लेखा तथा प्रशासन सहायक (महिला)

Rajpur Drinking Water and Sanitation Management Board

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२/०७/१७ गते)

राजपुर नगरपालिका भित्रका खानेपानी आयोजनाहरूको दीगो व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि नगरपालिकामा राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड ऐन २०७९ अन्तर्गत राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन भएको छ । उक्त बोर्डका कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयनका लागि देहाय बमोजिमको कर्मचारी करारमा भर्ना गर्न आवश्यक रहेकाले नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रीत पूर्वकको दरखास्त आह्वान गरिन्छ ।

तपसिल

विज्ञापन नं.:०१/२०८२/२०८३
पद:लेखा तथा प्रशासन सहायक (महिला)
आवश्यक संख्या:१ (एक)
योग्यता:मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, बाणिज्य शास्त्रमा कम्तिमा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण ।
सेवा सुविधा:नेपाल सरकारको (पाँचौ तह) प्रचलित स्केल रहने गरी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुनेछ ।
कार्य अवधि:२ महिना परिक्षणकाल रहने छ । कार्य मुल्याङ्कनको आधारमा कार्य अवधी थप हुन सक्ने छ । 
आवेदन दिने अन्तिम मिति:२०८२/०७/२४ गते, साँझ ५:०० बजेसम्म । (आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदाको दिन पर्न गए, त्यस दिनको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । )
आवेदन दिने विधि:लिखित निवेदन, दस्तुर जम्मा गरेको भाउचर, बायोडाटा (कम्तिमा २ जना Reference सहित), नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको कागाजातको प्रतिलिपि सहित राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको कार्यालय राजपुर–२, फतुवा, रौतहटमा उपस्थित भइ वा rdsmb2079@gmail.com मार्फत आवेदन पेश गर्न सकिनेछ ।
परीक्षाको किसिम:लिखित र अन्तर्वार्ता । (छोटो सूची (Shortlist) मा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित र अन्तर्वार्तामा सामेल गराइनेछ ।
प्राथमिकता:संस्थाले साकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग तथा स्थानियलाई प्राथमिकता दिइने छ ।

योग्यता, अनुभव तथा सीपः

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट बाणिज्य शास्त्रमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरि लेखा तथा प्रशासनको क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव भएको हुनुपर्नेछ । 
  • समुदाय, उपभोक्ता समिति तथा खानेपानी व्यवस्थापन बोर्डसँग इमान्दारीता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेतना भएको । 
  • आधारभुत कम्प्यूटर सम्बन्धी ज्ञान भई वर्ड, एक्सेल, इमेल, इन्टरनेट, पावरप्वाइन्टमा निपुण भएको साथै नेपाली र अंग्रेजीमा राम्रोसँग टाइप गर्न जान्ने । 
  • संस्थाको हर हिसाब तथा खाता कम्प्यूटर सफ्टवेयरमा राख्न सक्ने । 
  • योजना तयारी, समन्वय, कार्यान्वयन र प्रतिवेदन लेखनमा दख्खल भएको । 
  • सरकारी, गैर सरकारी संस्था, निजी क्षेत्र वा सहकारी संस्थाहरूमा कार्य गरेको अनुभव भएको ।
  • नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशल भएको ।

लेखा तथा प्रशासन सहायकको जिम्मेवारी/कार्य विवरणः

  • लेखा शाखाको इन्चार्ज भई काम गर्ने ।
  • कार्यालयको दैनिक आयव्ययको हिसाब राख्ने ।
  • मासिक आम्दानी खर्चको फाँटवारी तयार गर्ने ।
  • प्रत्येक हप्ता लेखा शाखाको प्रगति विवरण व्यवस्थापकलाई जानकारी गराउने ।
  • त्रैमासिक रुपमा आयव्ययको बित्तिय प्रगति विवरण तथा प्रतिवेदन तयार गर्ने ।
  • कर्मचारीहरुको व्यक्तिगत विवरण फाइल, विदा, मासिक कार्ययोजना र कार्यप्रगतीको अभिलेख राख्ने । 
  • लेखाको सिद्धान्त अनुसार आर्थिक कारोवारहरूको निस्सा तथा प्रमाणहरूको चेकजाँच गर्ने तथा प्रक्रिया सम्मत खर्चहरूको भुक्तानी गर्ने । 
  • बजेट तथा खर्चहरूको नियमित अनुगमन सिट तयार गरि व्यवस्थापकलाई जानकारी गराउने र क्रियाकलाप तथा बजेटको आवश्यक समायोजन गर्न सघाउने । 
  • कार्यालयको दैनिक प्रशासनिक तथा बन्दोवस्तीका कार्यहरू गर्ने ।
  • कार्यालयको जिन्सी तथा सामग्रीहरूको अभिलेखिकरण तथा संरक्षण गर्ने र अन्य रेर्कडहरू दुरुस्त राख्ने ।
  • क्रियाकलापहरू कार्यान्वयनको खर्चमा संस्थाको नियम तथा कार्यविधिको पालना गर्ने गराउने र खर्चको पारदर्शिता, एकरुपता कायम गर्दै सुशासनमा प्रतिबद्ध रहने । 
  • लेखाशाखामा जडान भएको सफ्टवेयरको दैनिक रेखदेख गर्ने ।
  • लेखाशाखासँग सम्बन्धित सम्पूर्ण कार्यको जवाफदेही भई कार्य गर्ने ।
  • बोर्डको आम्दानी, खर्च, सम्पत्ति र दायित्वको अभिलेख राख्ने  र वित्तीय विवरणहरू तयार गर्ने ।
  • वार्षिक सन्तुलन परिक्षण बनाई वार्षिक प्रतिवेदन तयार गर्ने ।
  • बार्षिक रुपमा गरिने आन्तरिक तथा अन्तिम लेखा परिक्षणका लागि आवश्यक कागजात तयार गरि लेखा परिक्षण गर्न सहयोग गर्ने ।
  • योजना कार्यान्वयनको चरणमा सार्वजनिक सुनुवाई तथा लेखा परिक्षण सञ्चालनमा व्यवस्थापकलाई सहयोग गर्ने ।
  • कार्यक्रम सञ्चालन तथा खानेपानीको निर्माण कार्यका लागि पालिका, प्रदेश तथा संघिय सरकार र अन्य दातृ निकायबाट प्राप्त सहयोग तथा म्याचिङ्ग फण्डको खर्च फछर्यौटको लागि आवश्यक कागजात तयार गरि सम्बन्धीत निकायसँग समन्वय गर्ने ।
  • तोकिएका अन्य कार्यहरू गर्ने ।

विस्तृत जानकारीको लागि

राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड

राजपुर–२, फतुवा, रौतहट

सम्पर्क: ९८६२२३०१८०, ९८४५३७८२९७

ईमेल: rdsmb2079@gmail.com

Overview

Category Development Project, Finance & Administration, Assistant
Openings 1
Position Type Full Time, Contract
Experience 2+ years
Education B. Com./BBS, BBA / BBM, Finance/Management
Posted Date 03 Nov, 2025
Apply Before 10 Nov, 2025
City Rautahat