सूचीदर्ता गर्ने सहित कोटेशन आह्वान सम्बन्धी सुचना

Digo Bikash Samaj

Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.

Details / requirements:

सूचीदर्ता गर्ने सहित कोटेशन आह्वान सम्बन्धी सुचना ।

प्रथम पटक प्रकाशित मिति २०८३।०७।१०

दिगो विकास समाज भजनी–१, कैलाली समुदायमा आधारित संस्थाहरुको (सि.बि.ओ) छाता संगठन हो । यो संस्था विगत १९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंग साझेदारी गर्दै विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्दै आइरहेको छ । हाल यस संस्था र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVIN) को साझेदारीमा बाल समृद्घि तथा एकिकृत बिकासका लागि हातेमालो (HATEMALO), पाईपर (PIPER) परियोजना र लुथरन विश्व फेडेरेशन (LWF) को साझेदारीमा सामुदाायिक शसक्तिकरण तथा विकासका लागि स्थानीय पहल (LICED) परियोजना संचालनमा छ । संस्थाद्वारा संचालनमा रहेको विभिन्न परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरू संचालनको लागि संस्थालाई आ.व. सन् २०२६/२०२७ का लागि तल उल्लेखित वस्तु तथा सेवाहरू आवश्यकता अनुसार खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गरी बस्तु तथा सेवाहरूको खरिद कार्य गर्नको लागि इच्छुक योग्य आपुर्तिकर्ताहरू (व्यक्ति, फर्म, कम्पनी, सेवाप्रदायक संस्थाहरू) लाई पुर्व योग्यता (Supplier Pre-qualification Process) प्रकृयामा सहभागी गराई सूचिकृत गर्नुपर्ने भएकाले आवश्यक कागजातहरू (फर्म दर्ता, स्थायी लेखा (प्यान) दर्ता, मु.अ कर (भ्याट) दर्ता प्रमाण पत्र, नविकरणको प्रमाण पत्र प्रतिलिपि र आ.व. २०८२/२०८३ कर चुक्ता प्रमाणपत्र प्रतिलिपि, सुचीदर्ता फाराम भरेको) सहित यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र मिति २०८३।०७।३० गते राती १२ बजे सम्म सुची दर्ताका लागि आवेदन पेश गर्न हुन आह्वान गरिन्छ । सूचिकृत गर्न संस्थाको कार्यालयमा उपस्थित भई वा pc_committee@dbskailali.org ईमेल माफर्त आफूले आपूर्ति गर्न चाहेको बस्तु तथा सेवाको बिषय अनिबार्य खुलाई निवेदन पेश गर्न सकिनेछ । 

साथै दैनिक कार्यालय कामकाज र फिल्डमा कार्यक्रम संचालनका लागि १. स्टेशनरी, २. खाजा नास्ता क्याटेरिंग, होटेल सेवा र ३. तरकारीको बीऊबिजन (मिनिकिट प्याकेज) का लागि सुचीदर्ता सहित कोटेशन आह्वान गरिन्छ । कोटेशन पेश गर्ने अन्तिम मिति २०८३।०७।१० देखि २०८३।०७।१६ गते राति १२ बजे सम्म रहने छ ।

सुचीदर्ता सम्बन्धि बिषयहरू :

१. मसलन्द तथा स्टेशनरी आपुर्ति र कुरियर सेवा

२. खेलकुद सामाग्रीहरू

३. फर्निसिङ्ग र थान तथा तयारी लुगा कपडा, झोला, कार्पेट, कुसन, पर्दा 

४. काष्ठ तथा स्टिल फर्निचर (टेबल, कुर्सि, दराज, बाकस)

५. कृषि बाली बिमा गर्ने सहकारी संस्था तथा कम्पनी

६. दैनिक उपभोग्य तथा खाद्यान्न सामाग्रीहरू

७. हार्डवेयर, रंग रोगन तथा निर्माण सामग्री

८. कृषि सामाग्री तथा मेशिनरी औजारहरू

९. स्वयंसेवक तथा तथ्याङ्ग संकलन कर्ताहरू

१०. मोटरसाईकल पार्टस र मर्मत

११. एफ.एम.रेडियो, टेलिभजनबाट सुचना वा संन्देश प्रशारण

१२. सिलाई कटाई मेसिन र व्युटी पार्लर सामाग्री

१३. ठुला तथा साना सवारी साधनहरू (स्कारपियो, मिनि ट्रक, बस, अटो रिक्सा)

१४. सुचना प्रविधि उपकरणहरूको मर्मत तथा सम्भार सेवा

१५.फोटोकपी सम्बन्धी सामग्रीहरू (जस्तैः टोनर, कार्टियज, रिफिल)

१६. कृषि बाली बिमा सेवा प्रदायक सहकारी सस्था वा कम्पनी

१७.परामर्श सेवा (विषयगत प्रशिक्षक, अनुवादककर्ता, अध्ययन अनुसन्धान कर्ता)

१८. पत्रपत्रिका, ग्रुप SMS, अनलाईन विज्ञापन, सुचना वा संन्दे  

१९. मेडिकल उपकरणहरू (हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, सेनिटाइजर, मास्क र साबुन औषधी)

२०. होटेल व्यवसाय सेवा आवासीय तथा क्याटेरिंग (खानाखाजा आवास सहित, तालिम हल कक्ष, समुदाय स्तरमा खाना, खाजा, तालिम हल)

२१. इलेक्ट्रीक र इलेक्ट्रोनिकसंग सम्बन्धि मर्मत तथा सामाग्रीहरू

२२. छपाई तथा हस्त लेखन सम्बन्धि कार्य (फ्लेक्स ब्यानर, स्टीकर, कपि, बुक, रजिष्टर पोष्टर, टिसर्ट वा बुक प्रिटिङ्ग, मायाको चिनो र होडिङ्गबोर्ड, भित्ते लेखन आदि)

LINKS:

Vendor Roster Docs​

Quotation Docs

प्राप्त दरखास्तहरू स्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुने छ ।

निबेदन तथा कागजात  पेश गर्ने ठेगाना

दिगो विकास समाज, भजनी १ कैलाली

फोन नं. ०९१– ५८०२१४ र ईमेल ठेगाना pc_committee@dbskailali.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Posted Date 27 Oct, 2026
Apply Before 16 Nov, 2026
City Kailali