मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोट
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/१५
यस संस्थालाइ आ.ब.२०८३/०८४ का लागि आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवा कार्यहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, निर्माण, ब्यवसायि/परामर्शदाता/सेवाप्रदायक संस्थाबाट यस संस्थाको खरिद निर्देशिका २०८१ को भाग ५ को दफा १४ अनुसार मौजुदा सूची (Standing list) दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवा कार्यहरू अनुसार अलग अलग सूची तयार गरी यस कार्यालयमा रित पुर्वक निबेदन पेश गर्न हुन जानकारी गराईन्छ । साथै स्टेशनरी र होटेल सेवा सम्बन्धि कार्यको लागि यसै सूचनामा संलग्न गरिएको कोटेशनको नमुना अनुसार मूल्यसुची पेश गर्नुपर्ने छ भने अन्य सेवाहरुको हकमा मौजुदा सूची (Standing list) मा दर्ता भएका आपुर्तीकर्ता, निर्माण, ब्यवसायि/परामर्शदाता/सेवाप्रदायकसँग आवश्यकता अनुसार कोटेशन मार्फत लिईनेछ । मौजुदा सूचिको मान्य अबधि आ.ब. २०८३/०८४ को लागि मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
तपशिल
१) स्टेशनरी सम्बन्धि कार्य । कोटेशनको लागि यहा click गर्नुहोस् ।
२) होटेल (खाना, नास्ता, होटल, बास तथा तालिम हल) सम्बन्धी कार्य। कोटेशनको लागि यहाँ click गर्नुहोस्।
३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धि कार्य ।
४) सबारी साधन आपुर्ति तथा मर्मत सम्बन्धि कार्य ।
५) छपाई सम्बन्धि कार्य ।
६) रंग रोगन सम्बन्धिका कार्यहरू ।
७) निर्माण सामाग्रीहरू आपूर्ति सम्बन्धि कार्य ।
८) अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा सञ्चालन सम्बन्धिका कार्य ।
९) श्रब्य दृश्य सामग्री निर्माण तथा प्रशारण सम्बन्धि कार्य ।
१०) व्यवसायिक सिपमुलक तालिमहरू सम्बन्धि कार्य
११) औषधी तथा औषधी उपकरण सम्बन्धि कार्य ।
१२) कृषिजन्य सामग्री आपूर्ति सम्बन्धि कार्य ।
१३) पशु पंक्षीजन्य सामग्री आपूर्ति सम्बन्धि कार्य ।
१४) खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरू ।
१५) वातावरण संरक्षण सम्बन्धी कार्य ।
१६) प्रिन्ट तथा फोटोकपी सम्बन्धीका कार्यहरु ।
१७) खाद्यान्न तथा खुद्रा सामानहरूको बिक्रि वितरण सम्बन्धीका कार्यहरू ।
१८) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरू ।
१९) नर्सरी जन्य कार्यहरू ।
२०) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरू ।
२१) फर्नीचर सम्बन्धीका कार्यहरू ।
२२) प्रबिधि तथा विधुतीय उपकरण सम्बन्धि कार्र्य ।
२३) निर्माण (ठेक्का पट्टा) सम्बन्धी कार्यहरू
२४) ।हाडंवेय। सम्बन्धि कार्यहरू
२५) ग्रील तथा फर्निसिङ्ग सम्बन्धि कार्यहरू
२६) लत्ता कपडा तथा फेन्सी सम्बन्धि कार्यहरू
निवेदन साथ पेश गनुपर्ने कागजातहरू
- निवेदन
- निवेदकले उपलब्ध गराउने सेवा÷सामाग्री
- व्यावसाय दर्ता प्रमाण पत्र
- स्थाई लेखा नम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र
- कर चुक्ता प्रमाण पत्र २०८१/८२
- प्रोप्राईटरको नागरिकताको प्रमाण–पत्र
- कालो सूचीमा नपरेको स्व–घोषणा
निवेदन पेस गर्ने प्रक्रिया
१) हार्डकपी मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको मुख्य कार्यालय खाडाचक्र न.पा वडा नं.१ मान्म कालीकोट वा शाखा कार्यालयः–वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, सुर्खेत कर्णाली प्रदेश वा सम्पर्क कार्यालयः–काठमाडौं महानगरपालिका वडा नं ११, थापाथली वा इमेलः hurendec.procurement@gmail.com मार्फत निवेदन पेस गर्न सकिनेछ ।
थप कुनै प्रश्न वा जिज्ञाशा भएमा
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोट
फोन नं. ०८७ ४४०१५२, info@hurendec.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 29 Jun, 2026 |
| Apply Before | 13 Jul, 2026 |
| City | Kalikot |