शौचालय निर्माण कार्यका लागि सिलबन्दी दरभाउपत्र आह्वान सूचना

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

शौचालय निर्माण कार्यका लागि सिलबन्दी दरभाउपत्र आह्वान  सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०३/३०)

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र बाँसगढी नगरपालिकाको साझेदारीमा सञ्चालित “सफल परियोजना” अन्तर्गत बाँसगढी नगरपालिका स्थित थुमनी सहरी स्वास्थ्य सेवा केन्द्रमा शौचालय निर्माण कार्य गराउनुपर्ने भएकोले संस्थाको खरिद समितिको निर्णय बमोजिम देहायका शर्तहरू पूरा गर्ने इच्छुक निर्माण कम्पनी वा फर्महरूबाट शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ।

इच्छुक फर्म/कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) आवश्यक कागजात सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ। दरभाउपत्र सम्बन्धी फाराम तथा विस्तृत विवरण कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र निवेदन ईमेल मार्फत पठाई माग गर्न सकिनेछ। साथै, भौतिक रूपमा उपस्थित भई फाराम लिन चाहनेका लागि गेरुवा ग्रामीण जागरण संघको कार्यालय, गुलरियाबाट उपलब्ध गराइनेछ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।

२. मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि।

३. आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

४. उपलब्ध गराइएको फाराममा सम्बन्धित सम्पूर्ण विवरण स्पष्ट रूपमा उल्लेख गरी प्रोप्राइटरको सही तथा कम्पनीको छाप लगाइएको प्रस्ताव।

५. प्रस्तावकले यसअघि सम्पन्न गरेको समान प्रकृतिको कार्य अनुभव सम्बन्धी कागजातहरूको प्रतिलिपि।

६. कुल अनुमानित रकम  १०३१०१७.९१  (VAT तथा Contingency बाहेक तर Provisional Sum सहित) को २.५% बराबरको बोलपत्र जमानत (Bid Security) नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट जारी भएको तथा दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तीमा ७५ दिनसम्म मान्य हुने गरी पेश गर्नुपर्नेछ। 

७. प्रस्तावकले प्रस्ताव हार्डकपी,  वा ईमेलमार्फत Password Protected PDF Format मा समेत पेश गर्न सक्नेछन्।

सिलबन्दी दरभाउपत्र  पेश गर्ने अन्तिम मिति:

मिति २०८३ /०४ /०५ गते दिनको १२ बजे गेरुवा ग्रामीण जागरण संघको कार्यालय वा ईमेलमार्फत पेश गरिसक्नुपर्नेछ।

सिलबन्दी दरभाउपत्र खोलिने मिति तथा समय:

सिलबन्दी दरभाउपत्र खोल्ने कार्य गेरुवा ग्रामीण जागरण संघको कार्यालयमा मिति २०८३ /०४ /०५  गते दिउँसो २:०० बजे हुनेछ।

थप जानकारीका लागि:

गेरुवा ग्रामीण जागरण संघ

गुलरिया नगरपालिका ५ सगरमाथा टोल बर्दिया

फोन नं.: ०८४–४२००८७

ईमेल: geruwabardiya77@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 14 Jul, 2026
Apply Before 21 Jul, 2026
City Bardiya