सुचि दर्ता गर्ने सम्बन्धि सूचना
Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.
Details / requirements:
सुचि दर्ता गर्ने सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०१/०८ (April 21, 2026)
यस एकिकृत ग्रामिण विकास समाज (IRDS) नेपाल महोत्तरीद्वारा सञ्चालित विभिन्न परियोजनाका लागी यस संस्थालाई आ.ब. २०२६/२०२७ को लागि तल उल्लेखित सेवा तथा सामग्रीहरू आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजिएको हुँदा एकिकृत ग्रामिण विकास समाज महोत्तरीले योग्य सम्भावित आपूर्तिकर्ताहरूलाई पूर्व योग्यता (Supplier pre–qualification) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सुचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०१/२२ (०५ मे, २०२६) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौँ ।
क. आपूर्ति गर्नुपर्ने बस्तु तथा सेवाहरू:
१ कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुदका सामग्रीहरू आपूर्ति गर्ने कार्यहरू
२ कम्पयुटर, सर्भर, प्रिटर तथा अन्य आइ . टि/सुचना प्रविधि सामाग्रीहरू
३ किराना सम्बन्धी सामग्रीहरू (चामल,दाल,नुन,खाने तेल, चिनी, साबुन तथा अन्य सामग्रीहरू)
४ छपाई (फोटो कपि ,ब्यानर, फ्लेक्स प्रिन्ट, भिजिबिलीटी समाग्री, प्रिन्ट–टि र्सट, टोपी, झोला आदि) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू
५ होटल सेवा (आवासिय कार्यक्रम, गैरआवासिय कार्यक्रम, तालिम हल आदि प्रयोजनार्थ
६ समुदायमा खाना तथा खाजा, चिया नास्ता आपूर्ती, हल भाडा सम्बन्धी सेवा (महोत्तरी जिल्लाका लागि)
७ हार्डवेयर (निर्माण सामाग्रि–सिमेन्ट, रड, कर्कटपाता, रङ्गरोगन, सिचाइ, किचन गार्डेन सामाग्री आदि) आपूर्ति सम्बन्धि कार्य
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष ८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
साथै पछिल्लो दुईबर्ष सम्म विभिन्न संघ–संस्था तथा निकायहरूमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
Links:
Supplier Code of Conduct in Nepali
Supplier Registration Form-General
आवेदन बुझाउने तरिका: रितपूर्वक भरिएको आवेदन फर्म र दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू मिति २०८३/०१/२२ (०५ मे २०२६) भित्र कार्यालयको आधिकारीक इमेल ठेगाना वा कार्यलयमा सम्पर्क गरी कार्यालय समयमा दरखास्त पेश गर्न सकिनेछ ।
सम्पर्क ठेगाना
एकिकृत ग्रामिन बिकास समाज (IRDS) नेपाल
बर्दिबास १, महोत्तरी
Email: procurement.irds@gmail.com
Phone: 044-550401/ 9801666415
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 21 Apr, 2026 |
| Apply Before | 05 May, 2026 |
| City | Mahottari |