माछा समात्ने जाल (महाजाल) तथा हाते जाल खरिद सम्बन्धी दरभाउ आह्वान सूचना (Request for Quotation - RFQ)

MADE Nepal

Details / requirements:

माछा समात्ने जाल (महाजाल) तथा हाते जाल खरिद सम्बन्धी दरभाउ आह्वान सूचना (Request for Quotation - RFQ)

प्रकाशन मिति: २०८३/०४/२२ 

दरभाउ पेश गर्ने अन्तिम मिति: २०८३/०४ २८ गते कार्यालय समयभित्र

१. दरभाउ आह्वान

यस संस्थाको Modernization of Aquaculture Project in Nepal सञ्चालनका लागि आवश्यक पर्ने माछा समात्ने महाजाल (Mahajal) तथा हाते जाल (Hand Net) आपूर्ति गर्न इच्छुक, कानुनी रूपमा दर्ता भएका आपूर्तिकर्ताहरूबाट निम्न विवरण अनुसार शिलबन्दी दरभाउ आह्वान गरिन्छ।

२. आवश्यक सामग्री तथा प्राविधिक विवरण

क्र.सं.सामग्रीको नामप्राविधिक विवरणएकाइपरिमाण
महाजाल (Fish Drag Net)आकार: ५० मिटर × ५ मिटर; जालको सामग्री: उच्च गुणस्तरको नाइलन मल्टिफिलामेन्ट वा HDPE; जाली (Mesh Size): २५–३० मि.मि. (Stretched Mesh); माथिल्लो भागमा उच्च गुणस्तरका फ्लोट (Float) जडित; तल्लो भागमा सिसा/वजन (Lead Sinker) जडित; UV Resistant; मजबुत किनारा (Reinforced Selvedge) सहित; पोखरीमा माछा संकलन (Harvesting) गर्न उपयुक्त।थान
हाते जाल (Medium Hand Net)फ्रेमको व्यास: १५० से.मी.; लम्बाइ: १.२–१.५ मिटर; जाल: नरम नाइलन (Knotless Nylon); जाली (Mesh Size): ८–१० मि.मि.; तल्लो भागमा सिसा/वजन (Lead Sinker) जडित माछा समात्न तथा व्यवस्थापन गर्न उपयुक्त।थान१४

३. आपूर्तिकर्ताले पेश गर्नुपर्ने कागजात

  • संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि।
  • आ.ब. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र ।
  • डेलिभरी अवधि उल्लेख गरिएको हुनुपर्ने।

४. मूल्य सम्बन्धी व्यवस्था

  • मूल्य नेपाली रुपैयाँ (NPR) मा उल्लेख गर्नुपर्नेछ।
  • मूल्यमा VAT, ढुवानी, लोडिङ/अनलोडिङ तथा अन्य सबै खर्च समावेश गरिएको /नगरियाको उल्लेखित हुनुपर्नेछ।
  • पेश गरिएको दरभाउ कम्तीमा ३० (तीस) दिन सम्म मान्य रहनेछ।

५ . संस्थाको अधिकार

  • प्राप्त दरभाउमध्ये कुनै एक वा सबै दरभाउ स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ।
  • आवश्यक परेमा परिमाण थपघट गर्ने अधिकार संस्थामा रहनेछ।
  • गुणस्तर तथा प्राविधिक विवरण पूरा नगर्ने सामग्री स्वीकार गरिने छैन।

दरभाउ पेश गर्ने ठेगाना:

कार्यालय: MADE-Nepal

ठेगाना: भरतपुर-९, चितवन

फोन: ०५६५९८६०३/४ 

इमेल: info@madenepal.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 07 Aug, 2026
Apply Before 13 Aug, 2026
City Chitwan