शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना ।

Digo Bikash Samaj

Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना ।

मिति २०८२।०५।०२

दिगो विकास समाज भजनी१, कैलाली समुदायमा आधाारित (सि.वि.ओ) संस्थाहरूको छाता संगठन हो । यो संस्था विगत १९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । हाल संस्थाले वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना सञ्चालन भईरहेको छ र उक्त परियोजना अन्तर्गत बाढी तथा डुबानको बखतमा बचाउ तथा सुरक्षा गर्न सकियोस् भन्ने हेतुले स्थानीय विपत व्यस्थापन समितिहरूलाई २ थान रबर बोट (डुंगा) Inflatable Boat खरिद आपुर्ति गर्नु पर्ने भएकाले योग्य तथा इच्छुक फर्महरूबाट निम्न विवरणहरू सहित सिलबन्दी कोटेशन (Financial Proposal) उल्लेख गरिएको मिति भित्र यस कार्यालयमा आईपुग्ने गरी उपलब्ध गराई सहयोग गरि दिन हुन अनुरोध गरिन्छ । पेश भएका कोटेशन पत्र मध्ये तपसिल अनुसार मापदण्ड (Criteria) पुगेका फर्मलाई छनौट गरिने जानकारी गराउँदै यसै पत्र साथ अनुसुचीहरू संलग्न राखिएको अवगत गरिन्छ ।

तपशिल:

Inflatable Boat with attachment (Accessories)-2025

कोटेशन पेश गर्दा समावेश गरिनुपर्ने कागजातहरूः

  • फर्मको दर्ता प्रमाणपत्र (Firm Registration Certificate)
  • संस्था/फर्मको नवीकरण प्रमाणपत्र (Renewal Certificate)
  • स्थायी लेखा नम्बर (PANT/VAT प्रमाणपत्र)
  • करचुक्ताको प्रमाण पत्र (२०८०।२०८१) को प्रतिलिपि
  • सम्बन्धित निकायहरूमा दर्ता प्रमाण (अन्य निकायहरूमा भएको भए)

आपुर्तिकर्ता छनौटका मापदण्डहरू (Criterias):

  • बस्तुको गुणस्तर, विशेषता वा विशिष्टिकरण अनुसारको लागत मूल्य ।
  • बस्तु उपलब्ध हुने समयावधी, अन्य सुविधा, फर्म दर्ता तथा नविकरण प्रलेखहरू
  • प्रति एकाई लागत मुल्य र कोटेशनसँगै संलग्न अनुसुचीहरूमा विबरण भरी अनिबार्य हस्ताक्षर र छाप लगाई शिलबन्दी पेश गरेको ।

शिलबन्दी कोटेशनको सर्तहरू:

  • कोटेशन पत्रमा बस्तुको लागत/मूल्य अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ, अन्यथा कोटेशन पत्र रद्द हुनेछ ।
  • मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
  • कोटेशन पत्रमा प्रष्ट रुपमा बुझिने गरि महत्वपुर्ण सुचना तथा जानकारीहरू, आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको अनिवार्य छाप भएको हुनुपर्नेछ ।
  • आशय पत्रको फारम भरेर हस्ताक्षर र छाप लगाई अनिवार्य बुझाउनु पर्ने छ ।
  • Suppliers Code of Conduct पढेर बुझेर हरेक पेजमा हस्ताक्षर छाप लगाई अनिवार्य बुझाउनु पर्ने छ ।
  • स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर लगाई अनिवार्य बुझाउनु पर्ने छ ।
  • संस्थाले भुक्तानी गर्दा बस्तु प्राप्त भएको ५ दिन देखि १० दिन भित्रमा सम्बन्धित खातामा मात्र भुक्तानि गर्ने छ ।
  • नेपाल सरकारको नियमअनुसार लाग्ने अग्रिम कर कट्टी गरिनेछ ।
  • शिलबन्दी कोटेशन पुर्ण वा आंशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

शिलबन्दी कोटेशन पत्र पठाउने अन्तिम मिति र ठेगाना:

मिति २०८२/०५/०२ गते देखि २०८२/०५/०९ गते कार्यालय समय साँझ ५ बजे भित्र दिगो बिकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com मा PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । साथै इमेलबाट पेश गर्ने आवेदकले सोहि समय भित्र पेश गरिसक्नु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको ५ बजे भित्र पेश गरिसक्नुपर्ने छ ।

Link: Sourcing Inflatable Boat-2025

थप जानकारीका लागि

खरिद समिति

दिगो विकास समाज, भजनी १ कैलाली

फोन नं. ०९१ ५८०२१४/९८०४६४९५०३