शिलबन्दी बोलपत्र आह्वानको सूचना
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
ग्रामीण विकास केन्द्र नेपाल, रौतहट
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०१/२७ गते
RDC नेपाल, रौतहट वि.सं. २०५९ मा विधिवत दर्ता भएको एक गैर-सरकारी तथा गैर-मुनाफा संस्था हो। गरिबीमुक्त, आर्थिक र सामाजिक रूपमा सशक्त, मौलिक अधिकार तथा मर्यादाप्रति सचेत समुदायको परिकल्पना गर्दै, यस संस्थाले मधेश प्रदेशका विपन्न, समस्यामा र जोखिममा परेका जनता, विशेषगरी सीमान्तकृत समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको जीवनस्तर दिगो बनाउन सहयोग पुर्याउँदै आएको छ ।
परियोजना: Islamic Relief Canada को आर्थिक सहयोग तथा ईस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोगमा ग्रामीण बिकास केन्द्र नेपालको सहजीकरणमा सञ्चालित "लैंगिक हिँसा न्यूनीकरण-GARVA" परियोजना अन्तर्गत रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेको छ ।
बोलपत्र आह्वानको उद्देश्य: उक्त परियोजनाका लागि प्रस्ताव गरिएको ८२ ओटा चापाकल जडान र २१ ओटा स्नान घर (Bathing Cubicle ) निर्माण गर्नु पर्ने भएकोले इजाजत प्राप्त इच्छुक निर्माण सेवाहरुबाट रितपूर्वक शिलवन्दी बोलपत्र पेश गर्न आह्वान गरिन्छ ।
कोटेसन सम्बन्धी जानकारी (Quotation Information)
| विवरण | जानकारी |
| प्रयोजन | रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकाको बिभिन्न वार्डहरुको खानेपानीको लागि चापाकल जडान र स्नान घर ( Bathing Cubicle) को निर्माण |
| बोलपत्र नम्बर | RDCN-TN-17-081/82 |
| चापाकल र स्नान घरको संख्या | ८२ चपाकल र २१ स्नान घर |
| परियोजना स्थान | रौतहट जिल्लाको राजपुर वार्ड नम्बर १,२,३,४,५,६,७,८ र ९ र चन्द्रपुर नगरपालिका वार्ड नम्बर ७,८,९ |
| बोलपत्र पेश गर्ने अन्तिम मिति | मिति २०८३/०२/०७ गते दिउसो ०४:०० बजेभित्र |
| प्रि बिड मिटिंग | २०८३ /०१/३० गते दिनको १ बजे देखि |
| बोलपत्र खोल्ने मिति र समय | प्राबिधिक प्रस्तावना- मिति २०८३/०२/०८ गते दिउसो ०२:०० बजे आर्थिक प्रस्तावना- मिति २०८३/०२ /०८ गते बिहान ०४:०० बजे देखि (मिति हेरफेर भए आपूर्तिकर्ताहरुलाई सोहि बमोजिम खबर गरिनेछ l |
बोलपत्र पेश गर्ने प्रक्रिया र शर्तहरुः
१. फारम प्राप्ति र आवश्यक कागजात: इच्छुक तथा योग्य निर्माण कम्पनिले संस्थाको कार्यालयबाट अथवा तल उल्लेखित ईमेल मार्फत आवस्यक कागजात मांग गर्न सक्नुहुनेछ ।
२. बोलपत्र पेश गर्ने विधि:
क) बोलपत्र फारम रितपूर्वक भरी, प्रत्येक पानामा आपूर्तिकर्ताको आधिकारिक हस्ताक्षर र फर्मको छाप अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ ।
ख) आर्थिक र प्राबिधिक बोलपत्रलाई छुट्टाछुट्टै खाममा राखेर लाहा छाप (Wax Seal) सहित शिलबन्दी गरी खाम बाहिर आर्थिक प्रस्तावना वा प्राबिधिक प्रस्तावना के हो सो विवरण लेखि, दुवै खामलाई एउटा तेस्रो ठूलो खाममा लाहा छाप लगाई शिलबन्दी गरी बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप स्पष्टसँग उल्लेख गरिएको हुनुपर्नेछ।
ग) बोलपत्र हार्डकपी मार्फत तल उल्लेखित संस्थाको गौर स्थित शाखा कार्यालयमा बुझाउनु पर्नेछ । विद्युतीय माध्यम (Online/Email) मार्फत बोलपत्र पेश गर्नु परेमा छुटा छुटै पासवर्डले लक गरेको प्राबिधिक र वित्तीय प्रस्तावना फाइल उल्लेखित इमेल मार्फत पेस गर्न सकिनेछ l अनलाईन मार्फत आएका बोलपत्र PDF भर्सनमा हुने पर्नेछ l बोलपत्र खोल्ने समय यस संस्थाका खरिद समितिले सम्बन्धित बोलपत्र दाता संग पासवर्ड मांगी सो फाईल खोल्नेछ l यसै सुचना र प्राबिधिक प्रस्तावनामा समेत उल्लेख भएको मिति र समयमा अनलाईन बोलपत्रदाताहरु सम्पर्कमा बस्नु पर्ने हुन्छ l निर्धारित समयमा बोलपत्रदाताले पासवर्ड उपलब्ध नगराएमा पनि बाकि बोलपत्रहरु खोल्न बाधा पर्ने छैन l निर्धारित समयमा पासवर्ड प्राप्त नभएको बोलपत्रहरु खारेज भएको मानिनेछ l
४. सार्वजनिक बिदा: बोलपत्र फारम प्राप्त गर्ने वा पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा, सोको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा बुझाउन/प्राप्त गर्न सकिनेछ ।
५. बोलपत्र खोल्ने प्रक्रिया: बोलपत्रहरू तोकिएको मिति र समयमा आपूर्तिकर्ता वा निजको आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा खोलिनेछ । तोकिएको मिति र समयमा बोलपत्रदाता अनुपस्थित भए तापनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तोकिएको समयमा बोलपत्र खोल्न नसकिए सो सम्बन्धमा आवेदकहरुलाई सुचना गरि नया मिति बारे जानकारी गराईन्छ l
६. अधिकार सुरक्षित र अनुपालन:
क) बोलपत्रहरूलाई प्राविधिक तथा आर्थिक मूल्यांकनको आधारमा स्वीकार वा अस्वीकार गर्ने वा कारण उल्लेख गरी वा नगरी यो सूचना नै रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थाको खरिद समितिमा सुरक्षित रहनेछ ।
ख) रितपूर्वक नभरिएको, आवश्यक कागजात संलग्न नभएको वा म्याद गुज्रिएर प्राप्त भएको बोलपत्र स्वतः रद्द मानिनेछ ।
ग) बोलपत्र तयारी तथा पेश गर्न लाग्ने सम्पूर्ण खर्च बोलपत्रदाता स्वयंले व्यहोर्नुपर्नेछ ।
घ) यस सूचनामा उल्लेख गरिएका शर्तहरूका अतिरिक्त अन्य आवश्यक प्रक्रियाहरू यस संस्थाको खरिद नियमावली तथा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
७. बैंक ग्यारेन्टी
क.) बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% BID Security बापत Bank Guarantee यस कार्यालयको नाममा जारि भएको पत्र पेश गर्नुपर्ने छ । Bank Guarantee का कागजात वित्तीय प्रस्तावना संग राख्नु पर्ने छ ।
ग्रामीण विकास केन्द्र नेपाल
मुख्य कार्यालयः चन्द्रपुर ०४, पैनी टोल, रौतहट
शाखा कार्यालयः गौर ०५, क्यामपस रोड, रौतहट
फोन.नं.०५५–५४०२०३, ५२०२४०, Email: procurement@rdcnepal.org
गुनासो तथा सुझाबको लागि सम्पर्क नम्बर:
आर डी सी नेपाल: १८१०५००००९६, complaint@rdcnepal.org
इस्लामिक रिलिफ नेपाल ९८०१५७२४००, complaints@irworldwide.org
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 10 May, 2026 |
| Apply Before | 21 May, 2026 |
| City | Rautahat |