शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा
Details / requirements:
(प्रथम पटक प्रकाशित मिति २०८३ भदौ २६ तद्अनुसार (११ सेप्टेम्बर २०२६)
विषय : शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिती २०८३।०५।२६ गते खरिद समितिको निर्णय अनुसार Save the Children को आर्थिक सहयोग र यस संस्थाको सहजिकरणमा संचालन भईरहेको Action aMNH कार्यक्रम अन्तर्गत माग भई आएको तपशिल बमोजिम सामाग्रिहरू आपुर्ति गर्न ईच्छुक अधिकृत बिक्रेता, आपुर्तिकर्ता तथा वितरकहरू वाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरूको अधिनमा रहि दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
दरभाउ पत्र सम्बन्धि शर्तहरू :
१. दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आबश्यक कागजातहरू :
- आ.ब.०८१/०८२ को करचुक्ता प्रतिलिपी
- प्यान/भ्याट दर्ता प्रमाण–पत्रको प्रतिलिपी
- घरेलु/वाणिज्य दर्ता प्रमाण–पत्रको प्रतिलिपी
२. ढुवानी/आपुर्तिका शर्तहरू :
- सम्पुर्ण सामाग्रीहरू कबुल गरिएको समयअबधि भित्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
- दरभाउ पत्र फाराम संस्थाको कार्यालयमा सिधै , सूचना प्रकाशित लिंकमा वा ईमेल मार्फत उपलब्ध गराईने छ ।
- दरभाउ पत्र सिधै पेश गर्दा शिलबन्दि भएको हुनुपर्ने र ईमेल मार्फत पठाउँदा सो दरभाउ पत्र (RFQ) पि.डि.एफ.) फाईल बनाई पासवर्ड लक गरेर पठाउनुपर्नेछ ।
- तोकिएको समय,म्याद नाघि वा रित नपुगेका दरभाउ पत्र मान्य हुनेछैन र दरभाउ स्वतः रद्ध गरिनेछ ।
- दरभाउ पत्रमा केरमेट भएको खण्डमा फर्म प्रतिनिधिको हस्ताक्षर र छाप गरेको हुनुपर्नेछ ।
- दरभाउ पत्रमा उल्लेख गरिएका सम्पुर्ण सामाग्रिहरूको दररेट पेश गर्नुपर्नेछ । यदि कुनै सामग्रिको दररेट उल्लेख नगरेमा त्यस्ता दरभाउ पत्र रद्ध गरिने छ ।
- सामाग्री उपलब्ध गराउदा दिईएको स्पेशिफिकेशन अनुसारको गुणस्तर नभएमा सामाग्रि बुझ्न संस्था बाध्य हुने छैन र स्पेशिफिकेशन अनुरुपको सामाग्रि पुनः उपलब्ध गराउनु पर्नेछ । साथै सो वापत लाग्ने ढुवानी वा अन्य खर्च सप्लायर्स स्वयंमले ब्यहोर्नेपर्नेछ ।
- बाल संरक्षण नितिको पुर्ण रूपमा पालना गर्नुपर्नेछ ।
तपशिल :
१) USG Machine: 1 Set
Specifications: https://drive.google.com/uc?export=download&id=1zdaXcBl59H5_4A2gXIaR-xfAqPGbPvrG
छनौट मापदण्ड:
| Sub Criteria | Criteria | % Weight | Remarks |
| Essential | Firm Registration, VAT registration, Tax Clearance 081/082 | PASS/FAIL | Supplier accepts HRDC terms and conditions and mandatory policies |
| Sub-Criteria | Weight | Capability Criteria (Break down of each weightage/scoring criteria) | % Weight |
| Commercial Criteria Evaluation | 60% | Submit the lowest price | 60% |
| CAPABILITY CRITERIA EVALUATION | 40% | Quality: 35%, Lead time: 5% | 40% |
| Total | 100% | Total | 100% |
लिंक
३.भुक्तानी :
- संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रिहरू उल्लेखित शर्तहरू पालना गरि पुर्ण रूपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
४.दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगाना :
- दरभाउ पत्र पठाउनुपर्ने इमेल : hrdcprocument@gmail.com
- दरभाउ पत्र पेश गुनपर्ने अन्तिम मिति र समय : २०८३ असोज ०१ गते तद्नुसार ( १७ सेप्टेम्बर २०२६) सम्म ।
- दरभाउ प्राप्त दरभाउ पत्र २०८३ असोज ०२ गते तद्अनुसार ( १८ सेप्टेम्बर २०२६ ) गते खोलिने छ र दरभाउ पत्र खोल्दा सम्बन्धित सप्लायर्स वा प्रतिनिधि उपस्थित नभएको खण्डमा दरभाउ पत्र खोल्न संस्थालाई कुनै वाधा हुनेछैन ।
५. दरभाउ पत्र पुर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्ध गर्ने अधिकार पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटमा निहित हुनेछ ।
६. यस वाहेक थप जानकारी आबश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बर वा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ ।
सम्पर्क :
पहाडी क्षेत्र विकास अभियान,(HRDC)जाजरकोट, भेरी नगरपालिका ४,गैरीखाली ,कर्णाली प्रदेश
फोन नं.: ०८९४३००८९
खरिद समिति
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 11 Sep, 2026 |
| Apply Before | 17 Sep, 2026 |
| City | Jajarkot |