन्दी दरभाउ पेश गर्ने बारेको सूचना
प्रथम पटक प्रकाशित
मितिः २०८३/०७/०९
सामाजिक बिकास र अनुसन्धान केन्द्र (SDRC) प्रदेश र केन्द्र स्तरमा एउटा अग्रिनी गैर सरकारी र गैर नाफामुलक संस्था हो जुन नेपालको १० वटा जिल्लामा विभिन्न दातृ निकायहरूको सहकार्य र सहयोगमा विभिन्न परियोजना मार्फत आफ्ना कार्यक्रम स्थापना काल देखि नै बिगत ३१ बर्ष देखि अनवरत रुपमा सञ्चालन गर्दै आईरहेको छ । हाल प्लान इन्टरनेशनल नेपालको साझेदारमा सञ्चालित सशक्त बालिका परियोजना कार्यक्रम अन्तर्गत तपसिलका उल्लेखित सामानहरू Dignity Kit र Hygiene Kit खरिदका लागि टेण्डर प्रक्रिया मार्फत सामाग्री खरिद गर्नुपर्ने भएकाले इच्छुक इजाजत प्राप्त दर्तावाला सप्लायर्स/फर्महरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिन (मिति २०८३ कार्तिक १५ गते) भित्र सामाजिक बिकास र अनुसन्धान केन्द्र, मिल्स एरिया १ जनकपुरधामको कार्यालयमा तपशिलमा उल्लेखित शर्तहरूको अधिनमा रही कार्यालय समयमा शिलबन्दी कोटेशनमार्फत दर भाउ पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
| S.N. | Items | Unit | Qty |
| 1 | Dignity Kit | Sets | 100 |
| 2 | Hygiene Kit | Sets | 100 |
१) शिलबन्दी टेण्डरको सक्कल फारम संस्थाको कार्यालय जनकपुरधाम, मिल्स एरिया १, धनुषा बाट मिती २०८३ साल कार्तिक ०९ गतेवाट कार्यालय समय भित्रमा सप्लायर्सको दर्ता प्रमाण पत्र, आ.व. २०८२/२०८३ को कर चुक्ता प्रमाण पत्र र भ्याट दर्ता प्रमाण पत्र प्रतिलिपीका साथ निवेदन दिई प्रत्यक्ष उपस्थिति भई वा अनलाईन मार्फत तपसिल Drive Link बाट डाउनलोड समेत गर्न सकिने छ । https://drive.google.com/drive/folders/1qTB3UlpUzTf_28AZSCDvw-O48DqZ6OHj?usp=drive_link
२) शिलबन्दी दरभाउ पेश गर्दा फर्म वा सप्लायर्सको दर्ता प्रमाण पत्र, आ.व. २०८२/२०८३ को कर चुक्ता प्रमाण पत्र भ्याट दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपीका टेण्डरको सक्कल फारम, बैंक भौचर तथा बैंक ग्यारेन्टी, एक एक प्रति नमुना तथा फर्मको निवेदन सहित शिलबन्दी गरी मिति २०८३ साल कार्तिक १५ गते ५:०० बजे भित्र पेश गर्नुपर्नेछ ।
३) संस्थाले माग गरेको सामाग्रीहरू संस्थाको कार्यालयसम्म ढुवानी र लोड अनलोडक सम्मको कार्य फर्म वा सप्लायर्स स्वयंले गर्नुपर्नेछ ।
४) शिलबन्दी दरभाउ पेश गर्दा सम्बन्धित फर्म वा सप्लायर्सले संस्थाको आर्थिक तथा प्रशासनिक नियमावलीमा उल्लेख भए बमोजिम उल्लेखित रकमको २.५% विड रकमको वैक ग्यारेन्टी वा यस संस्थाको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता.नं. १२२०१००००४३०४००१ मा जम्मा गरी सो को सक्कल भौचर टेण्डरसँगै पेश गर्नुपर्नेछ र छनौट नभएको फर्मको विड रकम फिर्ताका लागि निवेदनका आधारमा AC Payee चेक मार्फत फिर्ता गरिनेछ भने छनौटमा परेको फर्मको विड रकम फर्मसँगको सम्झौता अनुसार कार्य सम्पन्न भए पश्चात मात्र भुक्तानी गरिनेछ अन्यथा विड रकम जफत गरिनेछ ।
५) फारम भर्दा केरमेट गरेको स्थानमा हस्ताक्षर गरेको हुनुपर्नेछ भने विड रकम र अक्षर दुवै स्पष्ट हुनुपर्नेछ अन्यथा सो फारम पेश गर्ने फर्म स्वतः रद्ध हुनेछ ।
६) प्राप्त बोलपत्र स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ भने फर्मको मुल्याङ्कन गर्दा फर्म वा सप्लायर्सले संस्थामा पेश गरेको नमुना र आवश्यक परेको खण्डमा सामाग्री उपलब्ध गराउन सक्ने सामथ्र्यलाई समेत आधार मानिनेछ साथै उल्लेखि शर्तहरू पालना नगरेका वा रित नपुगी आएका फर्म वा सप्लायर्सहरू माथि कुनै कारवाही गरिने छैन ।
७) दर्ता भएका शिलबन्दी टेण्डर फारमहरू फर्म वा सप्लायर्सको प्रतिनिधिहरूको रोहवरमा संस्थाको शाखा कार्यालय जनकपुरधाम, मिल्स एरिया १ धनुषामा टेण्डर बुझाउने अन्तिम दिनको भोलिपल्ट मिति २०८३ कार्तिक १६ गते दिनको २:०० बजे खोलिनेछ भने सप्लायर्सको प्रतिनिधि अनुपस्थिती वा ढिलो उपस्थिती भएमा पनि प्रकृया अगाडी बढाइने छ ।
८) सस्थाको बालबालिका तथा युवा व्यक्तिहरूको संरक्षण, सूचना सुरक्षण निति तथा सस्थाको अन्य निति तथा नियमहरू पुर्ण रुपले पालना गर्नुपर्नेछ अन्यथा खरिद प्रक्रियामा सामेल गराइनेछैन ।
९) टेण्डर खोल्ने दिन Dignity Kit र Hygiene Kit को एक सेट नमुना अनिवार्य लिएर आउनुपर्ने छ ।
१०) कुनै एक व्यक्ति वा सप्लायर्सको नाममा १ वटा भन्दा बढि दरभाउ पेश गर्न पाईनेछैन ।
पुनश्चः दरभाउ पत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा विदाको भोलिपल्ट पनि दरभाउ पत्र पेश गर्न सकिनेछ ।
सम्पर्कको लागि
सामाजिक बिकास र अनुसन्धान केन्द्र (SDRC), जनकपुरधाम
सम्पर्क नं. ०४१–५९०३७६, ९८०१६६९८९७
ईमेल: sdrcjanakpur@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 26 Oct, 2026 |
| Apply Before | 01 Nov, 2026 |
| City | Janakpur |