समावेशी प्रमुख (Inclusion Lead)

PFPID-Nepal

Details / requirements:

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल  

(PFPID Nepal)

समावेशी प्रमुख (Inclusion Lead)

यो पदमा बौद्धिक अपाङ्गता भएका व्यक्तिले मात्र निवेदन दिन सक्नुहुन्छ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ (PFPID Nepal) के हो?

  • बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (PFPID Nepal) एउटा गैर सरकारी संस्था हो।
  • हामी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारको लागि काम गर्छौं।

कामको जानकारी

ठाउँ
महासंघको कार्यालय सानोगौचरण काठमाडौं, 
कामको समय
पुर्णकालिन (Full time)
कति समयका लागि?
२०२६ डिसेम्बर सम्म  (राम्रो काम गरे थप हुन्छ)
निवेदन मिति
मिति: २०८३ साउन १९ सम्म (२०८३ साउन ५ देखि साउन १९ सम्म)
काम सुरू हुने मिति
मिति: २०८३ भदौ १

छनौट भइसकेपछि समावेशी प्रमुखले के के काम गर्नुपर्छ ?

  • बौद्धिक अपाङ्गताका अभिभावक महासंघ (PFPID Nepal) को तर्फबाट विभिन्न सरकारी कार्यालय, संस्थाहरू, लगायतका स्थानहरूमा प्रतिनिधित्व गर्ने।  
  • बैठक तथा विभिन्न कार्यक्रमहरूमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अधिकारको पक्षमा आवाज उठाउने।
  • सबैले बुझ्न सक्ने सरल तथा सचित्र भाषामा सामग्री तयार गर्न सहयोग गर्ने।
  • अन्य बौद्धिक अपाङ्गता भएका साथीहरूलाई आफ्ना विचार व्यक्त गर्न र अधिकारका लागि बोल्न प्रेरित तथा हौसला प्रदान गर्ने।
  • महासंघका कार्यक्रम र तालिमहरू सबैले बुझ्न सक्ने छन् कि छैनन् भन्ने सुनिश्चित गर्न जाँच गर्ने।
  • अपाङ्गता भएका व्यक्तिहरूका अधिकारबारे सरल तथा सचित्र भाषामा जानकारी दिने।
  • सदस्यहरू, परिवार तथा समुदायलाई आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्ने।
  • अधिकारसँग सम्बन्धित समस्याहरूको बारेमा रिपोर्ट गर्ने तथा समाधानका सुझावहरू दिने।
  • आफ्ना विचार, अनुभवहरू स्पष्ट र प्रभावकारी रूपमा व्यक्त गर्ने।
  • आफ्ना अधिकारबारे तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्ने।
  • समुदायमा पुगेर मानिसहरूसँग सम्पर्क र सहकार्य बढाउने।

कसले निवेदन दिन सक्छन्?

अनिवार्य  यी कुराहरू हुनुपर्छ:

  • तपाईं बौद्धिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ।
  • तपाईंले आफ्नो र अरूको अधिकारको लागि बोल्न सक्नुहुन्छ।
  • तपाईंले आफ्नो विचार राम्रोसँग भन्न सक्नुहुन्छ।
  • तपाईंले अरूको कुरा सुन्न र बुझ्न सक्नुहुन्छ।
  • तपाईंलाई नेपाल र संसारमा अपाङ्गताको अधिकारको सामान्य ज्ञान छ।
  • तपाईं समुहसँग मिलेर काम गर्न मन पराउनुहुन्छ।
  • तपाईं नयाँ कुरा सिक्न तयार हुनुहुन्छ।
  • तपाईं नेपाली राम्रोसँग बोल्न सक्नुहुन्छ।
  • आधारभूत शिक्षा (कक्षा ५ वा सोही अनुभव) भएमा राम्रो।

थप भए अझ राम्रो (अनिवार्य छैन):

  • अघि वकालत, समूह वा सामुदायिक काम गरेको अनुभव।
  • थोरै कम्प्युटर र इमेल चलाउन आउँछ।
  • अपाङ्गता कानुन र नीतिको जानकारी।
  • बैठक वा सार्वजनिक ठाउँमा बोल्नु भएको अनुभव।
  • अंग्रेजी आउँछ (चाहिँदैन, तर फाइदाजनक)।

निवेदन कसरी दिने?

यसमा भएको निवेदन फाराम डाउनलोड गरेर इमेल गर्न सक्नु हुन्छ वा फाराम भरी कार्यालयमा आएर बुझाउन पनि सक्नु हुन्छ - तपाईले तलको २ मध्ये १ तरिकाले दिन सक्नु हुन्छ ।

1. छोटो CV (आफ्ना अनुभव र सीप लेख्नुहोस्)

  • सरल भाषामा लेख्नुस् धेरै लामो हुनु पर्दैन।

2. १ पाना चिठी !

  • यो काम किन चाहिन्छ?
  • तपाईंको अनुभवले कसरी मद्दत गर्छ?
  • आफ्नो वा अरूको लागि कहिले बोल्नु भएको थियो?

LINKS: 

निबेदन फारम.docx 

कसरी निबेदन दिने.docx

इमेल गर्नुहोस्:

Vacancy@pfpidnepal.org

संस्थाको कार्यालय:

PFPID Nepal, सानो गौचरण, काठमाडौं, बागमती प्रदेश, नेपाल

सहयोग चाहिन्छ?

निवेदन दिन हामी सहयोग गर्छौं !

  • निवेदन लेख्न सहयोग चाहिएमा कार्यालयमा आएर सहयोग लिन सक्नुहुन्छ ।
  • निवेदन दिएपछि अन्तरवार्ता हुन्छ, अन्तर्वार्तामा साथी/सहयोगी ल्याउन पाइन्छ।
  • फोन गर्नुहोस्:  ०१-४५१६४७३ 

"Nothing About Us Without UNDERSTANDING Us!"

हामी तपाईंको निवेदनको प्रतीक्षामा छौं !

Overview

Category Development Project
Openings 1
Position Type Full Time
Posted Date 21 Jul, 2026
Apply Before 04 Aug, 2026
City Kathmandu