सवारी चालक
Details / requirements:
कर्मचारीहरूको आवश्यकता
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको द्विपक्षीय पहल हो । यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्यवन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । यसै कार्यक्रम अन्तर्गत कर्णाली र सुदुरपश्चिम प्रदेशमा गरी जम्मा २ (दुई) जना हलुका सवारी चालकको आवश्यकता भएकाले तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सो पदका लागि आवेदन आह्वान गरिन्छ ।
परियोजनाको नाम | सुरक्षित आप्रवासन (सामी) कार्यक्रम |
पद | सवारी चालक |
कार्यक्रम अवधि | १५ जुलाई, २०२८ |
कार्य क्षेत्र | कर्णाली (सुर्खेत) र सुदुरपश्चिम (धनगढी) प्रदेश |
संख्या | २ जना |
योग्यता तथा कार्य अनुभव | न्यूनतम् एस.एल.सी. उत्तीर्ण गरेको । कम्तिमा ३ वर्ष विभिन्न पहाडी तथा तराई जिल्लाहरूमा सवारी चलाएको अनुभव भएको । हलुका सवारी चालक प्रमाण पत्र प्राप्त गरेको । डाक्टरद्वारा आँखा जाँच गरी सवारी साधन चलाउन योग्य भएको प्रमाण पत्र प्राप्त गरेको । |
मुख्य जिम्मेवारीहरू | कर्मचारी, सवारी साधन र अन्य सामाग्रीहरूको सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिई सवारी चलाउने । हेल्भेटास नेपालको सवारी साधनको सम्पुर्ण नियमहरू पालन गर्ने । सवारी साधनको नियमित मर्मत तथा संम्भार (सर्भिसिङ्) तथा आवधिक जाँच (माइलेज, इन्धन खपत, मेसिनको अवस्था आदि) गरी सवारी साधनलाई सधैं राम्रो र गुड्ने अवस्थामा राख्ने । फिल्डमा जाँदा कर्मचारीहरूलाई आवश्यकता अनुसार सहयोग गर्ने । |
तलब तथा अन्य सुविधा | हेल्भेटास नेपालको नियमानुसार |
बुझाउनु पर्ने कागजातहरू | (१) निवेदन, (२) नागरिकताको फोटोकपी, (३) व्यक्तिगत विवरण (बायोडाटा), (४) शैक्षिक योग्यता तथा अनुभवको प्रमाण पत्र, (५) तालिमका प्रमाणपत्र, (६) निरोगिता तथा आँखाको जाँच गरी सवारी साधन चलाउन योग्य भएको प्रमाण पत्र, र (७) हलुका चारपाङ्ग्रे सवारी साधनको लागि अद्यावधिक गरिएको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि |
माथि उल्लेखित योग्यता तथा कार्य अनुभव भएका इच्छुक आवेदकहरूले सामी/हेल्भेटास नेपाल, धोबिघाट, ललितपुर, पो.ब. नं. ६८८, काठमाडौंको कार्यालयमा वा इमेलः sami.np@helvetas.org मार्फत आवेदन दिन सक्नेछन् । सम्बन्धित प्रादेशिक बासिन्दालाई बिशेष ग्राहयता दिइनेछ ।
प्रारम्भिक छनौटमा पर्न सफल आवेदकहरूलाई मात्र परीक्षा र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ । कृपया टेलिफोनबाट कुनै पनि प्रकारको सोधपुछ नगर्नुहोला । कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरू अस्वीकार गर्ने अधिकार हेल्भेटास नेपालमा सुरक्षित रहने छ ।
हेल्भेटास नेपालले कर्मचारीमा विविधताको प्रवर्द्धन गर्दछ र विभेदित समूहहरू (महिला, दलित, जनजाति, मधेशी/तराई, अन्य अल्पसंख्यक समुदायहरू ) का उम्मेदवारहरूप्रति सकरात्मक विभेद लागु गर्दछ ।
आवेदन बुझाउने अन्तिम मितिः २०८२/०७/१४ (अक्टोबर ३१, २०२५) गते सम्म ।