शिलबन्दी बोलपत्र आह्वानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:

लुम्बिनी एकिकृत विकास संस्था

कपिलवस्तु

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रकाशित मिति २०८२/०१/१५

ईस्लामिक रिलिफ वर्ल्डवाईड को सहयोग तथा लुम्बिनी एकिकृत विकास संस्थाद्वारा यस कपिलवस्तु जिल्लामा संचालित पोषण आहार सहयोग कार्यक्रम (Nutritional Food Support Program) अन्तर्गत राँगा तथा खसी खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्ती कर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।

१. सम्बन्धित विषयको इजाजतप्राप्त पशुपालन तथा कृषि फार्महरूले व्यवसाय दर्ता प्रमाणपत्र (नविकरणसहित), पान/मु.अ.कर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। उक्त कागजातसहित यस संस्थाको कार्यालय, कपिलवस्तु नगरपालिका वडा नं. २, तौलिहवा, कपिलवस्तुमा सम्पर्क गरी बोलपत्र सम्बन्धी फाराम प्राप्त गर्न सकिनेछ। साथै, दिइएको लिंकबाट डाउनलोड गर्न सकिनेछ वा यस संस्थाको खरिद इमेल (lidoprocurementofficer@gmail.com) मा निवेदन पठाई आवश्यक कागजात संलग्न गरी बोलपत्र फाराम माग गर्न सकिनेछ ।

२. यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको कार्यालय कपिलवस्तु नगरपालिका वडा नं. २, कपिलवस्तुमा आपुर्तिकर्ताको स्वयं भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८३ बैशाख २४ गते (7 May 2026) बेलुकी ४ बजे भित्र बुझाउन सकिनेछ । अनलाईन मार्फत प्राप्त भएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । 

३. फर्म वा कम्पनीले सम्पूर्ण बैद्यानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नुपर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

४. बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८३ बैशाख २५ गते (8 May 2026) बिहान ११ बजे देखि सबै आपूर्तिकर्ताहरुको भौतिक उपस्थितीमा संस्थाको कार्यालय कपिलवस्तु नगरपालिका वडा नं. २, कपिलवस्तुमा खोलिने छ ।

५. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ ।

६. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस लुम्बिनी एकीकृत विकास संस्था कपिलवस्तुको खरिद समितिमा निहित रहने छ ।

७. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्द भएको मानिनेछ ।

८. कार्यक्रम संचचालन हुने स्थानमा पशु स्वास्थ्य प्राविधिकबाट खसी तथा राँगाको स्वास्थ्य अवस्थाको जाँच गरिनेछ ।

९. दरभाउ सम्बन्धि थप जानकारी प्रदान गर्नका लागि आपूर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पूर्व बैठक (Pre-Bid Meeting) मिती २०८३ बैशाख २१ गते (4 May 2026), दिउँसो २ बजे संस्थाको कार्यालय लुम्बिनी एकीकृत विकास संस्था, कपिलवस्तुमा संचालन गरिनेछ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ । मिती २०८३ बैशाख २१ गते (4 May 2026) दिउँसो १२ बजे सम्म दर्ता भएका फार्महरुलाई मात्र यस पुर्व बैठकमा समावेश र जानकारी गराईने छ ।

LINKS:

Financial Proposal_Qurbani

Technical Proposal_Qurbani

लुम्बिनी एकीकृत विकास संस्था

कपिलवस्तु नगरपालिका वडा नं. २

फोन नं.: ०७६५६११४५

मेल : lidokapilvastu@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 28 Apr, 2026
Apply Before 07 May, 2026
City Kapilvastu