प्रस्तावना आह्वान सम्बन्धी सूचना
Details / requirements:
प्रस्तावना आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/११
कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका जुम्ला लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्था सँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।
वल्र्ड भिजन इन्टरनेस्नल नेपाल र किर्डाक नेपालको साझोदारिमा विगत लामो समय देखी विभिन्न परियोजनाहरू संचालन भइरहेका छन, उक्त परियोजना अन्तरगत जुम्ला जिल्लाको तिला गाउँपालिकामा बाल लगानी योजना बनाउनु पर्ने भयको हुँदा बाल लगानि योजना बनाउन योग्य आपुतिकर्ताहरू सँग ७ दिनको समयावधी राखी प्रस्तावना माग गरिएकोछ, संलग्न TOR मा उल्लेख भएका योग्य सेवा प्रदायक तथा व्यक्तिलाई प्रतावना पेश गर्न अनुरोध गरिन्छ । प्रस्तावनाहरू तपशिलको ठेगानामा हार्ड कपी वा ईमेल मार्फत पेश गर्न सकिनेछ ।
आवश्यक सेवाहरुको विवरण
१. तिला गाउँपालीकाको बाल लगानि योजना
प्रतावना साथ पेश गर्नुपर्ने कागजातहरू
१. किर्डाक नेपाल द्धारा प्रदान गरिएको (Child and Adult SafeguardingPolicy, Behavior Protocol कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र )
१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)
२. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी
३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी आ.ब (२०८१/०८२) को
४. कार्य गरेका अनुभब पत्र
Link:
ToR and other required documents
कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल
जिल्ला कार्यालय, जुम्ला
फोन नं ०८७ –५२०२०१
मो नं. ९८६४७३४०४९, ९८५८३२०४६२
Email Address:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 25 Jun, 2026 |
| Apply Before | 01 Jul, 2026 |
| City | Jumla |