शिलबन्दी बोलपत्र आह्वान

Shanti Nepal

Details / requirements:

शान्ति नेपाल

नीलकण्ठ, ०३ धादिङबेसि, धादिङ

बागमती प्रदेश, नेपाल

शिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशन मिति: २०८२/०५/०१

नीलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि स्थित शान्ति नेपाल मार्फत गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिका भित्र खानेपानी तथा सरसफाइ आयोजनाहरूको नयाँ निर्माण तथा मर्मत सम्भार गर्ने प्रयोजनका लागि निर्माण सामाग्रीहरू (हार्डवेयर, निर्माण सामाग्री, जि.आइ.पाइप, पोलिथिन कालो पाइप, फिटिङ, औजार र सुरक्षा सामाग्रीहरू साथै इलेक्ट्रोमेकानिकल सामाग्रीहरू) आपूर्तिका लागि बोलपत्र प्रकृयाबाट सम्भावित आपूर्तिकर्ता/कम्पनी सँग फ्रेमवर्क सम्झौता (संरचनागत वा एकाइ दर सम्झौता) मार्फत खरीद गर्ने योजना रहेकोले योग्य तथा इच्छुक सेवा प्रदायक/आपूर्तिकर्ताहरूलाई विधिवत रुपमा भरिएका बोलपत्र फारमहरू शान्ति नेपालको माथि उल्लेखित परियोजना कार्यालयमा तोकिएको समय सीमा भित्र बुझाउन यो सूचना प्रकाशित गरिन्छ ।

बोलपत्रको विवरण तल उल्लेख गरिएको छ:

क्र.स.सामग्री विवरणविवरणअनुमानित परिमाण

खानेपानी आयोजना निर्माण तथा मर्मत सम्भारका लागि हार्डवेयर, निर्माण सामाग्री, जि.आइ पाइप, पोलिथिन कालो पाइप, फिटिङ, औजार र सुरक्षा सामाग्रीहरू

SHANTINEPAL/HARDWARE MATERIALS, PIPE, FITTINGS &TOOLS/ITB/2025/01

बोलपत्र कागजात अनुसारबोलपत्र कागजात अनुसार

 नियम तथा शर्तहरू (अनिवार्य):

१) बोलपत्र फारमहरू शिलबन्दी खाममा शान्ति नेपालको परियोजना कार्यालय नीलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि, धादिङमा (तल उल्लेख गरिएको पूरा ठेगाना) मा तोकिएको समय सीमा भित्र बुझाउन सकिनेछ ।

२) बोलपत्र कागजात मिति वि.स. २०८२/०५/०१ देखि २०८२/०५/१५ सम्म सरकारी विदाका दिन बाहेक आइतबार देखि बिहिबारसम्म संस्थाको कार्यालय समय (विहान ९ बजे देखि सांझ ५ बजे) सम्म संकलन र पेश गर्न सकिनेछ । शुक्रबार र शनिबार भने धादिङ स्थित परियोजना कार्यालय बन्द रहनेछ ।

३) शिलबन्दी खामको बाहिर स्पष्ट रुपमा बोलपत्रको सूचनाको शिर्षक अनुसार "खानेपानी आयोजना निर्माण तथा मर्मत सम्भारको लागि हार्डवेयर, निर्माण सामाग्री, जि.आइ पाइप, पोलिथिन कालो पाइप, फिटिङ, औजार, सुरक्षा सामाग्री र इलेक्ट्रोमेकानिकल उपकरण" माथि उल्लेख गरिए अनुसार हुनुपर्नेछ ।

४) अन्तिम मिति र समयको म्याद सकिएपछि प्राप्त भएका बोलपत्र फारामहरू मूल्यांकन प्रकृयामा समावेश गरिनेछैन ।

५) टेन्डर फारम खरिद गरी पेश गर्दा सबै आवेदक आपूर्तिकर्ताले निम्न कागजातहरू अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ:

  • कम्पनी प्रोफाइल, कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र नविकरण, VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि र अद्यावधीक कर चुक्ता (ट्याक्स क्लियरेन्स) प्रमाणपत्रको प्रतिलिपि । (उल्लेखित कागजातहरू पेश नभएमा मुल्यांकन प्रक्रियामा समावेश गरिनेछैन)

६) बोलपत्र कागजातको साथ कबोल मूल्यको २.५५ रकम बैंक ग्यारेन्टी प्रकृयाको लागि योग्य हुन पेश गर्नुपर्ने छ । अवार्ड नगरिएका आपूर्तिकर्ताहरूको विड बण्ड विजेता आपूर्तिकर्तासँग सम्झौता भए पश्चात विजेता आपूर्तिकर्ताले पहिलो खरीद आदेश स्वीकार गरे पश्चात सम्बन्धित बोलपत्र दाताहरूको लिखित अनुरोधमा फिर्ता गरिनेछ ।

७) बोलपत्र खरीद बापतको शुल्क रु. २००० (अक्षरुपी दुइ हजार मात्र) कार्यालयको देहाय बमोजिमको संस्थाको खातामा जम्मा गरी निक्षेप भौचरको प्रतिलिपि शान्ति नेपालको परियोजना कार्यालय निलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि, धादिङमा बुझाएर बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ । साथै इमेल मार्फत बोलपत्र प्राप्त गर्न बैंक जम्मा गरेको भौचर स्कयान गरी कम्पनीको लेटर हेडमा निवेदन लेखी कार्यालयको इमेलमा पठाए पछि मात्र बोलपत्र फारम प्राप्त गर्न सकिनेछ ।

बैंकको नाम: नबिल बैँक लिमिटेड,

बैंक खाताको नाम: SHANTI NEPAL

खाता नं: ०८१००१७५००२४४

बैंकको ठेगाना: नबिल बैंक लिमिटेड, कुपण्डोल शाखा ललितपुर

८) बोलपत्र पेश गर्ने अन्तिम मिति र समय २०८२/०५/१५ गते दिउँसो २:०० वजेसम्म यदि अन्तिम मितिमा सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन अपरान्ह २:०० बजे सम्म अन्तिम मिति र समय मानिनेछ ।

९) बोलपत्र आवेदकहरू वा निजको प्रतिनिधिहरूको उपस्थितिमा २०८२/०५/१९ गते मध्यान्ह १२:०० वजे (यदि सरकारी विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन) शान्ति नेपालको परियोजना कार्यालय नीलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि, धादिङमा बोलपत्र खोलिनेछ ।

१०) अन्य सबै सर्तहरू संस्थाको खरिद नियमावली र नेपाल सरकारको प्रचलित खरिद ऐन बमोजिम हुनेछन् ।

११)माथि उल्लेखित नियम र शर्तहरू पूरा नगरेका वा नभएका बोलपत्र फारामहरू स्वीकृत वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार शान्ति नेपालको खरिद समितिमा निहित रहनेछ ।

बोलपत्र फाराम खरिद तथा बुझाउने ठेगाना:

शान्ति नेपाल, धादिङको परियोजना कार्यालय

नीलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि, धादिङ

इमेल: procurement@shantinepal.org.np

थप जानाकारीको लागि ९८५११४६८७५ ,९८५१२१०७०४, ९८६०६८३९४३, ०१०५२०३७७ मा सम्पर्क गर्न सकिनेछ ।

विस्तृक विवरणको लागि तल उल्लेखित लिङ्कमा जानुहोस्:

https://drive.google.com/file/d/1a_Eeb7u4EUCgizuNPY4XrkobWC-c1WUH/view?usp=sharing