शिलबन्दि बोलपत्र आह्वान सम्बन्धि सूचना

HURENDEC

Details / requirements:

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल

खाडाचक्र नगरपालिका–०१, कालीकोट

शिलबन्दि बोलपत्र आह्वान सम्बन्धि सूचना

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालीकोटले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित Girls Standing Strong (GSS) Project अन्तर्गत रास्कोट नगरपालिकामा रहेका Support to the materials in develop model classroom, Support to the materials in science lab, Support to the materials to reading corner लागि निम्न बमोजिमको आवश्यक सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले उल्लेखित वस्तु तथा सेवा आपूर्ती गर्न इजाजत प्राप्त अधिकृत विक्रेता, आपुर्तिकर्ता, कम्पनी तथा बितरकहरूबाट तपशिलमा उल्लेखित शर्तहरूको अधिनमा रही शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

प्रथम पटक प्रकाशन मितिः २०८२/०२/०७

बोलपत्र आह्वान सूचना नं.

S.N.Contract Identification No.DescriptionRemarks
१.०१/GSS/HuRENDEC/२०८१–०८२Support to the materials in develop model classroom
२.०२/GSS/HuRENDEC/२०८१–०८२Support to the materials in science lab
३.०३/GSS/HuRENDEC/२०८१–०८२Support to the materials to reading corner

शर्तहरू:

१. ईजाजत प्राप्त इच्छुक आपुर्तिकता वा, कम्पनी वा बितरक वा फर्मले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ औँ दिन (२०८२/०२/१३ गते अपरान्ह १:०० बजे) भित्र यस हुरेन्डेकको मुख्य कार्यालय मान्मा कालिकोटबाट बोलपत्र फारम प्राप्त गरि पेश गर्न सकिने छ वा यस संस्थाको इमेलः hurendec.procurement@gmail.com मार्फत अनुरोध गरी प्राप्त गर्न सकिनेछ । उक्त बोलपत्र फारम खरिदका लागि आपुर्तिकर्ता वा कम्पनी वा बितरक वा फर्मले दर्ता नविकरण सहितको प्रमाणपत्र, मु.अ.क.दर्ता प्रमाणपत्र, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्रको नोटरीद्वारा प्रमाणित प्रतिलिपीका साथै अधिकारनामा अनिवार्य रुपमा संलन गरी निवेदन दिनुपर्नेछ ।

२. प्राप्त भएका बोलपत्र फारम रीतपुर्वक भरी यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले सातौँ दिनको १:०० बजे भित्र यस कार्यालयलाई सम्बोधन गरी, विज्ञापन नं., बोलपत्रदाताको नाम, ठेगाना स्पष्ट खुलाई आपुर्तिकर्ता वा कम्पनी वा बितरक वा फर्म को छाप लगाई तथा शिलबन्दी लाहा छाप गरि यस हुरेन्डेक नेपाल कालिकोटको कार्यालयमा पेश गर्नुपर्ने छ अथवा इमेल ठेगाना hurendec.procurement@gmail.com मा पठाउनु पर्नेछ । दर्ता भएको शिलबन्दी बोलपत्रहरू २०८२/०२/१३ गते दिउँसो :०० (दुइ) बजे यस कार्यालयमा खोलिनेछ ।

३. सम्झौता अवधि सम्झौतामा तोकिएको अवधिभर लागु हुनेछ ।

४. बोलपत्र खरिद वा दर्ता गर्ने सप्लायर्स वा फर्महरूले सामानको सम्बन्धमा राम्रोसँग बुझी, हेरी तथा    निरीक्षण गरी बोलपत्र फारम भरेको मानिनेछ ।

५. बोलपत्र फारम खरिद वा दर्ता गर्ने वा खोल्ने अन्तिम दिन बिदा पर्न गएमा त्यस पछि लगत्तै कार्यालय खुलेको दिन सोहि समय सीमामा खरिद वा दर्ता गर्ने वा बोलपत्र खोलिने छ ।

६. म्याद नाघी आएको, रित नपुगेको र शर्त राखी पेश गरेको बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

७. बोलपत्र पुस्तिका, फारम, सूचना वा अन्य कागजातहरूमा कुनै त्रुटी भएको खण्डमा सो को संसोधन तथा परिमार्जनको अधिकार हुरेन्डेक–नेपाल,कालिकोटमा निहित हुनेछ । बोलपत्र फारम भर्दा दररेट स्पष्ट रूपमा अंक र अक्षरमा उल्लेख भएको हुनुपर्नेछ, उल्लिखित अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।

८. बोलपत्रदाताहरूले BOQ (विल मात्रा अनुसार) का आधारमा बस्तु/कार्य दर उल्लेख गर्नुपर्नेछ ।

९. बोलपत्रदाताहरूले कम्तिमा २० दिन अवधिको जम्मा कबोल रकमको २.५ प्रतिशत बराबरको बैंक ग्यारेन्टी (Bid Bond) शिलबन्दी बोलपत्र साथ पेश गर्नुपर्नेछ ।

१०. बजेटका कारण वा संस्थाको हितलाई ध्यानमा राखी कुनैपनि कारण जनाई वा नजनाई बोलपत्र स्विकृत गर्ने वा नगर्ने, वा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ । बोलपत्र स्विकृत भई सम्झौता भईसकेपछि मानव सिर्जित बन्द, हड्ताल तथा चक्काजाम जस्ता अवस्थाले कुनै किसिमको माफी मिनाहा दिईने छैन ।

११. संस्थाले बोलपत्रदाता वा निजको प्रतिनिधिहरूको उपस्थितीमा अथवा बिना उपस्थितिमा पनि बोलपत्र खोल्न पाउनेछ तर अन्तीम नतिजा संस्थाको सूचना पाटीमा टाँस गरी प्रकाशन गरिनेछ ।

१२. विस्तृत जानकारीको लागी बोलपत्र पुस्तिका (Bidding Document) अध्ययन गर्नु हुन वा केहि अस्पस्टता भएमा थप जानकारीका लागि यस कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

कार्यालय सम्पर्क:

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल

खाडाचक्र नगरपालिका–०१, कालीकोट

सम्पर्क नं.: ०८७–४४०१५२

ईमेल: hurendec.procurement@gmail.com

Overview

Category Development and Project, English and Exams
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 May, 2025
Apply Before 27 May, 2025
City Kalikot