शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८३/०४/२५ गते

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK), रौटहट, जिल्लामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित Sikai+ परियोजना अन्तर्गत आपाङता भएका बालबालिकाहरूका लागि विभिन्न किसिमका अतिरित क्रियाकलाप सम्बन्धि समावेशी खेल सामाग्रीहरू आवश्यक भएकोले आपूर्ती गर्नका लागि इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रहि रितपूर्वकको सिलबन्दी कोटेशन प्रथम पटक मितीले  दिन भित्र कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

wXT86QZx3XZAAAAAElFTkSuQmCC

१. इच्छुक बोलपत्रदाताहरूले २०८३ श्रावण ३१ गते सम्म कार्यालय समय भित्र कोटेशन फारम प्राप्त गर्न वा  बुझाउन सकिनेछ । संस्थामा सम्पर्क गरेर वा इमेल अनुरोध पठाउँदा भ्याट वा प्यान प्रमाणपत्रको प्रतिलिपी, व्यवसाय दर्ता वा इजाजतको पत्रको प्रतिलिपी, पछिल्लो कर चुक्ता प्रमाणपत्रको स्कयान प्रतिलिपी संलग्न गरी इमेल : procurement.sikai@rrpk.org.np वा तल दिएको Link बाट उपलब्ध गर्न सकिन्छ ।

२. कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले  दिन भित्र वा २०८३//३१ गते कार्यालय समय भित्र यस सस्थांको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजात सहित शिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ । सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको १२:०० बजे भित्र दर्ता गराई सक्नु पर्नेछ । सो समयावधी पश्चात् प्राप्त शिलबन्दी बोलपत्र स्वतः बदर ठहरिने छ ।

३. प्राप्त भएका कोटेशनहरू खरिद व्यवस्थापन समिति, उपस्थित फर्म/कम्पनी र अन्य प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । तर कम्पनीको प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

४. शिलबन्दी बोलपत्रका साथ देहाय बमोजिमको कागजातहरू पेश गर्नुपर्नेछ ।

(क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि

(ख) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।

(ग) आ.व.२०८१र८२ कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि । 

(घ) कोटेशन, सप्लायर्स दर्ता फारम, बाल सुरक्षा निती तथा अन्य कागजातहरू (कोटेशन संगै फरमेट उपलब्ध गराईनेछ)।

(ङ) कम्तीमा ७० प्रतिशत सामानको नमुना उपलब्ध गराउनु पर्नेछ ।

५. कोटेशन फाराम बुझाउँदा शिल गरी खामको बाहिर सस्थांले “प्रदान गर्ने सेवाको नाम तथा  संस्थाको नाम”  तथा मिति स्पष्टसंग उल्लेख गर्नुपर्ने छ ।

६. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ/संस्थाहरूमा सेवा प्रदान गर्दै आईरहेको तथा बाल सुरक्षा नीति अवलम्वन गरेकालाई विशेष ग्राहयता दिइनेछ ।

७. यस शिलबन्दी कोटेशन सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

८. यस शिलबन्दी कोटेशन सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थामा सम्पर्क राख्न सकिनेछ वा संस्थाको ईमेल procurement.sikai@rrpk.org.np मार्फत माग गर्न सकिन्छ । 

Link :

RFQ

Code of conduct

बिस्तृत जानकारी तथा कोटेशनका लागि सम्पर्क ठेगाना :

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

चपुर, रौटहट

फोन : ०४६ ५२१४८७ ,९८०२८८६४४०

ईमेल : procurement.sikai@rrpk.org.np