सामाजिक परिचालक (Social Mobiliser)
Details / requirements:
आवेदन सम्बन्धी सूचना
यूनाईटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्ट (यू.एम.एन. एम.डी.टी.), गरिब तथा सीमान्तकृत व्यक्ति एवम् समुदायहरूको जीवन रूपान्तरण गर्दै “प्रशस्तताको जीवन” तर्फ अग्रसर गराउने लक्ष्यसहित स्थापना भएको एक सार्वजनिक गुठी हो। नेपालका मानिसहरूको सेवामा समर्पित रहँदै, यस संस्थाले पाल्पाको यूनाईटेड मिसन अस्पताल तानसेन, र ओखलढुङ्गाको सामुदायिक अस्पताल तथा चार प्रदेशका ११ वटा जिल्लाहरुमा विभिन्न विषयगत सामुदायिक रूपान्तरणका परियोजनाहरू कार्यान्वयन गर्दै स्वस्थ, सम्मानित र सशक्त व्यक्तिहरू तथा रूपान्तरित समुदाय निर्माणका लागि स्थानीय सरकार र अन्य सरोकारहरुसँगको साझेदारी र सहकार्यमा काम गरिरहेको छ ।
यसै सम्बन्धमा कपिलवस्तु जिल्ला, मायादेवी गाउँपालिका वडा नं. ४ मा सन्चालन हुने स्थानीय क्षमता विकास परियोजनाका लागि तपशिलको पदका लागि कर्मचारीको आवश्यकता भएकोले यो सूचना प्रकाशित गरिएको छ ।
पदः सामाजिक परिचालक (Social Mobiliser)
आवश्यक संख्याः १ जना
पदको मुख्य उद्देश्यः
यस पदको मुख्य उद्देश्य स्थानीय क्षमता विकास परियोजनाका गतिविधिहरू कार्यान्वयन गर्नु र समुदाय परिचालन गर्नु हो । साथै प्रभावकारी क्षमता विकास, सम्बन्ध निर्माण तथा गतिविधि कार्यान्वयनमार्फत यू एम एन–एम डी टीको लुम्बिनी प्रदेश क्लस्टरको विकास सम्बन्धी रणनीतिमा योगदान पुर्याउनु हो ।
शैक्षिक योग्यता तथा अनुभवः
- कुनैपनि विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी सामाजिक परिचालनमा कम्तिमा २ वर्षको अनुभव भएको वा शान्तिका लागि समुदायमा आधारित शान्ति निर्माण, द्वन्द्व व्यवस्थापन र सहकार्य तथा सम्बन्धित परियोजनाहरुमा काम गरेको अनुभव भएको ।
- समूह तथा सञ्जाल परिचालनका लागि बैठक, अभिमुखीकरण र तालिमहरू आयोजना र सहजीकरण गरेको अनुभव भएको ।
- परियोजना गतिविधिहरु संचालनका लागि विस्तृत कार्ययोजना बनाउने ज्ञान र सीप भएको ।
- स्थानीय समुदायसँग सम्बन्ध निर्माण गर्न सक्ने सीप भएको ।
- वडा तथा गाउँपालिका तहका सरकारी तथा गैरसरकारी सरोकारवालासँग समन्वय गर्ने सीप भएको ।
- लैङ्गिक विभेद, हानिकारक परम्परागत अभ्यास तथा सामाजिक मुद्दाबारे आधारभूत ज्ञान भएको ।
- ग्रामीण समुदायमा काम गरेको अनुभव भएको ।
- स्थानीय भाषा, परम्परा तथा सांस्कृतिक अभ्यासबारे जानकारी भएको ।
- परियोजनाका गतिविधिहरूको प्रतिवेदन तथा मानवीय वा सफलताका कथा लेखनको सीप भएको ।
तलब तथा अन्य सुविधाहरू यू.एम.एन. एम.डी.टी.को नीति अनुसार हुनेछ।
न्यूनतम योग्यता पूरा गर्ने सबै इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिन्छ। कार्य विवरण (Job Description) र आवेदन फाराम हाम्रो वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ: www.umn.org.np/vacancy
पूरा भरिएको आवेदन फाराम १० फेब्रुअरी २०२६, बेलुका ५:०० बजेसम्म ईमेलमार्फत nepali.recruit@umn.org.np मा पठाउनु पर्नेछ । छनोट सूचीमा परेका उम्मेदवारहरूलाई मूल्याङ्कन प्रक्रियामा सहभागी हुन आमन्त्रण गरिनेछ ।
हामी स्थानीय, अनुभवी, महिला र सीमान्तकृत समूहहरूबाट आउने आवेदनलाई विशेष प्रोत्साहन गर्
Overview
| Category | Development Project, NGO/INGO/Social work |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 2 Years |
| Education | Please check vacancy details |
| Posted Date | 26 Jan, 2026 |
| Apply Before | 10 Feb, 2026 |
| City | Lumbini Province |