शिलबन्दी प्रस्तावना आह्वानका लागि सूचना
Details / requirements:
शिलबन्दी प्रस्तावना आह्वानका लागि सूचना
पहिलो पटक प्रकाशित गरिएको मिति २०८३/०२/०७
रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।
रिलिफ नेपाल सिन्धुली र World Vision International Nepal को संयुक्त साझेदारीमा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गतGender Equality, Disability and Social Inclusion (GEDSI) Analysis का लागि परामर्श सेवा लिनु परेको हुनाले रिलिफ नेपालले योग्य सम्भावित परामर्शका लागि सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला परामर्श फर्म,कम्पनि,सेवाप्रदायक व्यक्ति एवं संस्थाहरुवाट यस कार्यालयमा कोटेशनको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ साल ज्येष्ठ ११ गते तदनुसार २५ मे २०२६ भित्र कार्यालय समयमा पेश गर्न आव्हान गर्दछौ । रिलिफ नेपालले प्रस्तावनामा पेश भएको दररेट अनुसार छनोट हुन सफल परामर्शकर्ता संग दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक बर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशन उल्लेख भएको परिणाम सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढी सेवा लिन सकिन्छ ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१.प्रस्तावना पत्र
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ९नविकरण भएको० वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं।,
४. CV, Reference पत्र र अनुभव सम्बन्धी कागजातहरू ।
५ . आर्थिक तथा प्राविधिक प्रस्तावाना, Code of conduct & ToR तर Financial Proposal संस्थाले उपलब्ध गराएको Format मा Email मा जिप फोल्डर गरेर बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ ।
६. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
७. कम्पनी तथा फर्मको प्रोफाइल
८. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र
९. यो सूचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
१०. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
११. यस सिलबन्दी प्रस्त्वाना सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
नोट: आवश्यक पर्ने फारम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
Overview
| Category | Expression of Interests, Tender Notice, Bid, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 21 May, 2026 |
| Apply Before | 25 May, 2026 |
| City | Kathmandu |