सामुदायिक परिचालक (स्पोन्सरशिप तथा बाल संरक्षण)
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३ साल असार ३२ गते, बिहिबार
बागमती सेवा समाज नेपाल (Bagmati Welfare Society Nepal) सर्लाही जिल्लामा विगत ३२ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले हाल मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न १३ वटा जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा जीविकोपार्जन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, बाल संरक्षण तथा महिलाको हकहित न्यायमा पहुँच जस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।
वल्र्ड भिजन इन्टरनेशलनसँगको साझेदारीमा यस सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना विगत वर्ष देखि सञ्चालन गरिरहेको छ । उक्त परियोजनाको लागि तपशीलमा उल्लेखित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।
| पद | शैक्षिक योग्यता | आवश्यक योग्यता तथा सीपहरू |
सामुदायिक परिचालक (स्पोन्सरशिप तथा बाल संरक्षण) संख्या – केही | कक्षा १२ उत्तिर्ण वा स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ |
|
आवेदनसाथ पेश गर्नु पर्ने कागजातहरू: माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data), हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, तालिम तथा कार्य अनुभव पत्रहरूको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रूपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference Persons) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित आवेदन पेश गर्नु पर्नेछ ।
आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट ।
आवेदन पेश गर्ने स्थान: बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही वा
संस्थाको ईमेल ठेगाना: hr@bwsn.org.np मा सबै आवेदन इमेल गर्न सकिनेछ ।
तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।
बागमती सेवा समाज नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ । साथै, स्थानीय र परियोजना क्षेत्र वा छिमेकी पालिकाका आवेदकलाई प्राथमिकता दिइनेछ ।
बेटी पढाउ बेटी बचाऔं ।
Overview
| Category | Development Project, Human & Women Rights |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Jul, 2026 |
| Apply Before | 23 Jul, 2026 |
| City | Sarlahi |