शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना
Details / requirements:
शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना
दोस्रो पटक सूचना प्रकाशित भएको मिति: २०८३/०८/०३ गते
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रद्वारा (RRPK) रौतहट जिल्लामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित Sikai+ परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि Motorized Tricycle खरिद गर्नुपर्ने भएकाले उक्त सामान उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी तथा परामर्शदाताले देहाय बमोजिमका शर्तहरूका अधीनमा रही रीतपूर्वकको सिलबन्दी कोटेशन दोस्रो पटक मितिले ५ दिनभित्र कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१. कोटेशन फारम दोस्रो पटक सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र वा (२३ नोभेम्बर २०२६) सम्म कार्यालय समयभित्र यस संस्थाको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजातसहित सिलबन्दी गरी दर्ता गराई सक्नुपर्नेछ वा यस संस्थाको इमेल procurement.sikai@rrpk.org.np मार्फत पठाउँदा Folder मा Lock गरेर पठाउन सकिनेछ । सो दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको १२:०० बजेसम्म दर्ता गराई सक्नुपर्नेछ। सो समयावधि पश्चात् प्राप्त सिलबन्दी बोलपत्र स्वतः बदर ठहरिनेछ ।
२. प्राप्त भएका कोटेशन खरिद समितिको उपस्थितिमा तथा इजाजत प्राप्त फर्म/कम्पनी, परामर्शदाता वा प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । तर इजाजत प्राप्त फर्म/कम्पनीका प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
३. सिलबन्दी बोलपत्रका साथ देहाय बमोजिमका कागजातहरू पेश गर्नुपर्नेछ ।
(क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण-पत्रको प्रतिलिपि ।
(ख) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण-पत्रको प्रतिलिपि ।
(ग) आ.व. २०८१ /८२ को कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपि ।
(घ) कोटेशन, सप्लायर्स दर्ता फाराम, बाल सुरक्षा नीति तथा अन्य कागजातहरू (कोटेशनसँगै फारमहरू उपलब्ध गराइनेछ) ।
४. कोटेशन फाराम बुझाउँदा सिल गरी खामको बाहिर संस्थाले प्रदान गर्ने सेवाको नाम तथा संस्थाको नाम तथा मिति स्पष्टसँग उल्लेख गर्नुपर्नेछ ।
५. यस सिलबन्दी कोटेशन सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
Link:
जानकारी तथा कोटेशनका लागि सम्पर्क ठेगाना:
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)
चन्द्रपुर, रौतहट
फोन : ०५५-५९०४४०/९८०२८८६४४०
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 19 Nov, 2026 |
| Apply Before | 23 Nov, 2026 |
| City | Rautahat |