शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
Details / requirements:
रिलिफ नेपाल, सिन्धुली
शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०४/२७
RFQ No.- Relief Nepal/WVIN/RFQ/2025/029
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा रिलिफ नेपाल, सिन्धुलीद्वारा सञ्चालित Protection Child Engagement and Sponsorship Project P-CESP परियोजना अन्तर्गत Community GN कार्यक्रम द्वारा समुदायको आवश्यक्ता पहिचान गरि स्थानिय तह तथा सरोकारवालाहरूसँगको समन्वयमा सामुदाय स्तरमा विभिन्न संरचना निर्माणको कार्य गर्नुपर्ने भएकोले तपसिलको वस्तु तथा सेवाहरू खरिद गर्न सम्बन्धित ईच्छुक आपुर्तिकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८०/८१ को म्याद यप वा २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ । समय भित्र पेश नभएको कोटेशन मान्य हुने छैन ।
२. ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले माथि उल्लेखित वस्तु वा सशेवाहरू मध्य कुनै एक वा सबै वस्तु आपूर्तीको लागि कोटेशन पेश गर्न सक्नेछन् ।
३. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरि कोटेशन पेश गर्ने संस्थाको नाम, ठेगाना, फोन नं. खामको बाहिर स्पष्ट उल्लेख गरि संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८२/०५/०२ गते दिउँसो ४ बजे भित्र बुझाउनु पर्नेछ ।
४. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
५. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
६. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।
७. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरू माग गर्नका लागि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको खरिद शाखामा सम्पर्क गरी माग गर्न सकिन्छ वा संस्थाको Email ID: scm@reliefnepal.org.np बाट पनि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराइ कोटेशन माग गर्न सकिन्छ । कोटेशन माग गर्दा कुन वस्तु, समाग्री वा सेवाको लागि माग गरिएको हो त्यो विवरण खुल्लाउनु पर्न हुन्छ ।
८. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरूसँग संसथाले १ बर्षको लागि खरिद गर्नक सम्झौता गरिने छ र सम्झौता भएको सम्बन्धित आपूर्तिकर्ताहरूसँग समाग्री चाहिएको बेला खरिद आदेश दिई आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।
कोटेशन बुझाउने तथा सम्पर्क गर्ने ठेगानाः
कार्यालयको सम्पर्क ठेगाना |
Relief Nepal, Kamalamai Municipality-6, Sindhuli Phone: 047-520915 Email: scm@reliefnepal.org.np |
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 14 Aug, 2025 |
Apply Before | 20 Aug, 2025 |
City | Sindhuli |