सेवा र सामाग्री आपुर्तिकर्ताहरूको लागि सुचिकृत दर्ता तथा दरभाउ पत्र पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

Rajpur Drinking Water and Sanitation Management Board

Details / requirements:

सूचना!                 सूचना!!                 सूचना!!!

प्रथम पटक प्रकाशित मिति २०८२।०४।३०

सेवा र सामाग्री आपुर्तिकर्ताहरूको लागि सुचिकृत दर्ता तथा दरभाउ पत्र पेश गर्ने

सम्बन्धी अत्यन्त जरुरी सूचना !!

यस राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डलाई आ.व. २०८२/०८३ को लागि तल उल्लेखित वस्तु तथा सेवा आवश्यकता अनुसार एकै पटक वा पटक पटक गरि खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झोता गर्न खोजेको हुँदा इच्छुक इजाजत प्राप्त दर्ता वाला फर्म, कम्पनी, सेवा प्रदायकहरूबाट यस बोर्डमा सुची दर्ता  गर्नको लागि आवेदन सहित उल्लेखित कागजात मिति १५ दिन भित्र कार्यलय समयमा पेश गर्न आह्वान गरिन्छ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू:

१. कार्यलय मसलन्द, स्टेशनरी सम्बन्धी कार्य ।

२. हार्डवेयर तथा निर्माण सम्बन्धी कार्य।

३. इलेक्ट्रोनिक्स उपकरण, विद्युत उपकरण र व्यका पार्ट पुर्जा मर्मत सम्बन्धी कार्यहरू । 

४. फर्निचर र फिक्चर्स, काठ तथा स्टिलका समाग्रीहरू आपुर्ति तथा मर्मत सम्भार सम्बन्धी कार्यहरू ।

५. बिल्डिङ्ग पाउडर, आलम तथा ल्याब सम्बन्धी समाग्रीहरू आपुर्ति कार्यहरू ।

६. समरसिवल मोटर पम्प तथा प्यानल बोर्ड आपुर्ति तथा सम्भार सम्बन्धी कार्यहरू ।

७. ब्याट्रि, इन्भर्टर, सोलर, पंखा लगायत विद्युतिय समाग्रीहरूको आपुर्ति तथा मर्मत सम्बन्धी कार्यहरू ।

८. फोटोकपि तथा प्रिन्टर मेसिन, टेलिफोन मर्मत, टोनर तथा काटिज आपुर्ति मर्मत तथा जडान सम्बन्धी कार्य। 

९. उद्यमशीलता तथा सीपमूलक (प्लम्बिक र अन्य) तालीम प्रदान गर्ने सेवा प्रदायक ।

१०. लेखा परीक्षण सम्बन्धी सेवा ।

११. कुरियर, विज्ञापन प्रकाशन सम्बन्धी कार्यहरू ।

१२. विभिन्न प्रकारको कार्यक्रम, सेमिनार, गोष्ठी सञ्चालनको लागी आवास, खाना, नास्ता सम्बन्धी कार्यहरू ।

१३. परिचय पत्र, फ्लेक्स प्रिन्ट, भिजिटिङ्ग कार्ड, मायाको चिनो, होर्डिङ्ग बोर्ड लगायतको अन्य आपुर्ति सम्बन्धी कार्यहरू।

१४. कन्सल्टेन्सी, परामर्शदाता, अनुसन्धान, इन्जिनीयरिङ्ग लगायत अन्य विविध सेवा सम्बन्धी कार्यहरू ।

१५. सावरी साधन–स्कर्पियो, बोलोरो, पिकअप भ्यान, हायस, विङ्गर र ट्रयाक्टर भाडामा लिने सम्बन्धी कार्यहरु ।

१६. कार्यक्रमहरूका लागि साउन्ड सिस्टम तथा टेन्ट व्यवस्थापनको लागि आवश्यक सेवाहरू ।

१७. म्यादी बिमा, कर्मचारीको दुर्घटना बिमा, स्थिर सम्पत्ति तथा खानेपानी योजनाहरुको बिमा सम्बन्धी कार्यहरू ।

१८. समुदायमा खाना तथा खाजा, चिया नास्ता आपुर्ति सेवा (रौतहट जिल्लाको लागि) ।

१९. कार्यालय उपकरण, सर्भर, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, राउटर, सिसि क्यामेरा, एयर कन्डिसन लगायत    समाग्रीहरुको आपुर्ति जडान मर्मत सम्भार सम्बन्धी कार्यहरू ।

२०. खानेपानी योजना सम्बन्धी कार्य गर्ने स्थानीय प्लम्बर तथा मर्मत सम्भार कार्यहरू ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

२. स्थायी लेखा नम्बर र मु.अ.क. दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।

३. आर्थिक वर्ष २०८०।८१ अनिवार्य, भएमा २०८१।०८२  को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

४. उल्लेखित सामाग्रीहरूको हकमा सुचिकृत निवेदन सहित दरभाउ पत्र समेत संलग्न गर्ने ।

५. जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरूलाई प्राथमिकता दिइनेछ ।

आवश्यक सुचिकर्ताको तथा दरभाउ पत्र फाराम राजपुर खानेपानी बोर्डमा सम्पर्क राखि पाउन सकिनेछ ।

थप जानकारीको लागि:

९८६२२९००८३ / ९७६४१९२२६६

Email: rdsmb2079@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 15 Aug, 2025
Apply Before 28 Aug, 2025
City Rautahat