सेडहाउस निर्माणका लागि शिलबन्दी दरभाउ आह्वानको सूचना

Mahila Sana Kisan Krishi Sahakari Sanstha Limited

Details / requirements:

महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड

मिथिला बिहारी नगरपालिका ०७, तारापट्टि, धनुषा

सेडहाउस निर्माणका लागि शिलबन्दी दरभाउ आह्वानको सूचना

शिलबन्दी दरभाउ पत्र नंः ०२

प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२/०५/०३

यस महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, मिथिला बिहारी नगरपालिका ०७, तारापट्टि (धनुषा) र/ KOICA -GGGI-CSA Project- Challenge Fund को संयुक्त लगानीमा Custom Hiring Centre अन्तर्गतको Custom Hiring Shed Construction गर्नका लागि आवश्यक पर्ने सामाग्री आएरन, जस्ता, ढलानका सामाग्रीहरू खरिद गर्नु पर्ने भएकाले ईच्छुक सम्बन्धित निकायमा नियामानुसार दर्ता भई सम्बन्धित कारोबारका लागि इजाजत प्राप्त फर्म/कम्पनि/सप्लायर्सले यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन (२०८२/०५/०९) भित्र प्रतिएकाई मुल्य दरभाउ सहितको कागजात संलग्न राखि खामबन्दी दरभाउ पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। रित पूर्वकका प्रक्रिया, कागजात पुगेका प्रस्तावहरू मध्ये न्यूनतम कंबोल अंकलाई स्वीकृत दररेटको रुपमा कायम गरिने छ।

तपशिल

क्र.ससूचना नं.कामको विवरणपरिमाण
 शिलबन्दी/खरिदआएरन (1'',1.5'',2'',3'',4'')२,११७.१९ के.जि


जस्ता (0.38mm)३२१.९२ वर्ग.मि


ढलानको सामाग्री (बालुवा, गिट्टीसिमेन्ट, ज्यालालगायत सो सम्बन्धी सामाग्रीहरू)५०*४० क्षेत्रफल

आवेदन साथ पेश गर्नुपर्ने आवश्यक प्रतिकपी कागजातहरू:

१. दर्ता प्रमाण पत्र

२. स्थायी लेखाको प्रमाणपत्र

३. आ.व २०८१/८२ को करचुक्ता प्रमाणपत्र

४. कालो सूचीमा नपरेको स्वघोषणा पत्र यो link मा गई भरेर पेश गर्नुहोला।

५. दरभाउ बुझाउने मिति २०८२।०५।०३ गते देखि २०८२।०५।०९ गतेको समय भित्र संस्थाको कार्यालय तारापट्टि, धनुषा वा संस्थाको इमेल मार्फत बुझाउन सकिने छ। संस्थाको इमेल: mahilasanakisanmithilabihari75@gmail.com

६. थप जानकारीको लागि ९८१७६८९७९५, ९८६५०९७४३४ मा सम्पर्क गर्न सकिन्छ।

(नोटः सञ्चालक समितिको निर्णयअनुसार छनौट हुने छ।)

संस्था प्रवन्धक

नामः दुर्गेश्वर प्रसाद यादव